किरात राज्य पतनका प्रमुख कारणहरु

प्रदिप कन्दङवा
लिच्छवीहरुबाट परास्त भएर पूर्व लागेपश्चात किरातीहरुको राज्य इतिहास लामो समयसम्म कतै देखा पर्दैन । तर इमान सिंह चेमजोङ्ग भन्नुहुन्छ -इसाको छैंठौ शताव्दीभन्दा अघि काठमान्डौ पूर्व एउटै किरात राज्य थियो । खास-खास भन्ने हो भने विजय नारायणले विजयपुर राज्य स्थापना गरेपश्चात मात्र किरात राज्य भनौँ या विजयपुर राज्यको इतिहास प्रमाणिकरुपमा अघि बढेको छ । यिनी कामरुप आसामबाट आएका कोच बशीं किरातहरुका सन्तान हुन् भन्ने कुरामा प्राय इतिहासकारहरुको एकैमत रहेको पाइन्छ । विजयनारायणभन्दा सात पुस्ताअघिका राजा पुङलाइङ, जो मोरोङ राज्यका राजा थिए ले हिन्दू मत ग्रहण गरी आफ्नो नाम समेत अमर राय राखे । विजयपुर राज्यको स्थापनाकालतिर पहाडतर्फ फेदापथुममा मुरेहाङ खेवाङ नाम गरेका प्रतापी राजा राज्य गर्दथे भन्ने कुरा धेरै इतिहासकारहरुले भन्दै आएका छन् । यिनैको सहयोगले विजयपुर राज्य त्यतिबेला शक्तिसम्पन्न बनेको थियो ।विशेषगरी लिच्छवीहरुबाट खेदिएर पूर्व गएका किरातीहरुको वास्तविक इतिहास यो बेलासम्म अथवा विजयपुर राज्य स्थापनाकालसम्म कतै स्पष्टरुपमा देखा पर्दैन । विजय नारायणकै पालादेखि सेन वंशीहरु किरात राज्यमा हावी भए । Continue reading

Advertisements

नेपाली जोक्स

एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ ” धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु” बस यही आशामा बसेको छु यार …

एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ ” माया त अन्धो हुन्छ ” र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ ” माया त कहिले पनि मर्दैन ” ।
Continue reading

सविना सुब्बा भइन मिस पुर्वाञ्चल

धरान । अन्ना लिफान मिस पूर्वाञ्चल 062 को ताज झापाकी 21 वष्रीय सविना सुब्बाले पहिरिएकी छन् । निर्णयकले सोधेको प्रश्नमा महिला, पुरुषभन्दा कम छैनन‍, महिलामा अवसरको खाँचो छ अवसर पाए जे पनि गर्न सक्छन्‍Õ भन्ने उत्तर दिएर सुब्बाले मिस पूर्वाञ्चलको ताज पहिरिन पाइन् । उनलाइ मिस नेपाल जेसिना मोक्तानले ताज पहिराएकी थिइन् ।

झापास्थित कञ्चनजंघा एफ.एम. की कार्यक्रम सञ्चालिका समेत रहेकी सुब्बाले उपाधि हात पारेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिकृया दिँदै भनिन् टप फाइभमा परेपछि मात्र विजेता हुन्छु भन्नेमा ढुक्क भएँ । उनले मिस पूर्वाञ्चलको ताज पहिरिन पाएको धेरै खुसी लागेको बताइन् । ताजसँगै सुब्बाले अन्ना लिफान स्कुटी र 1 वर्षको ब्राण्ड एम्बासडर तथा उपहारहरु पाएकी छन् । झापा चकचकी ७ की सुब्बा कनकाई कलेजमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छिन् ।

सुब्बाले मिस नेपाल जेसिना मोत्तmानले सोधेको प्रश्नमा नारी भएर जन्मन पाएकोमा खुसी लागेको उत्तर दिँदै भनेकी थिइन् यो संसार थाम्ने नारीहरु नै हुन् । यो संसारमा नारी आमा हुन्, यसमा म गर्व गर्छु । प्रतियोगिताको फस्ट रनरअप पि्रया लामा भइन् । बुढासुब्बा ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगिताको सेकेण्ड रनर अप धरान 19 की 21 वष्रीया जमिना लिदेन भइन् । लि्‍देनले वेष्ट फिगरको उपाधि समेत हातपारिन् । Continue reading

सूचना ! .. . . . . . सूचना !! . . . . . . . सूचना !!!

मातृभूमि नेपालको बर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर राख्दै निम्न मिति, समय र स्थानमा निम्न शिर्षकमा एक दिने बिचार गोष्ठीको आयोजना गरिने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
शिर्षकः “अग्राधिकार, आत्मनिर्णयको अधिकार तथा जातीय स्वायत्तता” ।
मितिः मे २ आइतबार, २०१० ।
समयः दिनको ठीक १२ देखि साँझ ६ बजे सम्म ।
स्थानः याक एण्ड येती रेष्टुरेण्ट, प्रथम तला, जोर्डन ।
प्रयोग हुने भाषाः नेपाली वा अंग्रेजी ।
प्रस्तुति विधिः लेख्य रुपमा वा मौखिक ।
सम्पर्कः 62558702- J.B. Okhrabu, 97730264-Bhupendra Chemjong

नोटः केही आधारभूत शर्तहरु-
· प्रस्तोताले तोकिएको शीर्षकमा आफ्नो लिखित वा मौखिक प्रस्तुति २० मिनट भित्रमा प्रस्तुत गरी सक्न पर्नेछ ।
· प्रस्तति सके सम्म सरल, बोधगम्य, बिषयगत एवं सन्दर्भ सामाग्रिमा आधारित भएको हुनु पर्नेछ ।
· प्रस्तुति कुनै ब्यक्ति वा संघ संगठन बिशेषलाई कुनै पनि किसिम वा रुपको गाली गलौज वा आक्षेप लाग्ने हुन हुँदैन ।
· दर्ता हुन आएको नामहरु मध्येबाट अंग्रेजी अल्फाबेट A,B,C नाम भएकोबाट शुरु हुनेछ ।

आयोजक
लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा
प्रबास समिति, हङकङ

संयुक्त लिम्बुवान मोर्चा, हङकङको प्रेस-विज्ञप्ति

मितिः २०६६ फागुन १० गते(२२ फेब्रुवरी २०१० )
लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सय वर्षपहिले स्थापना भएको प्राचीन भू-राज्य हो । हाल आधुनिक नेपाल अर्न्तर्गत मेची नदी पश्चिम, अरुण-सप्तकोशी नदी पूर्व, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्लाभित्रका सम्पूर्ण नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजङ, पाँचथर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो । लिम्बुवान प्राचीन स्थापना कालदेखि वर्तमानकालसम्म प्रमाणित गर्ने प्रशस्त ऐतिहासिक प्रमाणहरु भएको ऐतिहासिक प्रमाणित राज्य हो साथै राज्य बन्नका लागि चाहिने पर्याप्त भौगोलिक क्षेत्र तथा निरन्तरता पनि भएको राज्य हो । लिम्बुवान संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले निर्धारण गरेको पहिचान र सामर्थ्य दुवै भएको राज्य हो । यी माथिका सबै कुराहरु लिम्बुवानसंग भएको थाहा हुँदाहुँदै पनि उपरोक्त समितिले मुलुकलाई १४ प्रदेशमा विभाजन गर्दा लिम्बुवानको धनकुटा र संखुवासभा जिल्लाको पश्चिमको केही भाग तथा लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ र सुनसरीलाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोले संयुक्त लिम्बुवान मोर्चा, हङकङ घोर आपत्ति गर्दछ । Continue reading

चल्ला पनि हराउनु र काग पनि कराउनु

पन्चायती ब्यबस्था फालेर बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापस्चात सत्तामा हुँदा होस या सत्ता वाहिर नेपाली राजनितिको केन्द्र बिन्दु नै बने गिरिजा प्रसाद कोइराला । पाँच पटकसम्म प्रधानमन्त्री (प्रतिनिधि सभा पुन:स्थापनापछि राष्टप्रमुखसमेत गरेर) वनेका गिरिजाबाबुले आफ्नै दलको वहुमतको सरकार आफू प्रतिनिधि सभामा अल्पमतमा परेपछि भंग गरेर २०५२ सालमा मध्यावधि चुनावमा गएको; आफ्ना राजनैतिक सहयात्रीहरु गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई पाखा लगाएको; लाउडा धमिजा जस्ता काण्ड गराई भ्रष्टाचारलाई प्रश्रय दिएको, पार्टीमा नातावाद, कृपावाद र परिवारवाद हुलेर पार्टीलाई कोइराला परिवारको पेवा बनाएको; कुर्सीको पर्यायबाची भएको जस्ता थुप्रै आरोपहरु लाग्दथे उनीमाथि र पनि छ दशकभन्दा बढि जीवन राजनीतिमा विताएका उनले देशको राजनैतिक परिवर्तनहरुमा भने उल्लेख्य योगदान गरे विषेशत: २०४६ साल र २०६२ सालको परिवर्तनमा । कुनै बेला कम्युनिस्ट भनेपछि टुप्पीबाट धुवाँ निकाल्ने गिरिजा प्रसाद २०६२ सालको परिवर्तनका लागि जुन माओबादीका बिरुद्ध सेना परिचालन गर्न र टाउकाको मूल्य तोक्न समेत लागि परे तिनै माओबादीसंग अत्यन्तै निकट हुन पुगे, तर रास्ट्रपति हुन नपाएपछि माओबादीसंग टाँढिएर बर्तमान सरकारका प्रमुख सूत्राधार बनेका उनी जीवनको पछिल्लो समयमा पुन: माओबादीका निकै नजिक हुन पुगेको अनुमान गरिन्छ । यी सबै आरोप तथा आरोह अबरोह पार गर्दै उमेरका कारण खासै चिन्ता लिन नपर्ने मृत्यु बरण गरे तापनि देशलाई ठूलो शोकमा डुबाएर गए । Continue reading

अरुण-सप्तकोशीपूर्वको साबिक लिम्बुवानलाई जस्ताकोतस्तै राख्न संयुक्त लिम्बुवान मोर्चा, हङकङ माग

संयुक्त लिम्बुवान मोर्चा, नेपालको विदेशस्थित् शाखा सङ्गठन संयुक्त लिम्बुवान मोर्चा, हङकङले अरुण-सप्तकोशी नदी पूर्वको साबिक नौ जिल्ला लिम्बुवानलाई जस्ताकोतस्तै राख्न जोडदार माग गरेको छ । मोर्चा हङकङले फेब्रुअरि २२ मा एक प्रेस-विज्ञप्ति प्रकाशित गरी सो माग राखेको हो ।

मोर्चाद्वारा प्रेसित विज्ञप्तिमा थप भनिएको छ- “लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सयवर्ष पहिले स्थापना भएको प्राचीन भूराज्य हो । हाल आधुनिक नेपालअन्तर्गत मेचीनदी पश्चिम, अरुण-सप्तकोशी नदीपूर्व, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्लाभित्रका सम्पूर्ण नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लिजोङ, पान्थर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो । लिम्बुवानलाई प्राचीन स्थापना कालदेखि वर्तमानकालसम्म प्रमाणित गर्ने प्रशस्त ऐतिहासिक प्रमाणहरु छन् । साथै, राज्य बन्नका लागि चाहिने सम्पूर्ण आधारभुत आवश्यकता तथा भौगोलिक पर्याप्तता र निरन्तरता पनि छ । संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले निर्धारण गरेको पहिचान र सामर्थ्य दुवै लिम्बुवानसँग छ । यी माथिका सबै कुराहरु लिम्बुवानसंग भएको थाहा हुँदाहुँदै पनि उपरोक्त समितिले मुलुकलाई १४ प्रदेशमा विभाजन गर्दा लिम्बुवानको उत्तर-पश्चिमको सङ्खुवासभा र धनकुटाको केही भाग तथा लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ, सुनसरीलाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोले संयुक्त लिम्बुवान मोर्चा, हङकङ घोर आपत्ति व्यक्त गर्दछ । हामी नेपालको राष्ट्रिय अखण्डता तथा नेपाल लिम्बुवानको क्षेत्रीय अखण्डता दुवैप्रति पूर्ण प्रतिवद्ध छौं । तसर्थ, संविधान सभाको राज्य पुनः संरचना तथा राज्यशक्तिको बाँडफुड समितिले तयार पारेको १४ प्रदेशको संघीय राज्यको खाकामा लिम्बुवान राज्यको नक्शा तत्काल सच्याई अरुण-सप्तकोशी नदीपूर्वको साबिक लिम्बुवानलाई जस्ताको तस्तै राख्न संयुक्त लिम्बुवान मोर्चा, हङकङ जोडदार माग गर्दछ ।” Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।