संघीय मञ्चद्वारा वर्तमान राजनीतिप्रति धारणा सार्वजनिकः सरकारविरुद्धको आन्दोलनमा समर्थन र सर्वदलीय

नेवाः काठमाडौं, वैशाख १६, २०६७/
नेपालका संविधान सभामा सहभागी २५ वटा राजनीतिक दलहरुमध्ये एक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यही वैशाख १४ र १५ मा पार्टीको संघीय कार्य समितिको विशेष बैठक सम्पन्न गरी वर्तमान राजनीतिक अवस्था र त्यसको निकासका लागि आफ्नो राजनीतिक अवधारणा र आन्दोलनको कार्यक्रमहरु वैशाख १६ गते रिपोर्टस क्लब नेपालमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टीको पे्रस विज्ञप्ति मञ्चका महासचिव खगेन्द्र माखिले पढेर सुनाएका थिए भने आफ्नो पार्टीको निर्णयप्रति प्रकाश पार्दै अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफसमेत दिएका थिए ।

मञ्चद्वारा उक्त पत्रकार सम्मेलनमा प्रेसित प्रेस विज्ञप्तिमा भनिएको छ-
”संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय कार्य समितिको बैठक मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’को अध्यक्षतामा यही वैशाख १४ र १५ गते मञ्चको कार्यालय अनामनगरमा बसी निम्न निर्णयहरु गरेको छ । Continue reading

Advertisements

पान्थरेहरु बीच नयाँ बर्ष २०६७

“हाम्रो एकता नै पान्थरको साझा प्रगती हो” भन्ने मुल नाराका साथ पान्थर मन्च हङकङको आयोजनामा आईतवारको दिन मङ्कीहिलमा पान्थरेहरु बीच नयाँ बर्षको सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

दिउसो ३ बजे तिर सन्चालन भएको कार्यक्रमको अध्यक्षता पान्थर मन्च हङकङका अध्यक्ष कृष्ण राज लावतीले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष हर्क राना मगरले गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्बु रहेका थिए भने बिशेष अतिथिमा जनजाती महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङ र अन्य अतिथीहरुमा धरान हङकङ मन्चका अध्यक्ष प्रदिप थापा मगर, तेह्रथुम मन्चका मदन कन्दङवा, किरात धर्म तथा साहित्य उथ्थान का मोहन मान नेम्वाङ, किरात याक्थुम चुम्लुङका हस्त लिवाङ, हेभेन्ली पाथको तर्फ बाट मोती चाम्लिङ र पान्थर मन्चका साल्लाहकार योगेन्द्र गुरुङ र ओमराज सम्बाहाम्फेलाई आसन ग्रहण गराइएको थियो। कार्यक्रमलाई सचिव प्रताप राईले सन्चालन गरेका थिए। Continue reading

विद्यार्थी-प्रहरी भिडन्त

नेपाल विद्यार्थी संघले गरेको आन्दोलनमा भएको ढुंगा हानाहानमा विद्यार्थी, प्रहरी र पत्रकारसमेत घाइते भएका छन्।
Continue reading

हङकङमा लिम्बुवानको सल्लाहकार समिति गठन

श्याम इङ्नाम, हङकङ १८ अप्रिल, २०१०/
संघीय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् प्रवास कार्य समिति हङकङले १८ अप्रिल २०१० आइतवारको दिन हङकङ वर्कस युनियनमा एक कार्यक्रम गरी सल्लाहकार समितिको चयन गरेको छ ।
सो कार्यक्रम नव प्रवेशी प्रदीप कन्दङ्वाको आतिथ्य, परिषदका हङकङ अध्यक्ष नबराज काम्बाङको अध्यक्षतामा र उपाध्यक्ष विष्णु इङ्नामद्वारा सञ्चालनमा भएको थियो । त्यसैदिन अन्य पार्टी छाडी मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नुहुने प्रदीप कन्दङ्वा, लालबहादुर लिम्बू, सुकबहादुर नाल्बो र भिम चेम्जोङलाई स्वागत गरी सदस्यता प्रदान गरिएको थियो । त्यस कार्यक्रमबाट परिषदको प्रवास कार्य समिति हङकङको सल्लाहकारहरुमा प्रदीप कन्दङ्वा, नवीन साँवा, हेमकुमार लावती, भूपू वृटिश गोर्खा मेजर शरणकुमार पालुङ्वा, गंगा बहादुर थक्लुङ र लगत साम्सोहाङलाई चयन गरिएको छ । Continue reading

मेरी प्यारी सृजना

श्रृजना
धन यक्सो
मेरो प्यारी सृजना
तिमी कहिले कविता
बनेर आउछौ
कहिले कहानी ,
अनि गीत बनेर
गुन्जन्छौ
मेरो भावनामा,
डुबुल्की मार्छौ
मेरो कल्पनाको
आकास चुम्छौ
अनि मेरो मनको
महासागरीय
गहिराइमा डुल्छौ Continue reading

कुमारित्व फर्काउने क्लिनिक

बीबीसी पेरिस,
अरबी युवतीहरू बजारको एउटा मेडिकल क्लिनिकमा शल्यक्रियाको पालो पर्खिरहेका छन्, जसले उनीहरूको जीवनमा परिवर्तन मात्र ल्याउँदैन, बचाउँछ पनि । हालसम्म यो शल्यक्रिया आवश्यकता नभई रोजाइका रूपमा मात्र रहेको छ । करिब दर्ुइ हजार युरो खर्च लाग्ने यो शल्यक्रियामा ज्यादै कम जोखिम छ ।
त्यो क्लिनिक दर्ुबई वा कायरोमा होइन, पेरिसमा छ । र, उनीहरूले प्रतीक्षा गरेको शल्यक्रिया आफ्नो कुमारित्व पुनःस्थापित गर्न हो ।
अरबमा होस् अथवा एसियामा, अज्ञात संख्याका महिलाले गहिरोसँग जरा गाडेको प्रतिबन्ध उल्लंघन गरे भने पीडादायी समस्याको सामना गर्नुपर्छ । उनीहरूले विवाहेतर सम्बन्ध राखेको थाहा भयो भने समुदायबाट बहिष्कृत हुने र कतैकतै त हत्यासम्म हुने गरेको पाइन्छ ।
तिनीहरूमध्ये बढीभन्दा बढी महिला आफ्नो च्यातिएको झिल्ली -योनिच्छेद) जोड्ने शल्यक्रिया गरेर विवाहपर्ूवका यौन क्रियाकलापको चिनो मेटाउँछन् । विवाहको रात तन्नामा रगतका टाटा देखियोस् भन्नका लागि यसो गरिएको हो ।
सामाजिक दबाब यतिसम्म चर्को हुन्छ कि कुमारित्व तोडिएकै निहुँमा केही महिलाले त आत्महत्यासम्म गर्छन् ।
प्रतिशोधपर्ूण्ा आक्रमण हुने डरमा सोनिया आफ्नो परिचय लुकाउन चाहन्छिन् । उनी पे™सिको एउटा क्याम्पसमा अध्ययनरत पातली र सुनौलो कपाल भएकी युवती हुन् । Continue reading

आज देखि सुरु हुदैछ इंडियन आईडल ५

टीवी रियालिटी शो इंडियन आइडल को पांचौ संस्करण २६ अप्रैल देखि स्रुरु हुदैछ। यस पटक कार्यक्रम् को प्रस्तोता हुने छन पहिलो इन्डियन आईडल विजेता अभिजित सावंत र उसलाई साथ दिदैछिन पहिलो इन्डियन आईडल कै प्रथम पांच पुग्न सफल प्राजक्ता शुक्रे

अनु मलिक यो शो भन्दा पहिलो सिजन देखिनै अनुबन्धित भएको हुनाले यस् पटक पनि जज रहनेछ मलिक बाहेक संगित निर्देशक सलिम मर्चेट र गायिका सुनिधि चौहान पनि जज मा देखिने छन। इन्डियन् आईडल मा प्रस्तोत्कर्ता बनेको अभिजीत सावंत भन्छ उसको लागी यो खुशी को कुरा हो की जुन कार्यक्रमले उनलाई संसार सामु प्रख्यात् बनायो आज त्यहि शो को सुत्रधार भनेको छ।

अनु मलिक त इंडियन आईडल को पर्याय बनि सकेको छ त्यसैले शो को प्रचार् को लागी प्रेस वार्तामा आफुभन्दा बाँकी दुई जज को टिप्पनि गरिरहेको देखियो। सलिम मर्चेट को बारेमा अनु मलिक् भन्छन सलिम एक्दम हाजिर जवाफ किसिम्को व्यक्ति हो त्यसैले म चाहन्छु कि कसैले उन्लाई एक्दमै कडा प्रश्न सोधिदिए हुन्थ्यो ताकि उ कुनै गहकिलो जवाफ दियोस। Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • April 2010
    S M T W T F S
    « Mar   May »
     123
    45678910
    11121314151617
    18192021222324
    252627282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।