पुराना जुत्ताहरू

आज
मसंग गफ मिल्ने
अर्थात् मलाई बुझने यो घरमा
मेरा यिनै पुराना जुत्ताहरु मात्र
बाँकी रहे अब !

तर यी पुराना जुत्ताहरु
कहिले यो कुना कहिलो त्यो कुनामा राख्छु र मिलाउँछु
कहिले यता सार्छु, कहिले उता सार्छु र थन्क्याउँछु
यिनीहरूलाई राख्ने, थन्क्याउने ठाउँ कतै पुग्दैन
भण्डारमा अरुहरूलाई ठाउँ पुगेको छैन
भर्याङको कुना पनि अब यिनको भएन
सबै ठाउँ छोरा, नातिका सुत्ने कोठा,
पढ्ने कोठामा बद्लिएको छ घर
राख्ने ठाउँकुना कतै पुगेन
यी पुराना जुत्ताहरूलाई
अब यो घरमा Continue reading

सर्वाधिक आकर्षक पुरुष र महिला

वर्षका आकर्षक १० पुरुष तथा महिला व्यक्तित्व को-को हुन् ? भनेर नेपाली पत्रकारितामा अहिलेसम्म सम्भवतः कसैले रिपोर्टिङ गरेको छैन । साप्ताहिकले पहिलो पटक भ्यालेन्टाइन डेलाई लक्षित गरेर १० आकर्षक पुरुष र महिला खोज्ने जमर्को गरेको छ । सानो समूहमा गरिएको सर्वेक्षणका आधारमा हामीले आकर्षक २२ नाम सार्वजनिक गरेका छौं । जस अन्तर्गत
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ आकर्षक पुरुष व्यक्तित्वको सूचीमा तेस्रो स्थानमा पर्न सफल भए । मीठो बोल्ने शैली उनको आकर्षक पक्ष मानिन्छ, त्यस्तै सुहाउँदो पहिरनमा चिटिक्क परेको बाटुले अनुहारप्रति मोहित भएर उनको व्यक्तित्वको प्रशंसक भएको सर्वेक्षणका सहभागीहरूले बताए ।

कलेज-जीवनदेखि नै धेरै युवतीको आकर्षणमा परेका नेम्वाङ पाँच दशक लामो जीवनयात्रापछि पनि उत्तिकै आकर्षक देखिन्छन् । राजनीतिलाई पेसा बनाएका नेम्वाङ विद्यार्थीकालमा पनि मेधावी छात्र थिए । उनले कानुनमा स्नातकोत्तर गरेका छन् । पछिल्ला दिनमा असन्तुलित राजनैतिक घटनाक्रममा मध्यस्थकर्ताका रूपमा सन्तुलित भूमिकामा रहेर काम गरेबापत पनि उनको प्रशंसा गरिएको छ । ‘उहाँको शान्त स्वभावले हरेक प्रतिकुल परिस्थितिमा पनि सहज निकास खोज्छ’, कोरियोग्राफर तथा सञ्चारकर्मी कला सुब्बा भन्छिन्- ‘हेर्दा पनि त्यत्तिकै राम्रो हुनुहुन्छ ।’ Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • February 2010
    S M T W T F S
     123456
    78910111213
    14151617181920
    21222324252627
    28  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।