पान्थरमा लिम्बुवानको जनजागरण आमसभा सम्पन्न

फेदेन (पान्थर) लिम्बुवान अक्टोवर १३, २०१२ ।

संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको आयोजनामा फेदेनमा विशाल लिम्बुवान जागरण आमसभा सम्पन्न भएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो । प्रमुख अतिथि लिङ्देनले पान्थरको फेदेन लिम्बुवानको मुटु हो, ढुकढुकी हो भन्नु भयो । एकात्मकवादीहरू पुलिस, प्रशासन र सञ्चारकर्मी छन् भने संघीयवादीहरूसँग एक मुठी माटो र गरिब जनताहरू मात्र भएको बताउनु भयो । वहाँले वर्तमान संविधानसभा प्रचण्ड र सुवास नेम्बाङ्को उधारो राष्ट्रपति बन्ने सपनाले गर्दा हत्या भएको बताउँदै संविधानसभाको हत्याराहरूको भण्डारफोर गर्नैपर्छ एकात्मकवादीहरूलाई लिम्बुवानमा बहिष्कार गरौं भन्नुभयो । संघीयता पहिचान र इतिहासले मात्र बन्छ भूगोलले कहिल्यै नबन्ने दावी गर्दै मिराकले विजयकुमार गच्छेदार र सन्जुहाङ्बीच एकता भएको पार्टीसँग कहिल्यै एकता नहुने बताउनु भयो । Continue reading

Advertisements

लम्हा र संघीय संरचना निर्माणका कुरा

भारतको सबैभन्दा उच्च ठाउँमा एउटा सुन्दर प्रदेश छ जम्मु-कश्मीर । सुन्दर प्रदेश भएकै कारण सबैको मन लोभिएको छ जम्मु-कश्मीरमाथि । यतिसम्म कि चीनले ४१५०० वर्गमाइल र पाकिस्तानले ८३८०८ वर्गमाइल हडपेर सुन्दर प्रदेशमाथि धावासमेत बोलेको छ । यस प्रदेशको लागि भारत र पाकिस्तानबीच दशकौं अगाडिदेखि लडाई चलिरहेको छ । दुवै देशको दावी छ -जम्मू-कश्मीर हाम्रो हो । तर जम्मु-कश्मीरले भने छुट्टै देश हुनुपर्छ भनेर आवाज उठाइरहेको छ ।
कश्मीरको विषयमा धेरै नै चलचित्र तथा डकुमेन्ट्रीहरु बनेका छन् । तर पछिल्लो पटक बनेको बलिउड चलचित्र ुलम्हाुले भने त्यहाँको वास्तविकता स्पष्ट साथ देखाएको छ । जुन यथार्थता पछि गएर संघात्मक नेपालको जातीय राज्यहरुमा पनि प्रत्यक्ष प्रभाव पर्ने स्पष्ट गराएको छ ।
एउटा कश्मीर आजादीको निम्ति फरक विचारका धेरै व्यक्तिहरु हुनु र उनीहरुबीचको आपसी लडाईका कारण कश्मीरमा कहिल्यै शान्ति नहुनुलाई विषय बनाइएको चलचित्र ‘लम्हा’ र एउटा राज्य प्राप्त गर्नुका लागि विविध खालका पार्टीहरु बनाएर अगाडि बढेको नेपालको प्रान्तीय राजनीतिको स्वरुप एउटै-एउटै हुन जान्छ । Continue reading

रक्सी खाएर गर्ने योगा

रक्सी खाएर मातेको मान्छेले पनि योगा गर्नु सक्दो रहेछ तस्विरहरु हेर्नुस त।

Continue reading

General Terms with Cool Definitions

हङकङ बाट पत्रकार् दिदि कल्पना ज्यु द्वारा पाएको समाचार् पनि राखि हालियो कतार बाट पनि केहि समाचार् आइपुगेको थिएन, युके बाट पठाउनु भएका ब्लगर मित्र रामकुमार् श्रेष्ठ ज्यु को लेख पनि राखिसकिएको थिईयो त्यस्पश्चात् नेपाल् बाट पत्रकार साथि डी बी आङ्बुङ द्वारा पठाईएको समाचर राखिसके पछि के गरौ गरौ भएर अरु साईटहरु हेर्दै जाँदा एउटा साईटमा रमाईलो किसिमले शब्द को अर्थ खुलाएको भेटियो। तपाईहरुलाई पनि मनोरंजन हुन्छकि भनेर यहाँ राखिदिएको छु। Continue reading

mp3 गीत हरुको भंडार

बिभिन्न सुपरहिट नेपाली पप तथा आधुनिक mp3 गीत सुन्नुहोस वा डाउनलोड
गर्नुहोस। Continue reading

गीत-जब जाँतो पिंध्न बस्छु,

जब जाँतो पिंध्न बस्छु,
तिम्रो यादले मनै पिसिन्छ l
जब बढ्छ तमोरको भेल,
आँसु पनि त्यहीं मिसिन्छ l

मनकै साँघु बगाउनेले, खोला तरी भेट्न के आउला !
दिलको मन्दिर भत्काउनेले,फर्की फेरी माया के लाउला !
जब घर लिप्न थाल्छु,
आफ्नै मनको भित्ता उकिन्छ l
ढिकी चाली धानै कुटे,
भित्र-भित्रै मुटु कुटिन्छ l

Continue reading

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस-विज्ञप्ति

संविधान सभाको रक्षाका लागि प्रधानमन्त्रीले तत्काल राजीनामा दिई
राष्ट्रिय एकताकोसरकार गठन गर्ने शर्तमा संविधान सभाकोम्याद थप्नुपर्ने संघीय मञ्चको धारणा

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
मितिः २०६७।०१।१३
प्रेस-विज्ञप्ति

संविधान सभाको दुई वर्षको समयावधि भोलि जेठ १४ गते सकिँदैछ र भोलि संविधान जारिनुहने पनि प्रष्ट भइसकेको छ ।
संविधान सभाको प्रारम्भमा एनेकपा माओवादीको नेतृत्वमा सरकार थियो र नेकपा एमाले उक्त सरकारको दोस्रो स्थानमा सहभागी थियो । माओवादीको नौ महिने सरकारको कार्यकालपछि एमालेको नेतृत्वमा सरकार बन्यो र हालसम्म छ । भर्खरमात्र, एमालेका वरिष्ठ नेता तथा सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले ”संविधान सभा मैले चाहेको थिइन” भन्ने भनाइ सार्वजनिक गरेपछि एमाले प्रारम्भदेखि नै संविधान सभा असफल गराउने योजनामा थिएछ भन्ने पुष्टि गर्दछ र आखिरी एमालेकै नेतृत्वमा सरकार रहँदा तोकिएको समय जेठ १४ मा संविधान जारिनहुने निश्चित भयो । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।