संघीयता र लिम्बुवानका लागि संघीय लिम्बुवान महिला परिषद प्रशिक्षित

दमक, झापा, लिम्बुवान २७ फागुन २०६७,
संघीयता गणतन्त्र धर्मनिरपेक्षता र लिम्बुवान स्वायत्त राज्य स्थापनाको आन्दोलनमा लिम्बुवानी महिलाहरुको भूमिका विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम २०६७ फागुन २७ गते लिम्बुवानको केन्द्रीय सम्पर्क कार्यालय दमक, झापामा सम्पन्न भयो ।
लिम्बुवानका सबै भातृसङ्गठहरुलाई प्रशिक्षित गराई सशक्त बनाउने अभियानअन्तर्गत मञ्च सम्बद्ध संघीय लिम्बवान राज्य परिषदअन्तर्गत संघीय लिम्बुवान महिला परिषदको आयोजनमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र महिला परिषदका महासचिव अमृत थेबेको प्रशिक्षकत्व र महिला परिषदका केन्द्रीय सदस्य सावित्रा लिम्बूको अध्यक्षतमा सम्पन्न भएको हो । Continue reading

हङकङमा लिम्बुवान महिला परिषद गठन : परिषदमा अन्य सदस्य पनि प्रवेश

काउलून, हङकङ १३ मार्च २०११,
नेपालको नयाँ संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वको नौं जिल्लाहरु ऐतिहासिक भूगोलभएको आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ भन्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको भातृसङ्गठन संघीय लिम्बुवान महिला परिषद प्रवास कार्य समिति हङकङको याउ मा तेइ काउलून हिन्सको सभाहलमा गठन भएको छ ।
यही १३ मार्च २०११ आइतबारमा सम्पन्न भएको उक्त सभाले श्रीमती उर्मिला बेघाको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति गठन गरेको छ । Continue reading

लिम्बुवान मोरङको गाउँगाउँमा लिम्बुवान एलभीहरू सङ्गठित हुँदै

टाँढी, मोरङ, लिम्बुवान १२ चैत्र २०६७,

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उप-कमान्डर प्रेम तुम्बापोको प्रमुख आतिथ्यमा मोरङ जिल्लाको टाँढी गाविस वार्ड नं. ४ ढाँडे गाउँमा प्राइमरी कमाण्ड इञ्चार्ज, प्राइमरी कमान्डर, प्राइमरी सहायक कमान्डरलगायत २१ सदस्यीय एल. भी. प्राइमरी कमाण्ड गठन भएको छ । उक्त कमाण्ड गठन कार्यक्रमका अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य अशोक चेम्जोङले संघीयता र भावी लिम्बुवानका साथै संविधानमा लिम्बुवान राज्य सुनिश्चित गर्नको निमित्त गरिँदै आएको चरणवद्ध शान्तिपपूर्ण आन्दोलनको विषयमा प्रकाश पार्नुभएको थियो । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2011
    S M T W T F S
    « Feb   Aug »
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।