Kirat Yakthung Chumlung UK Sisekpa Tangnam – 2010 (5070)

नेत्छि वा सुम्सी  तुक्सीरो, सिसेक्पा तङनाम हेयो चुप्सिरो,

चैत बैसाक लाग्यो नाम्लाङमेरे, आन्दुम्नेन्लो मेनगर लाम माङमेरे

मसिरै महिना चादुम्मेले, याराक्मा पोङलो आदुम्मेल्ले,

याक्थुङवा जातीहरुका महान चाड सिसेक्पा तङनाम २०१०, येले सम्वत ५०७० को सुखद उपलक्ष्यमा आगामि अगष्ट ७ तारिक २०१० शनिवारकादिन किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गर्न लागिरहेको भेटघाट Continue reading

गीता पालुङ्वाको कोशेली ‘हाङ्नेइल्ले’

चरम उपभोक्तावादी संस्कृतिलाई पालना गर्ने महानगर हङकङको जोर्डनमा बसेर पनि डायोस्पोरिक चिन्तनमा आधारित लिम्बू मातृभाषामा तयार सांगितिक हाक्पारे र पालामको भाका उपहार दिएकी छिन् गीता पालुङ्वाले । १७ बर्षे बैंशालु उमेर नलाग्दै एसएलसी उत्तिर्ण गरे पछि आइडिमा हङ्कङ छिरेकी गीताले मातृभाषा लिम्बूमा गीत लेखेर त्यसलाई रेककर्ड गराउदै, म्यूजिक भिडियो बनाउदै भाषा प्रेमको नमूना बनेकी छिन् ।जोर्डनको व्यस्त भिडमा चिनिया संग कांधमा काध मिलाएर जिन्दगीको बाध्यतालाई स्वीकारेर पनि ताप्लेजुङको कन्जनजंघा, फक्ताङ्लुङ -कुम्भकर्ण) पाथिभरा संझेर उनले सात गीतको म्यजिक भिडियो एल्बम ‘हाङ्नेइल्ले’ अर्थात ‘पर्खिरहदा’मा आफ्नो पीडालाई व्यक्त गरेकी छिन् । डेढ दशक अघि हङकङ प्रवासिएकी २८ बषर्ीया लिम्बू श्रष्टा पालुङ्वाले लिम्बु भाषामा गीत रचना गर्न थालेको भने १२ बर्ष भएको छ । उनका किशोरी समय ताप्लेजुङको दोखुमा विते पनि शैक्षिक यात्रा भने सदरमुकाम फुङ्लिङको भानु स्कूलमा वितेकोले होला हङकङको व्यस्त तर आक्रामक भिडमा पनि आफ्नै मुलुकको प्रकृति संग वितेका नोस्टालजिया उतारेकी छिन् गीतमा । Continue reading

युएईमा पहिलो पटक लिम्बुहरुको उभौली पर्व (यक्वा तङ्नाम) को शुभ अवसरमा साँस्कृती कार्यक्रम।


यहि आउने जुन १८ तारिक शुक्रवारको दिन (किरात) लिम्बू जातिहरुको उभौली पर्व (याक्वा तङ्नाम) शुअवसरमा नेपाल आदिबासी जनजतीहरुको मौलिक साँस्कृति झल्कने किराँत याक्थुङ चुम्लुङ युएई द्वारा भव्य साँस्कृती कार्यक्रम को आयोजना गरिएको छ। Continue reading

च्याब्रुङपछि पूर्वलाहुरे

धरान, जेष्ठ १८ – नयाँ पुस्ता पाश्चात्य संगीतमा झुम्न थालिरहेका बेला एक लाहुरेले भने मौलिक बाजाको संवर्द्धनमा दिलोज्यान दिएका छन् । धरान-१५ बाँझगराका मोहन हुक्पाचोङवाङ लिम्बू जातिको लोकबाजा च्याब्रुङलाई युवापुस्तामा चिनाउन क्लबै खोलेर लागिपरेका छन् ।

‘आजकालका केटाकेटी हिपहप, र्‍याप र पपमा हराउन थालेका छन्,’ ५४ वर्षेले भने, ‘च्याब्रुङ संगीत सिकाउन उनीहरूलाई भेला गरेर बाजा बनाउन, बजाउन र यसको तालमा नाच्न पनि सिकाउने गर्दै छु ।’ यसका लागि उनले पूर्व तिनजुरे च्याब्रुङ क्लब खोलेका छन् । च्याब्रुङ नृत्यलाई व्यावसायिक बनाएर आन्तरिक र बाह्य पर्यटनमा सघाउने उनको मनसुबा छ । ‘भएको सीप र कला उपयोग गर्दा सांस्कृतिक पर्यटनमा परिवर्तन ल्याउन सकिन्छ,’ उनले सुनाए, जसमा असहमत हुन सकिन्न ।

हुक्पाचोङवाङ विदेशमा समेत च्याब्रुङको विस्तारमा लागिपरेका छन् । आफूले बनाएका च्याबु्रङ बाजा सिंगापुरको लिम्बू सांस्कृतिक समारोहदेखि बेलायत, क्यानाडा, हङकङ र अमेरिकाका नेपाली बस्तीमा समेत बज्ने गरेको उनले सगर्व सुनाए । लिम्बू जातिका विवाह, चाडपर्व, चारकलम वा गृहप्रवेश जस्ता शुभकार्यमा च्याबु्रङको विशेष महत्त्व हुन्छ ।
Continue reading

चियाको कप र प्लेटमा लिम्बु संस्कृती

आफ्नो मौलिक कला-संस्कृति, इतिहास र पुरातात्विक महत्व बोकेका थुमहरूका बारेमा नयाँ पुस्तामा चासो र आकर्षा जगाउन धरानका दर्ुइ सृजनशील काका-भतिजीले नयाँ शैलीमा संस्कृति प्रचार गर्न थालेका छन् । उनीहरूले चिया खाने कप र खाजा खाने प्लेटमा सिरिजंगा लिपिका वर्ण्र्ााला, लिम्बू-अंगे्रजी र नेपालीमा अनुवादसहित बार, गते र महिनाका नामहरू, प्रथम किराती राजा यलम्बर, किरात इतिहास र संस्कृतिका ज्ञाता इमानसिं चेम्जोङ, किरात धर्मावलम्बीका गुरु फाल्गुनन्द र किरात लिम्बू लिपिका प्रचारक सिरिजंगाको तस्वीरलाई प्रचारमा ल्याएका छन् । Continue reading

काठमाण्डौमा ताप्लेजुङ महोत्सव

यहि अप्रील १७ तारिकका दिन नेपाली नयाँ वर्ष को अवसर पारेर आफ्नो संस्कृती जोगाउने तथा ताप्लेजुङमा पर्टक लाई आकर्सण गर्ने हिसाबले काठ्माण्डौमा तिन् दिने ताप्लेजुङ संस्कृती कार्यक्रम् को आयोजना भएको थियो। सोहि अवसरमा आफ्नो परम्परागत लिम्बु पहिरन तथा नाच प्रदर्सण गर्दै।

लिम्बूहरूले गाउने हाक्पारे साम्लो

किरात लिम्बूहरूले गाउने गीतहरू मध्ये हाक्पारे साम्लो पनि एउटा हो । यो अति नै लोकप्रिय पनि छ । यो गीत दोहोरी, सामुहिक या एकल पनि गाउन सकिन्छ । यो गीत सुखात्मक र दुःखात्मक अनुभूतिले सुरिलो भाका र लयात्मक स्वरले गाइएको हुनाले यसको थालनी गर्दा गाउने अनुमति श्रोताहरूबाट लिई र अन्त्यमा गीतमा नै विदा माग्ने गर्छन । यो गीत सदाकालीन हो र जहिले पनि गाउन सकिन्छ । यहि गीतको भाका शैलीमा मुन्धुम पनि वाचन गरिन्छ । तथा बोली चाली र सोधनी पनि यहि भाकामा गरिन्छ । यो हाक्पारे साम्लोको उत्पत्ति कहाँ र शुरूवात कसरी भयो भन्ने दुइ किम्बदन्तीहरू छन् । पहिलो किम्बदन्ती अनुसार उहिले उहिले जब गाउँ घरमा बाटाघाटा राम्ररी खनिएका थिएनन् । कतिपय जिल्लाहरूमा जानुपर्दा प्रायः बाटै बाटो भएर जानु पथ्र्यो । पूर्वाञ्चल तेह्रथुम जिल्ला अर्न्तगत एउटा हाक्पारे भन्ने गाउँ छ । यो ठाउँ तमोर (ताङ्वामा) नदीको गडतिर पर्छ । यसका वरिपरिका जिल्लाहरू धनकुटा, पाँचथर, ताप्लेजुङ पर्छ । पाँचथरका परदेशीहरू परदेश लाग्दा खोला किनारै किनार हुँदै त्यही ठाउँमा भेला हुन्थ्यो र वास वस्थे । Continue reading

चासोक तङनाम

यतिखेर लिम्बूवानको पहाडी क्षेत्रको बारी नै भरी पैंयू फूलेको छ । यहि पैंयू फूलेको समयलाई किरात लिम्बूहरुले उभौली याम -दक्षिणायन) शुरु भएको संकेतको रुपमा मान्छन् । उभौली याम शुरु स“गै लिम्बूहरुले मङ्सीर पूणिर्माको दर्ुइ दिन अघि देखि प्रतेक लिम्बूहरुले घरघरमा र चुम्लुङ हिममा जम्मा भएर “चासोक तङनाम” धुमधाम मनाउदैछन् । उभौली शुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लागेको भन्ने भनाई पनि छ । पर्ूवका लिम्बूवानमा किरात लिम्बूहरुले नया“पाकेको अन्नवाली तागेरा निङवाफू माङलाई चढाएर मात्र खाने चलन छ । यहि चलनलाई लिम्बूहरुले चासोक तङनाम को रुपमा मनाउछन् । नेपाली भाषामा “चासोक”को शब्दिक अर्थ न्वागी र “तङनाम”को अर्थ चार्डपर्व हुन्छ। प्रकृति पुजक लिम्बूहरुले चासोक तङनालाई राष्ट्रिय चाडका रुपमा मनाउछन् ।

उनीहरुले दशैको विकल्पका रुपमा यो चाड मनाउदै आएका छन् । लिम्बूहरुले चासोकको दिन चुम्लुङ हिममा भेला भएर आफ्नो खेतमा पाकेको नया“ अन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफू माङ्लाई चढाउछन् भने घरघरमा पनि पुजा गरि नया“ अन्न माङलाई चढाउने परंम्परा छ । सवै जना आ-आफ्नो भेषभुषामा सजिएर आउछन् । चासोक तङनामको दिन लोप हुन लागेको लिम्बूहरुको सस्कृतिलाई जोगाई राख्न याराक -धान नाच ), के लाङ् -च्याबु्रङ नाच), पकलुम लेप्मा -छेलो हान्ने),थाक थाक्मा -तान बुन्ने),लि आप्मा – गुलेली हान्ने ) प्रतियोगिता पनि गरिन्छ ।सवै थुम – तम्वर खोले, मेवाखोले, फेदापे, छथरे, प“ाचथरे ) का लिम्बूहरु जम्मा भएर शुभकामना आदानप्रदान गदै मान्यजन स“ग आर्सिवात लिन्छन् । र्साईनो नलाग्नेहरु धान नाच्छन् । हाक्पारे साम्लो, ख्याली – लिम्बूहरुले गाउने एक प्रकारको गीत जुन दोहारी जस्तै हुन्छ ) गाउ“दै एक अर्कामा माया“ पिरतिका कुरा शब्द मार्फ व्यक्त गर्दछन् । युवा, युवती वीच मनपरापर भएमा विवाह समेत गर्छन् । तीन दिन सम्म मनाईने यो चाड परापर्ुव काल देखि नै मनाउदै आएको मुन्धम – शास्त्र) मा लेखिएको छ ।त्यस्तै लोपहुन लागेको लिम्बूनीहरुले लगाउने गहना सरिवन्दी, साम्याङ फुङ -सुनको फूल), कल्ली, छोलाने चुरा, हारा, नेसे, रेजी पनि सवै लिम्बूनी महिलाहरुले कमाएर चासोकको दिन लागाएर आउने चलन पनि छ ।धरान, काठमाडौ, ललितपुर, झापार्,र् इटहरी, तेह्रथुम, पा“चथर, ताप्लेजुङका शहरी क्षेत्रमा भने चुम्लङले तोकेको निश्चित ठा“उमा भेला भएर चासोक तङनाम मनाउछन् । गा“उतिर भने घर घरमा मनाउने चलन छ । Continue reading

लिम्बू संस्कृति धाननाचः-

शम्भु प्रर्साई
विशेष गरेर मेला बजार चाडबाड र खुशीयालीमा लिम्बू समुदायका युवक युवती मिलेर एकले अर्काको हात समाई गोलाकार भएर “पालाम” -लिम्बू भाषाको गीत) गाउँदै नाचिने नाचलाई धाननाच भनिन्छ । यो नाच लिम्बू समुदायको लोकप्रिय संस्कृति हो । लिम्बू जाति बाहेक र्राई गुरुङले पनि बिस्तारै यो संस्कृति सिकेका थिए तर हिजोआज यो चलन हराउँदै गएको छ । मङ्सिरमा धान र्झार्न दाइँ गर्ने वा गोरु घुमाउने चलन उहिले थिएन । त्यसैले गाउँघरका युवकयुवती भेला भएर पराल माड्ने गर्दथे । त्यतिबेला अल्छी लाग्ने भएकाले गीत गाउँदै हात समाएर परालमाथि नाच्ने उपmने चलन थियो त्यही चलन पछि आएर धाननाचको नामले विकसित भएको हो भन्ने किंवदन्ती छ । यतिबेला दौरा सुरुवालमा सजिएर कम्मरमा खुकुरी भिरेका लोग्ने मानिस र चौबन्दी फरियामा शिरफूल र ढुङ्रीले सजिएका महिलाले पालाम गाउँदै नाचिने यो नाच निकै आकर्ष देखिन्छ । तरुनी तन्नेरीहरूले लय हाली पालाम गाएर धान नाचे पछि हार्ने पक्षले जित्ने पक्षले भनेको मान्नुपर्ने चलन भएकाले कतिपयको त धान नाचबाट नै विवाह हुने गर्दथ्यो तर हिजो आज यस्तो हुँदैन । लिम्बू समुदायमा धान नाचलाई माया पिरती गाँस्ने अवसरको रूपमा लिइन्छ । थुकिम्मा गाविस १ का ६५ वषर्ीय रनहाङ एभेङ -लिम्बू) भन्नुहुन्छ- मैले पनि धान नाचेर नै पुसे मेला -स्थानीय मेलाबजार) बाट श्रीमती ल्याएको हुँ । अझै रहर मेटिएको छैन तर के गर्नु अब त पाको पनि भइयो चलन पनि हरायो । लिम्बू समुयदायका मानिसलाई मात्र नभएर क्षेत्री बाहुनलाई पनि मनपर्ने यो संस्कृति हिजोआज हराउँदै गएकोमा स्थानीय बासी दुखित भएको आभास हुन्छ । Continue reading

limbu culture song

चैत को महिना गुरासै फुल्यो ए नि हाउ..रानी गाउ एल्बम

फुङवान मा नुमा.सर्लाई मा सर सर्लाई(माराम)लिम्बु गीत

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • May 2024
    S M T W T F S
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।