साउथ ब्लकको रणनिति।

राष्ट्र संघको सदस्य भई सकेको नेपाल,दश बर्षे माओवादी द्धन्द्ध र राजा बीरेन्द्रको वंश नास गर्ने नारायणहिटी काण्डले विश्वमा नेपाललाई राम्ररी चिनाइ सकेको छ। देश विदेशमा देश भक्त जनताहरुको जमात पनि कम भई सकेका छैनान्। यो अवस्थामा साउथ ब्लकको कस्तो ग्राण्ड डिजाइनले नेपाललाई घुँडा टेकाउन लाग्दैछ भन्ने कुरा गम्भिररुपले सोंच्नु पर्ने बेला भएकोछ। नेपाल भूपरिवेष्टित राष्ट्र हो। बंङगलादेश फूलबारीको बाटो हुँदै समुन्द्र मार्गसंम्म पुग्ने परबहन संम्झौतालाई आलेटाले गरेर नेपाललाई चाहिने सुरुङ तथा पहाडी र हिमाली भेकमा राजमार्ग बनाउन गहुङगो औजार नुन,तेल साथै अति अवश्यक कच्चा पदार्थको अवश्यकता पूर्ति गर्ने माध्यम भारतसंग आत्म निर्भर हुनु पर्ने योजना र कार्य निति धेरै अघि देखि लागु हुँदै आएकोछ। पूर्व मेची देखि पश्चिम महाकाली संम्मका समथर मैदानमा बसोबास गरेका नेपाली जनताहरुलाई सांस्कृतिक र भाषामा एकात्मकता गर्न दिँदै खुला सीमानाको प्रयोग गर्ने शैली मित्रताको रुपमा हेरिए पनि साउथ ब्लक त्यो मित्रताको फाइदा लिन कम्मर कसेर लागेकोछ। नेपाल देशको नेपाली जनता भएर बाँच्नको लागि सुरक्षित वातावरणको ग्यारेन्टी हुन सक्दैन भन्ने पार्नको लागि अतिक्रमण Continue reading

“राष्ट्रिय फूल लालीगुराँसको संरक्षण र महोत्सव”

नेपालमा विभिन्न महोत्सवहरुको आयोजना भईरहेको बेला गएको सन २२ अप्रिल २००७ देखि सन २६ अप्रिल २००७ संम्म नेपालको राष्ट्रिय फूल लालीगुराँस महोत्सव भब्यता साथ सम्पन्न भएको थियो। वनस्पति विशेषज्ञहरुका अनुसार नेपालमा जम्मा ३२ प्रजातिका लालीगुराँसका फूलहरु फुल्ने गरेको छ। ति ३२ प्रजातिका लालीगुराँस फूलहरु मध्ये २८ प्रजातिका लालीगुराँसहरु फुल्ने पूर्वाञ्चलको कुहिरे बन तेह्थुम,ताप्लेजुङ र संखुवासभा जिल्लाको संगमस्थल तीनजुरे र मिल्केडाँडा उत्तर–दक्षिण लमतन्न परेको करिब २५ किलोमिटर लामो बशन्तपुर देखि मिल्के भञ्ज्याङ संम्मको पहाडी श्रृङखलालाई भविस्यमा राष्ट्रिय फूल लालीगुराँसको बन बगैंचा,पर्यटक स्थल र दृश्य अवलोकन गर्न सकिने स्थलको रुपमा विकास गरी उत्क लालीगुराँसका प्रजातिहरुलाइ लोप हुनबाट जोगाउन लालीगुराँस महोत्सवको आयोजना गरिएको कुरा महोत्सबको संयोजक एवं विधायक बिजय सुब्बा र आयोजक सदस्यसचिव लक्ष्मण तिवारीले बताउनु भएको थियो। लालीगुराँसको राजधनी मानिएको तीनजुरे र मिल्के भञ्ज्याङ् पुग्न धरान धनकुट्टाको मोटर बाटोबाट बशन्तपुर पुगे पछि उक्त्त रमाइलो पदयात्राको शुरुवात हुन्छ। बशन्तपुर बजारबाट तीन किलोमिटर उकालो हिडे पछि टुटे देउरालीबाट लालीगुराँसका बोटहरु देख्न थालिन्छ। Continue reading

चुम्लुङ, लिम्बुवान र आदिवासी आन्दोलनबारे छलफल

संघीय/पालाम खबर सेवा, अगष्ट ३१, २०१०/
चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ‘किरात याक्थुङ चुम्लुङ, लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलन’ विषयक एक दिवसीय छलफल कार्यक्रम अगष्ट ३१ -भाद्र १५) मा  चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो ।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लिम्बुवान र आदिवासी जनजातिको सवालमा आन्दोलनरत् विभिन्न राजनीतिक तथा सामाजिक संघ-संगठन र स्वतन्त्र बुछिजीवीहरूको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा विचार राख्ने धेरै वक्ताहरूले संविधान लेखन, संघीयता, जातीय स्वायत्ता र धर्मनिरपेक्षताका लागि लिम्बुवान र आदिवासी जनजाति आन्दोलन अझ एकतृत भई थप सशक्तताका साथ उठ्नु र उठाउनु पर्ने कुरामा जोड दिए । Continue reading

“इतिहासले बिर्सेको शहीद बाजहाङ् आङबुहाङ लिम्बू ”

Tanka Wanem

तत्कालीन याङ्वारक हस्तपूरगढ(वर्तमान पूर्व नेपाल–याङ्रुरुप) र पछि थेच्चम्बोका राजा मुहाङ्केपका लाहाङ्,(हाङ्साम) र नामहाङ् नाम गरेका छोराहरु थिए। बिजयपुरका राजा कामदत्त सेनको राज्यकाल बि.स १८१८ सालदेखि बि.स.१८२६ सालसंम्म रहेको बेला नामहाङ्लाई वर्तमान जिल्ला ताप्लेजुङ्को हाङ्पाङ् गाउँमा स्वयम् कामदत्तसेनले स्थानीय चाँगे हाङपाङ गाउँवासिहरुसंग सल्लाह मिलाई उनीहरुको राजा बनाई राखेका थिए। बि.स १८२६ सालमा कामदत्तसेनको हत्या भए पछि सेनबंशी राजाहरुले बक्सेको लिम्बूवानका आपुङ्गी राज्यहरुमा स्वशासित राज्य संञ्चालनको होडबाजी चलेको हुँदा गोरर्खाली राजा पृथ्वीनारायण शाहको अधिपत्य कायम हुन थाल्यो। बि.स.१८३० सालमा लिम्बूवान माथि हमला हुँदा प्रतिरोधि मेवा र मैवाखोला थुमका साहसी बीर योद्धा शिया,आक्पा र मुकुम्बाहरुलाइ निर्मता पूर्वक मारिएको थियो। बिजयपुरे बुद्धिकर्ण राय खेवा (खेबाङ?) (बि.स.१८३४) लाई अत्यन्त कठोर र पाशविक ढंङ्गले मारिएको थियो। Continue reading

भतावुङगे राजाको लथालिङगे दरवार (विजयपुर दरवार)

यो शिर्षक गैह्र लिम्वु इतिहासकारहरुले राखेका हुन् । विजयपुर दरवार लिम्वुराजाको दरवार भनेर लेख्न सकेका छैनन् । यसलाई अति पूर्वाग्रहपूर्व कार्य मान्न सकिन्छ । यो दरवारको वारेमा नेपालका कमैलाई मात्र थाहा होला अधिकांश यसको वारेमा अनविज्ञ छन् । तसर्थ यसवारे केही चर्चा गर्न आवश्यक ठानी यो लेख तयार पारिएको हो ।
शिर्षकले पनि केही अर्थ्याउछ कि राजा पनि भतावुङगे दरवार पनि लथालिङगे भनेर । यो स्थिती ल्याईपुर्याउने नेपाल सरकारनै हो । केन्द्रीकृत सरकारनै हो । किनकी यो दरवारको संरक्षणमा सरकारको ध्यान नगएकै हो । कारण राजा लिम्वु भएकोले हो । राजा भन्नाले शाहा मात्र हुन् र अरु राजाको जानकारी गराउनु हुदैन लिम्वुहरुलाई पनि राजा थिए भन्दा उनीहरु पनि राजा हुने हैसियत राख्दछन् ,लिम्वुवानको माग गर्छन भनेर केन्द्रीयवादी शासकहरुले यसलाई सांगुरो दायराभित्र राखे । Continue reading

बेवास्ताले बूढासुब्बा ओझेलमा

पर्ूवको सुन्दर, रमणीय, पर्यटकीय र आधुनिक सहरको रुपमा धरानलाई चिनिन्छ । साथै, विकासको हिसाबले नेपालका विभिन्न सहरको तुलनामा धरान तीव्ररुपमा अगाडि बढिरहेको छ । वास्तवमा धरान सहरको ऐतिहासिक ठाउँ भनेको विजयपुर हो । विजयपुरबाट नै आजको धरान स्थापना हुन पुगेको हो । जतिबेला नेपालको पश्चिममा बाईसे-चौबीसे राज्य थियो, त्यतिबेला पर्ूवमा वल्लो किरात, माझ किरात र पल्लो किरातसँगै विजयपुर राज्य पनि थियो । यसको प्रमाणस्वरुप अझै पनि धरान नगरपालिका वडा नं. १४ स्थित विजयपुरको पञ्चकन्या जङ्गलको शिरानमा विजयपुर गढीका इँटाका अवशेषहरु पाउन सकिन्छ । गढीमा विजयपुर राज्यका शासकहरु बस्थे भने सो राज्यका गोलाबारुद, खरखजना र सेनाहरु चाहिँ गढीडाँडा भन्ने ठाउँमा हुन्थे । त्यस ठाउँमा अहिले सुकुम्बासीहरुको बसोबास छ । साथै, विजयपुरमा विभिन्न देवीदेवताका मन्दिर छन्, जसको वर्ण्र्ााविभिन्न धार्मिक ग्रन्थ र किंवदन्तीहरुमा पनि पाइन्छ । यस ठाउँका प्रसिद्ध मन्दिरहरुमा पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या आदि छन् । Continue reading

कपिलवस्तु दिवस विश्व अभियान समितिका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र

कपिलबस्तु दिवस अभियान शुरु गरेपस्चात गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने
हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनाबस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विस्वको जनता बीच छैन भन्ने स्पस्ट भैसकेको देखिन्छ अधिकांश देशका पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएको, बुद्धको जन्म स्थान जाने भनेर बर्षेनी हजारौं पर्यटक भारतद्धारा निर्मित नक्कली लुम्बिनीमा पुर्याइएको, बिस्वका प्रतिष्ठित अन्तरराष्ट्रिय ब्लगहरुमा रिङपोछे तथा बुद्धका बिषयमा लेख्ने लेखहरुद्धारा नै पनि बुद्धलाई भारती रुपमा परिचय दिएका अनगिन्ति उदाहरणले गर्दा । कपिलबस्तु दिवस अभियान शुरु गरेपस्चात गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने, जन चेतना जगाउने, गुगलमा बुद्ध तथा लुम्बिनीको बिषयमा खोज्दा प्रायश: भारती सामग्री मात्र पाइनेमा हाल नेपाली सामग्रीहरु पनि प्रसस्त पाइने जस्ता बातावरण सिर्जना भए तापनि नक्कली लुम्बिनी र अधिकांश देशका पाठ्य पुस्तकमा बुद्धलाई Continue reading

सेना भर्नाका लागि दरखास्त आव्हान – प्रेस-विज्ञप्ति

प्रेस-विज्ञप्ति
सेना भर्नाका लागि दरखास्त आव्हान

राष्ट्रियता समवाद र लोकतान्त्रिक पद्धतिलाई अंगिकार गर्दै समु वर्गका आम जनताको मुक्ति र अधिकार प्राप्तिका लागि स्थापित र संघर्षरत ुराष्ट्रिय सममुक्ति पार्टीुको सैन्य दस्ता सममुक्ति सेना नेपाल ले थप सेना भर्तिका लागि दरखास्त आव्हान गर्दछ ।

पार्टीको संगठन विस्तारका साथै शक्ति संचयको उद्देश्यअनुरुप खुल्ला प्रतिष्पर्धात्मक प्रणालीद्वारा भर्ती हुन इच्छुक उम्मेदवारको बान्छनीय योग्यता निम्नबमोजिम हुनुपर्नेछ:

(१) उमेर: १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका स्वतन्त्र युवा युवती हुनुपर्नेछ ।
(२) योग्यता: न्यूनतम ८ कक्षा पास गरेको र न्यूनतम उचाई ५ फिट हुनुपर्नेछ ।
(३) अन्य: मगज नबिग्रेको निरोगी र शारीरिक सुगठन तन्दुरुस्त भएको हुनुपर्नेछ ।

ग्राहयता: कुनै पनि सैन्य दस्ताबाट विद्रोह गरी आउने द्वन्दपीडित सेना प्रहरी अवकाश प्राप्त नेपाली भारतीय र बेलायती सुरक्षा फौजमा अनुभव भएकालाई ग्रह्यता दिइने छ ।
तलब स्केल: सममुक्ति सेना नेपालको नियमअनुसार हुनेछ । Continue reading

यूवती जिस्काउने होसियार।

सार्वजनिक यातायातमा यात्रा गर्दै हुनुहुन्छ? यदि त्यसो हो एकपटक बिचार गर्नेास , तपाई युवा हो र युवती जिस्काउने मूडमा हुनुहुन्छ भने होस गर्नोस फेरी युवतीलाई जिस्क्याउँदा चप्पल खानुपर्ला नी। आइतबार कोटेश्वरबाट कालीमाटी आउँदै गरेकेा नेपाल यातायातमा यस्तै दृष्य देखियो। कारण एउटै थियो अटनखटन गरी खाँदिएका यात्रु, त्यसमाथि युवतीलाई जिस्काएपछि त आगोमा घ्यू थपिएजस्तै भयो। यात्रुहरु राम्ररी खुट्टा टेक्न सक्ने अवस्थामा पनि थिएनन , एकमाथि अर्को लिसो टाँसिए जसरी च्याँपिएका थिए। बबरमहल आइपुग्दा एकाएक हल्लीखल्ली भयो बसमा। सबै जना मुखामुख गर्दै बसको पछिल्तिर आखाँ डुलाउँदै थिए। Continue reading

नन्दाको जीवनकथा

नन्दा लिम्बु

धरान । आजभन्दा सात वर्ष अगाडिसम्म नन्दा लिम्बू नाम बदनाम थियो । नन्दा लिम्बूको नाम लिनेहरु कि त लागू औषध प्रयोगकर्ता हुन्थे कि त कसैले घृणा व्यत्त गर्न लिन्थे । तर, अहिले यो नाम सबैको पि्य बनेको छ । नन्दा लिम्बू पहिलेजस्तो लागू औषध प्रयोग गर्दैनन्, लागू औषध प्रयोग गर्नेलाइ जीवनको अर्थ  बुझाउछन । लागू पदार्थ प्रयोग गर्ने नन्दा लिम्बूबाट लागू पदार्थ त्याग्नु पर्छ भनेर अभियान चलाउने नन्दा लिम्बूसम्म आर्इपुग्न धेरै कुइंनेटोहरुमा सम्भmना छोडिएको छ । त्यहि छोडिएको सम्झना सम्झदै नन्दा लिम्बू ( “म 13/14 वर्षको हुदा मेरा टोल छिमेकका दाइहरु ड्रग्समा यति सारो भिजेका थिए कि म उहाहरुलाइ नै हेरेर यो क्षत्रमा लागें ।”
Continue reading

मुन्धुम् र भौतिकवादी दृष्टिकोण।

टंक वनेम
मुन्धुम् संसारको सृष्टि,मानव जगतको भलो र प्रगति गर्ने विषय वा सार संक्षेप नैं वास्तविक मुन्धुमको सारतत्व हो। मुन्धुम् शब्दको उत्पति मुन–हल्लीनु थुम+दुम–जोदिनु मुन्दुम–मुन्धुम् हुन्छ। अथवा हल्लीरहने शति्कशाली तत्व जोडिएर कुनै अर्थ लाग्ने वस्तु वा सिर्जना हुने शब्दको नाम नै मुन्धुम् हो। मुन्धुमको अर्थ खाम्बोङबा लुङबोङबा अथवा सावा येत्हाङहरुको प्राचीन भाषा,माङ्वाणी (माङ इङघङ) देव भाषा जो मुहिगुम् अङसी,देवअङसीहरुको वाणी वा मौखिक शास्त्रादीहरुलाइ मुन्धुम् मानिएको छ। मुन्धुमभित्र थकसाप मुन्धुम्(लिखित शास्त्र) पेसाप मुन्धुम्(टिप्पणी शास्त्र) थुङसाप मुन्धुम् (मौखिक शास्त्र―श्रुति परम्परा) सक्सक् मुन्धुम् (कागज शास्त्र) र साम्यो मुन्धुम् (धर्म शास्त्र) यी शास्त्रहरुलाई समग्रमा साम्जिक वा चाम्जिक मुन्धुम् मानिएको छ। Continue reading

नेपाली आदिवासी जनजाती महासंघ हङकङ-प्रेस बिज्ञप्ति

नेपाली आदिवासी जनजाती महँसंघ हङकङ
प्रेस बिज्ञप्ति
संविधानसभामा आदिवासी जनजातिको हकहित र अधिकारको सुनिश्चित्ताको माग गर्दै यहि १ श्रावन देखि शुरु गरिएको एक महिने आन्दोलनको प्रचार प्रसार गरिरहेका आदिवासी जनजाति महासंघ नेपालका नेतृत्वमाथि भएको प्रहरी हस्तक्षपको आदिवासी जनजाति महासंघ हङकङ घोर निन्दा गर्दछ । आन्दोलनबारे जानकारी दिने अभियँनमा हिंडिरहेका महासंघका उपाध्यक्ष इन्दिरा जिमी, महासचिव आड.काजी शेर्पा, सचिव यशोकान्ती भट्टचन लगायतका नेतृत्वलाई २६ जुलाईमा प्रहरीद्धारा दुर्ब्यवहार गरिएकोमा भर्त्सना गर्दछ । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • May 2024
    S M T W T F S
     1234
    567891011
    12131415161718
    19202122232425
    262728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।