धरानमा लिम्बुवानको विस्तारित बैठक हुँदै

नौ जिल्ला लिम्बुवान प्राप्तिको लागि निर्णायक आन्दोलनको घोषणा हुने

धरान, लिम्बुवान
, फागुन १६/
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाझापा मोरङ् सुनसरी पान्थर इलाम ताप्लिजोङ् तेह्रथुम् धनकुटा र सङ्खुवासभालाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य तथा लिम्बुवानअन्तर्गत् विभिन्न स्वायत्त क्षेत्रहरुको प्राप्तिको आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को विशेष विस्तारित बैठक लिम्बुवानको धरानमा आजबाट शुरुभएको छ।
२०६६ फागुन १६ १७ र १८ गरी तीन दिनसम्म चल्ने यस विस्तारित बैठकले लिम्बुवानको आजसम्मको आन्दोलनलाई सूक्ष्मरुपमा समीक्षा गर्दै विशेषतः लिम्बुवानका अभिन्न ऐतिहासिक भूभागहरु झापा मोरङ् सुनसरी धनकुटा र सङ्खुवासभाका पूरै भूभागहरुलाई लिम्बुवान स्वायत्त राज्यभित्रै पर्ने गरी अब बन्ने संविधानमै सुनिश्चित गर्ने गरी महत्वपूर्ण र निर्णायक आन्दोलनबारे विशॆष छलफल गरी सो निर्णायक आन्दोलनको घोषणा गर्नेछ । Continue reading

Advertisements

प्रियंकालाई फेशनको निम्तो

मुम्बई, फागुन १६ (एजेन्सी)- बलिउड अभिनेत्री प्रियंका चोपडाले अन्तर्राष्ट्रिय फेसन क्षेत्रमा पनि सफलता पाएकी छिन्। कोच विहारकी महारानी इन्दिरा देवीपछिकी दोस्रो भारतीय व्यक्ति भएकी छिन्, उनी साल्भाटोरी फिरागामोको निमन्त्रणा पाउने। अन्तर्राष्ट्रिय फेसनमा उत्कृष्ट मानिने इटाली फेसनको उद्‍घाटनको लागि प्रियंकालाई निम्त्याइएको हो।
‘यो सत्य हो कि मैले महारानीले पाउने सम्मान पाएकी छु। अवश्य पनि म जानेछु। ‘ प्रियंकाले भनिन्।
‘मेरो लागि मात्र आयोजना गरिएको कार्यक्रममा सायद म धेरै रमाइलो गर्छु होला’, उनले थपिन्।

भारतीय फेसनले अन्तराष्ट्रिय स्तर मै पहिचान पाइसकेपछि, फेसन आइकन मानिने प्रियंकालाई इटालीमा निम्ताउनुलाई सबैले सकारात्मक भएर लिन पनि उनले अनुरोध गरिन्। ‘भारतीय महिला सुन्दर मात्र होइन। Continue reading

अब फिल्म क्षेत्र छाडेर राजनीतिमा आउँछु भन्ने सोचेकी छैन

यता कामान्डूमा अभिनेत्री मनीषा कोइरालाले कलिउडलाई बलिउडको नक्कल नगर्न आग्रह गरिरहँदा, उता मुम्बईमा एक भारतीय टेलिभिजन च्यानलले भने ‘मनीषाको गुलाबी छवि समाप्त भएको’ ठोकुवा गर्दै थियो । सन् ९० को दशकारम्भवरिपरि उदाएका मनीषा र माधुरी दीक्षितलगायतका आधादर्जन अभिनेत्री ‘आउट डेटेड’ भइसकेको दाबी गर्दै सो विश्लेषणमा भनिएको थियो, ‘पछिल्ला केही वर्षका गतिविधि हेर्दा मनीषा अलमलमा परेजस्तो देखिन्छ । अब मनीषाले आफ्नो गुलाबी करिअरलाई कसरी सिफ्ट गर्लिन्, त्यसको जवाफका लागि भने अरू केही समय कुर्नुपर्ने हुन्छ ।’

एउटा तेजस्वी, संघर्षपूर्ण र लगनशील अभिनेत्रीका रूपमा बलिउडमा बितेको २० वर्षपछि अहिले कोइराला यस्तो चौबाटोमा उभिएकी छिन्, जहाँ उनले छिट्टै एउटा बाटो रोज्नु पर्नेछ । उमेर ओरालो लागेको छ । अबको ६ महिनामा उनी ठीक ४० वर्ष पुग्नेछिन् । मुहारमा चाउरीपन देखिन थालेको छ । घरजम छैन । विगतको ओजस्वी छवि त छ, तर सामाजिक, आर्थिक, पारिवारिक र धार्मिक सिन्डिकेटमा रुमलिएको बलिउडमा फिल्म व्यवसाय उनका लागि त्यति सहज छैन । अभिनेत्री कोइरालालाई यो कुरा राम्ररी थाहा छ । भारतीय बिजनेस टाइकुनको मात्र होइन भूमिगत माफियाको समेत लगानी रहने गरेको बलिउडमा प्रतिस्पर्धा गर्न गतिलै आर्थिक ‘ब्याकअप’ जरुरी हुन्छ । त्यसका लागि सोहीअनुरूपको रणनीति, चालबाजी र सम्बन्धको विस्तार चाहिन्छ । यी सबै कुरा समन्वय गर्न बलिउडमा ‘एक्ली नेपाली छोरी’ मनीषालाई पक्कै पनि सजिलो छैन । Continue reading

गजल

तथानाम छ बदनाम छँदैछ नठान नाम बेच्न पाइन्छ
छ है खबरदारी जनताको न देश न ठाम बेच्न पाइन्छ ।

खै कतिञ्जेल खेल्ने आपसमा गाउँ खाने खेल मात्र
कतै पाइदैन किन्न कुनै देश न त गाम बेच्न पाइन्छ ।

छँदैछ डुब्नलाई चिन्ता रिन पनि छँदैछ सक्छौ त्यो बेच
यो एकता र समृद्धिको छाना उधार्ने घाम बेच्न पाइन्छ ।

भैगो अब नखोज कानमा हाल्ने तेल कहाँ कहाँ पाइन्छ
अझै जवाफ कतैबाट नआए केवल खाम बेच्न पाइन्छ ।

नवराज सुब्बा

चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति

चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ।

चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ।

चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्।

उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। Continue reading

होचो व्यक्तिको अग्लो कीर्तिमान

टीएस ठकुरी, (काठमाडौं), अन्ततः बागलुङका खगेन्द्र थापामगर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा लेखिएका छन्।

नेपाली समयअनुसार शुक्रबार बिहान एक बजेर १५ मिनेट जाँदा विश्वकै होचो व्यक्तिका रूपमा उनको नाउँ गिनिज बुकमा लेखिएको हो। यद्यपि आगामी असोज १८ गतेपछि मात्र उनले यसको स्थायी प्रमाणपत्र पाउनेछन्।

‘अहिले १८ वर्षपूरा नगरेकाले ‘बेबी’ भनेको छ’, इटालीमा रहेका खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानालाई उद्धृत गर्दै प्रतिष्ठानका सल्लाहकार हरि धमलाले नेपाल समाचारपत्रसँग भने- ‘अहिले अस्थायी प्रमाणपत्र प्राप्त भएको हो, ६ महिनापछि फेरि त्यहाँ जानुपर्नेछ।’

२०४९ असोज १८ गते जन्मिएका खगेन्द्रको उचाइ २० इन्च तथा तौल ४.५ किलोग्राम रहेको छ। यसअघि चिनियाँ नागरिक २४ वर्षीय हे पिङपिङ (२९ इन्च) को नाउँमा होचो मान्छेको विश्व कीर्तिमान थियो। भारतीय गुल मोहम्मद (२२.५ इन्च) को मृत्युपश्चात् चिनियाँ पिङपिङले गिनिज बुकमा होचो व्यक्तिको मान्यता पाएका थिए। Continue reading

“गेडी” (चार) ४

किरिम् घस्ने कालीले, मुखभरी घसेर
केकोफुर्ति लागको, माईतैमा बसेर!!
ए!नानी,
बित्ला तिम्रो, लार्के जवानी!!
***************

फुर्ति-हैन ए!काले, छड्केटोपी लगाई
नबस-है ढुक्कैले, लानुपर्ला भगाई!!
उपारी,
छुनुँपर्ला, जनै सुपारी!! Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • February 2010
    S M T W T F S
    « Jan   Mar »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।