सङ्खुवासभामाका विभिन्न ठाउँमा लिम्बुवानी आमसभाः

लिम्बुवानलाई टुक्राउन नदिने प्रतिवद्धता

सङ्खुवासभा, लिम्बुवान
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभामा जिल्ला कार्य समितिको आयोजनामा सङ्खुवासभाको बाह्रबीसे, सिद्धपोखरी र नुनढाकीमा लिम्बुवानी आमसभा सन्पन्न भएको छ ।
पुस २५ गते सङ्खुवासभाको बाह्रबीसे बजारमा गंगा थोप्राको अध्यक्षतामा, पुस २८ गते सिद्धपोखरी ५ को बत्तासेमा श्याम वनेमको अध्यक्षता र पुस २९ गते नुनढाकी १ को विहीबारे बजारमा देवेन्द्र थक्लुङ लिम्बूको अध्यक्षतामा उक्त आमसभाहरु सम्पन्न भएका हुन् । Continue reading

Advertisements

हङकङमा हालसम्मकै भव्य लिम्बुवानी आमसभा सम्पन्न :

विश्वको जुनसुकै ठाउँमा रहेपनि लिम्बुवान आन्दोलनमा जोडिन आग्रह

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले यही जनवरी २ तारिखका दिन “संघीयता गणतन्त्र धर्मनिरपेक्षता र निर्णायक अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनको लागि लिम्बुवान आमसभा” भन्ने व्यानर र नाराका साथ हङकङमा भव्य लिम्बुवानी आमसभा सम्पन्न गरेको छ ।

हेनरी जी ल्योङ कम्युनिटी सेन्टर याउ मा तेई ,हङकङमा आयोजिक उक्त आमसभामा प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले आभसभालाई सम्बोधन गर्दै अहिलेको सन्दर्भमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक-धर्मरिपेक्ष राज्यको संविधान बन्ने सवाल महत्वपूर्ण विषय रहेको बताए । संविधानसभाद्वारा बन्ने संविधानमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा आत्मनिरर्णयको अधिकार र स्वशासनसहितको सङ्खुवा-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितता गर्न-गराउनका लागि आफूहरुले लिम्बुवान आन्दोलन अघि बढाइरहेको कुरा जानकारी गराए । सम्बोधनकै क्रममा प्रमुख अतिथि लिङ्देनले संसारको जुनसुकै ठाउँमा पुगे-रहे पनि लिम्बुवान आन्दोलनसँग जोडिऔं भनी सम्पूर्ण लिम्बुवानवासीहरुमा अनुरोध गरे । यसरी नै नेपालमा लिम्बुवान स्वायत्त राज्य स्थापना भएर यसले प्रगति र उन्नतिको शिखर चढ्नसके सबै लिम्बुवानवासीहरुको माङ्गेन्ना (गरिमा) उठ्ने निश्चित भएको विचार पनि व्यक्त गरे । Continue reading

लिम्बुवानले लिम्बुवानमा गरिने संघीयता र गणतन्त्र विरोधी कार्यको सशक्त प्रतिकार गर्ने

पूर्वी नेपालको लिम्बुवानमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चिताका लागि आन्दोलनरत् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा गरिने संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी कार्यको सशक्त प्रतिकार गर्ने जनाएको छ ।

लिम्बुवानका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर गुरङद्वारा पुस २० गते प्रेसित एक प्रेस-विज्ञप्तिमार्फत् संघीयता विरोधी पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता, गणतन्त्र, धर्मरिपेक्षता, लिम्बुवान स्वायत्त राज्य स्थापना र लिम्बुवानी आन्दोलनका प्रमुख सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको विरुद्धमा गरेको अभियान र अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो चेतावनी सार्वजनिक गरेको हो । Continue reading

संघातमक राज्य जातिय एतिहासिक् की। भुगोल् र पहिचानको….

संवीधान् निर्माण र प्रकृया र राज्य संरचनाको बहसले नेपालको ईतिहासमा राज्य नामकङ् नभएको अवस्था देखि हाल् सम्म यस मुलुक् मा धाल्फाड गरी भोग चलन गर्दै आएको यस मुलुकका आदीवासी भुमि पुत्र समुदायका आ-आफ्नो थात थलो स्पस्ट संग उल्लेख भएका यी समुदायहरु बिभिन्न कालमा आपसमा युद्ध लडाई भैई केहि समुदायहरु बिस्थापित अथवा पलायन भएको छ र केहि समुहहरुयुद्ध जिति स्थापित भैई आजतक जिविताऐइरहेका जातिहरु आफुले भोग चलन गरेका उर्वरा भुमिहरुमा सान्त र सभ्यताका साथ राज्य संचालन गर्दै आईरहेको अवस्थामा नेपालको पुर्वी भु-भागमा अवस्थित यो सुन्दर शान्त लिम्बुवान भुमी किराँत कालिन राज्यहरु मध्य एक राज्य हो। Continue reading

हङकङमा संघीयवादी-लिम्बुवानी आमसभा हुँदै :

लिम्बुवानका अध्यक्ष लिङ्देन र विदेश सचिवले सम्बोधन गर्ने

हङकङ, लिम्बुवान 2 जनवरी २०११/

संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, हङकङको आयोजनामा २ जनवरी २०११ आइतबारका दिन हङकङको याउ मा तेइस्थित् कम्युनिटी हलमा
मञ्च तथा लिम्बुवान अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा संघीयवादी-लिम्बुवानी आमसभा हुने भएको छ ।

नेपालको अरुण-सप्तकोशीपूर्वका नौ जिल्ला लिम्बुवान भएको ऐतिहासिक लिम्बुवान भू-राज्यलाई अब बन्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य कायम गराउन संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद राज्य (केन्द्रीय) कार्य समितिले नेपालको लिम्बुवानमा Continue reading

याक्थुङ चुम्लुङद्वारा ‘चेम्जोङ’ जयन्ती मनाइयोः

तीन ‘नेम्बाङ’ लाई इमानसिङ्, सिरिजङ्गा र उदयकला पुरस्कार दिइयो

ललितपुर नेवाः काठमाडौ १७ पुस २०६७/

लिम्बू जातिको जातीय सङ्गठन किरात याक्थुङ चुम्लुङले २०६७ पुस १७ गते चुम्लुङहिम् तिखेदेवल ललितपुरमा किरात इतिहासकार इमानसिङ् चेम्जोङको १०८ औं जन्मजयन्ती तथा किरात सिरिजङ्गा, इमानसिङ् चेम्जोङ र उदयकला पुरस्कार वितरण कार्यक्रम एक समारोहका बीच सम्पन्न गर्यो ।

संविधान सभाका अध्यक्ष सम्माननीय सुवास नेम्बाङको प्रमुख आतिथ्य र चुम्लुङका अध्यक्ष अर्जुन नुगोको अध्यक्षतमा सम्पन्न उक्त समारोहमा विभिन्न लिम्बू बुद्धिजिवी, सभासद तथा नेतृत्वहरुको आतिथ्य रहेको थियो । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • January 2011
    S M T W T F S
    « Dec   Feb »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।