खम्बुवान एकताको औपचारिक घोषणा

असोज ८, २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मध्यस्थतामा यही असोज ८ गते धरानमा खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक प्रुन्टबीच भएको एकताको औपचारिक घोषणा गरिएको छ । खम्बुवानका भूतपूर्व अध्यक्ष बीके कोयुको अध्यक्षतामा भएको उक्त खम्बुवान एकता घोषणा सभामा किरात खम्बुवान संयुक्त मोर्चाका सचिव सङ्गम किराती खम्बुवान स्वायत्त सरोकार माचका उपाध्यक्ष पविहाङ खम्बू याख्खा स्वायत्त परिषदका गोपाल देवान नेकपा एकीकृत का धनकाजी राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त घोषणा सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले एकीकरणको सहमति-पत्र वाचन गरेका थिए । एकताको घोषणापछि खम्बुवानका अध्यक्ष आर. के. खम्बू र कार्यवाहक अध्यक्ष इन्द्रहाङ खम्बूले सम्पूर्ण उपस्थितिसमक्ष प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए । Continue reading

मञ्च सम्वद्ध हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समिति गठन

२० सेप्टेम्बर २०१०,संघीय गणतान्त्रिक नेपालको अव वन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा आत्मानिणय अधिकार सहितको विशिष्ट स्वायत्त राज्य हुनु पर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण – सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु सहितको हुनु पर्छ भन्दै संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको सि.सि.ओ.अभियान अर्न्तर्गत हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समिति गठन भएको छ । १९ सेप्टेम्बर २०१०, आइतबारका दिन हङकङ आइल्याण्ड स्थित वान्चाईमा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको पहलमा भएको वृहत भेलाले श्री कुमार हाङस्रुङको अध्यक्षतामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङ अन्तर्गत (मातहत) को हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समितिको गठन गरेको छ । Continue reading

सिरिजङ्गाको जन्मस्थल तेल्लोक ताप्लिजोङमा विशाल लिम्बुवानी आमसभा सम्पन्न

याङ्वरकथुम, तेल्लोक ताप्लिजोङ, लिम्बुवान/
महान लिम्बुवानी विभूति सिरिजङ्गको जन्मस्थल ताप्लिजोङको तेल्लोकमा यही असोज ४ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेण्टियर्स एलभीं याङ्वरकथुम कमाण्डको आयोजनामा विशाल लिम्बुवान आमसभा तथा एलभी प्रदर्शनी कार्यक्रम सम्पन्न भयो ।


उक्त लिम्बुवानी आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले भने- “आजभन्दा तीनसय वर्षअघि यही तेल्लोकमा जन्मेका महान लिम्बुवानी विभूति सिरिजङ्गाको सपनाअनुसार नै अहिलेको लिम्बुवान आन्दोलन अघि बढिरहेको छ । Continue reading

खम्बुवान पाइला सार्दै नेवाः काठमाडौ आइपुग्यो

नेवाः काठमाडौं असोज ६/

खम्बुवान स्वायत्त राज्य परिषद उन्मुख खम्बुवान राष्ट्रिय मोर्चाले काठमाडौंको सभागृहमा खम्बुवान पाइला नामक एक खम्बुवानी साँस्कृतिक कार्यक्रम गरी नेपालको एकात्मक संरचनाको केन्द्र काठमाडौंमा पनि आफ्नो गतिविधिहरु सशक्त बनाउन थालको छ ।
खम्बुवान राष्ट्रिय मोर्चाले मिति २०६७ असोज ६ सेप्टेम्बर २२ २०१० मा ‘बाँचे जीवन

कार्यक्रममा सहभागीहरु

मरे चिहान खम्बुवान राष्ट्र-राज्य निर्माण’ खम्बुवान सजग एकता जागरण तथा सम्मान कार्यक्रमः “खम्बुवान पाइला-२०६३” का प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बुहाङ्फे राईले द्वीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।
Continue reading

संघीय विद्यार्थी युनियनद्वारा लिम्बुवानमा शैक्षिक हड्ताल

धनकुटा ४ असोज, मञ्च संम्बद्ध संघीय लिम्बुवान राज्य परिषद निकट संघीय विधार्थी युनियन लिम्बुवान राज्य परिषदले गरेको एकदिने शैक्षिक आमहड्तालको कारण आज धनकुटालगायत पूर्वका ९ जिल्लाका सम्पूर्ण सरकारी तथा निजी विधालयहरु बन्द रहेका छन् ।गत २०६७ साउन ९ गते परिषदले नेपाल सरकारलाई बुझाएको २१ बुँदे ज्ञापन-पत्रमाथि हालसम्म कुनै सुनुवाई नभएपछि विरोधस्वरुप एकदिने शैक्षिक हड्तालको आह्वान गरिएको संघीय विधार्थी युनियन लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीले बताउँनुभयो । २१ बुदे ज्ञापन-पत्रमा सप्तकोशी अरुणपूर्वका प्रस्तावित लिम्बुवानका प्रत्येक उच्च माविहरुमा विषयगत शिक्षक दरबन्दी दिनुपर्ने लिम्बुवानका प्रत्येक स्कुल कलेजहरुमा शहिदको छोराछोरीहरुलाई निशुल्क पढाउनु पर्ने, बहुभाषिक शिक्षा लागू गर्नुपर्ने, लिम्बुवान विश्व विधालयहरु Continue reading

तामाङसालीङ राज्यको लागि जनजागरण अभियान घोषणा

नेवाः काठमाडौं, ३१ भाद्र २०६७/
तामाङसालीङ स्वायत्त राज्य स्थापनाको लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदले भाद्र ३१/सेप्टेम्बर १६ गते काठमाडौंको संवैधानिक संवाद केन्द्र नयाँवानेश्वरमा एक कार्यक्रमको आयोजना गरी तामाङसालीङ क्षेत्रभित्र साचालन गरिने आगामी कार्यदिशासहितको जनजागरण अभियानको घोषणा गरेको छ ।

सिंङमाङ तामाङ

तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी के बुद्धिष्ट तामाङको अध्यक्षता भएको सो कार्यक्रमको प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारी अध्यक्ष तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ रहेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कमानसिङ लामा, तामाङ ह्युल परिषदका अध्यक्ष देवकुमार मोक्तान, नेपाल राष्ट्रिय घेतुङका अध्यक्ष वीरबहादुर योञ्जन, संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफे राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम, खम्बुवान स्वायत्त राज्य परिषदका उपाध्यक्ष किरण खम्बू, संघीय लिम्बुवान महिला परिषदका महासचिव अमृता थेबे र संघीय लिम्बुवान राज्य परिषद उपत्यका समितिका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ रहेका थिए । Continue reading

साउथ ब्लकको रणनिति।

राष्ट्र संघको सदस्य भई सकेको नेपाल,दश बर्षे माओवादी द्धन्द्ध र राजा बीरेन्द्रको वंश नास गर्ने नारायणहिटी काण्डले विश्वमा नेपाललाई राम्ररी चिनाइ सकेको छ। देश विदेशमा देश भक्त जनताहरुको जमात पनि कम भई सकेका छैनान्। यो अवस्थामा साउथ ब्लकको कस्तो ग्राण्ड डिजाइनले नेपाललाई घुँडा टेकाउन लाग्दैछ भन्ने कुरा गम्भिररुपले सोंच्नु पर्ने बेला भएकोछ। नेपाल भूपरिवेष्टित राष्ट्र हो। बंङगलादेश फूलबारीको बाटो हुँदै समुन्द्र मार्गसंम्म पुग्ने परबहन संम्झौतालाई आलेटाले गरेर नेपाललाई चाहिने सुरुङ तथा पहाडी र हिमाली भेकमा राजमार्ग बनाउन गहुङगो औजार नुन,तेल साथै अति अवश्यक कच्चा पदार्थको अवश्यकता पूर्ति गर्ने माध्यम भारतसंग आत्म निर्भर हुनु पर्ने योजना र कार्य निति धेरै अघि देखि लागु हुँदै आएकोछ। पूर्व मेची देखि पश्चिम महाकाली संम्मका समथर मैदानमा बसोबास गरेका नेपाली जनताहरुलाई सांस्कृतिक र भाषामा एकात्मकता गर्न दिँदै खुला सीमानाको प्रयोग गर्ने शैली मित्रताको रुपमा हेरिए पनि साउथ ब्लक त्यो मित्रताको फाइदा लिन कम्मर कसेर लागेकोछ। नेपाल देशको नेपाली जनता भएर बाँच्नको लागि सुरक्षित वातावरणको ग्यारेन्टी हुन सक्दैन भन्ने पार्नको लागि अतिक्रमण Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • September 2010
    S M T W T F S
    « Aug   Oct »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।