प्रथम हङकङ नेपाली साहित्य संगोष्ठी सम्पन्न ।

३० मे- बरिष्ठ कवि तथा साहित्यकार नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ को प्रमुख आतिथ्य तथा नेपालबाटै आएका अर्का साहित्यकार तथा पत्रकार नेपाल पत्रकार महासंघका सदस्य राजकुमार दिक्पालको विशेष आतिथ्यमा आज “प्रथम हङकङ नेपाली साहित्य संगोष्ठी” सम्पन्न सम्पन्न भएको छ ।

प्रमुख अतिथि कूलपति बौरागी काइँलाद्वारा एभरेष्ट साप्ताहिकको सहप्रकाशन साहित्यिक त्रैमासिक “पाहुर” को दोश्रो अंकको लोकार्पण गरिएको यस कार्यक्रममा सृजनशील साहित्य समाज हङकङका अध्यक्ष कवि तथा साहित्यकार हाङयुग अज्ञातद्वारा “नेपाली साहित्यमा डायोस्पोरा” शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त कार्यपत्रमाथि साहित्यकार द्वय किराँती भोगेन एक्ले तथा प्रदीप कन्दङ्वाले लिखित टिप्पणी प्रस्तुत गरेका थिए भने साहित्यकार सरन सुब्बालगायते कार्यपत्र र टिप्पणीमाथि पनि मौखिक टिप्पणी गरेका थिए । Continue reading

हाम्रो देश नेपाल, घर लिम्बुवान

नेपाल हाम्रो साझा देश
घर लिम्बुवान हो,
अनेकतामा एकता नै
हाम्रो पहिचान हो,

तराईलाइ चोट लाग्दा
पहाडलाई दुख्नु पर्छ,
दू:ख पर्दा लिम्बुवानमा
एक भई जुट्नु पर्छ ,

तराई, पहाड अनि हिमाल
सधै एक हुनु पर्छ ,
वैरी आए हाम्रो विचमा
शक्ति देखाई दिनु पर्छ ,
Continue reading

चट्याङको प्रकोप र सावधानी

सरकारी तथ्यांकअनुसार नेपालमा चट्याङबाट बर्सेनि सालाखाला ३० जनाको ज्यान जान्छ । आकस्मिक र भयंकर प्राकृतिक प्रकोपका रूपमा लिइने चट्याङबाट विश्वमा प्रतिवर्ष १ हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्यांकले पनि यसको भयावहता पुष्टि गर्छ । तथ्यांकअनुसार विश्वमा प्रत्येक दिन ४५ हजार पटक साना-ठूला चट्याङ पर्ने गरेको छ ।

चट्याङ के हो ?

चट्याङ भनेको एक प्रकारको विद्युतीय चार्ज हो । वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरूबीचको घर्षण तथा तिनीहरूबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पन्न हुन्छ । जसबाट ताप, प्रकाश र ध्वनि वा गर्जन एकैसाथ निस्कन्छ । त्यसलाई हामी बिजुली चम्किएको, गर्जिएको वा चट्याङ परेको भनेर बुझ्छौँ । यसरी विपरीत चार्जभएका बादलहरूबीचको प्रतिक्रिया वा घर्षणबाट हजारौँ डिग्री सेल्सियससम्म ताप उत्पन्न हुन्छ । Continue reading

बूढी बज्यैको बुद्धि ढुङ्गो।

निन्याउँरो अनुहार लाएर बसेका तान्त्रिक विजुवालाई गाउँका गन्यमान्य भद्र भलाद्मीहरुले घेरेर राखेका थिए। त्यो सामान्य छलफलको विषय थिएन। तान्त्रिक विजुवाले सेतुबाजेको ज्यान लिएको आरोपवारे न्याय निसाफ गर्न गाउँलेहरु भेला भएका थिए। सेतु बाजे मरे पछि तान्त्रिक विजुवालाई कठालो समातेर ल्याइएको थियो। तर सेतु बाजेलाई मार्न तान्त्रिक विजुवाले कुनै धारिलो हतियार प्रयोग गरेका थिएनन्। त्यस्तो भौतिक आक्रमण नैं नगरी तान्त्रिक भनिने विजुवा माथि हत्याको फरेप लागेको थियो। एक जना गाउँले भन्दै थिए। सेतु बाजे हिँडेको माटोको धुलो टिपेर मुठीमा लिएको मेरै आँखाले देखेको हुँ। सेतु बाजेको एक जना आफन्त भन्दै थिए। यो विजुवासंग “मारक मन्त्र” छ।
यो मारक मन्त्र कस्तो मन्त्र हो सबैले बुझेका थिएनन्। एक जना तुतु तुम्याङले (बूढो भलाद्मी) मारक मन्त्रको भेद खोल्दै भन्दै थिए। यो विजुवाको कोठेबारीमा गएर हेर्नु पर्छ। एक जना लाठेले तान्त्रिक विजुवाको कठालोमा समातेर उठायो। भेला भएका मध्ये एक जना गन्य मान्य बृद्धले भन्यो लौ हिँड! यो पापी विजुवाको कोठेबारी हेर्न जाउँ। तान्त्रिक विजुवाको कठालो समाउँने लाठेले उत्तै हिड्ने सङकेत गर्‍यो। सबैले उनीहरुलाई पत्छयौन थाले। उनी अलि अभेग माने डाँडाको फेदमा बसेका थिए। उनको घर माथि माने डाँडामा विशाल मसानघाट थियो। उनको हुर्केका दुई छोरी र श्रीमति थिए तर छोरीहरुको विवाह भई सकेको हुनाले घरमा विजुवाका श्रीमति मात्र घरमा बस्थिन। यो अपराध लाग्नु अघि नैं उनी माथि थुप्रै अभियोग लागेको थियो। विजुवाले यस्तो मारक मन्त्र र मोहनी विद्या सिके पछि उनकै गुरुबाको श्रीमतिलाई मोहनी लगाएर आफ्नो श्रीमति बनाएर ल्याएका हुन रे! मसानघाटमा जागै बसेर मृत मान्छेहरुको हड्डी फुक्छन् आदी। माने डाँडा मुन्तिर बस्न आएका विजुवा वास्तवमा अन्त कतैबाट त्यहाँ आएका थिए। Continue reading

लिम्बूवानले सरकार र ठूला दलविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने

खगेन्द्र अधिकारी, ताप्लेजुङ, जेठ १५- सङ्घीय लिम्बूवान राज्य परिषदले सरकार र नेपालका ठूला दलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ। लिम्बूवान राज्य परिषदसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै परिषदले सर्वोच्चमा मुद्दा दर्ता गर्न लागेको केन्द्रीय सदस्य प्रवीण पालुङ्वाले बताए।

सरकारले २०६७ जेठ १४ गते भित्रमा संविधान जारी गर्ने र संविधानमा लिम्बूवान राजयको सुनिश्चितता गर्ने भनी गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै परिषदले मुद्दा दर्ता गर्न लागेको पालुङ्वाले बताएका हुन।
Continue reading

मान्छेको महिमा

अर्कालाई मारेर
आफु बाच्छ मान्छे ,
अरुलाई रुवाएर
आफु हास्छ मान्छे,
अर्काको खुनमा
पौडी खेल्छ मान्छे,
आफु बाहेक अरुलाई
तुच्छ ठान्छ मान्छे ,
प्राणीमा सर्बश्रेष्ठ
आफु ठान्छ मान्छे,
आकास चुम्ने हुदा
धुलो चुम्छ मान्छे Continue reading

गज़ल-“पैलो भेट्मै तिम्रो नजर आँखै भरी टांगी रह्यो”

पैलो भेट्मै तिम्रो नजर आँखै भरी टाँगी रह्यो |
पहिलेकै चिना जानी, होकी जस्तो लागी रह्यो |

तड्पिएर मुटु पोली भित्र भित्रै दुख्न थाल्यो
रातै भरी आँखाहरु, त्यसै त्यसै जागी रह्यो ||

थाहा छैन किन कुन्नि यस्तो भयो अन्जानमै
लर्बराइ खुट्टाहरु जता ततै भागी रह्यो ||

जिन्दगीमा साथ दिन्छु भन्ने धेरै धेरै थिए
तर किन हृदयले तिमी मात्रै माँगी रह्यो ||
Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • May 2010
    S M T W T F S
    « Apr   Jun »
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।