पान्थर मञ्चको दोस्रो वाषिर्क भेला

हङकङ,  अगष्ट २९ तारिक २०१० का दिन पान्थर मञ्च हङकङले दोस्रो वाषिर्क भेला याउ मा तेइ स्थित कम्युनिटी हलमा विभिन्न मनोरञ्जानात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ । प्रमुख अतिथीमा वयोबृद्ध तारा वीर गुरुङ र विषेश अतिथीमा वयोबृद्ध मन प्रशाद लिम्बु रहेको थियो ।सोही समय बिशेष  अतिथी मनपर्साद आङ्देम्बे ज्यु ले  सस्थालाई १०१० हङ्कङ डलर सहयोग कोरुपमा प्रदान गरे।
 सो औपचारीक कार्यक्रमको सञ्चलन संस्थाको सचिव प्रताप कोयु राईले गरेको थियो भने स्वागत भाषण उपाध्यक्ष हर्क रानाले गर्नु भएको थियो र सांस्कृतिक कार्यक्रमको सञ्चालन टिका माखीमले गर्नु भएको थियो । Continue reading

Advertisements

संघीय मञ्चका अध्यक्ष र सभासदसँग राष्ट्रपतिको भेट : समसामयिक सवालमा छलफल

नेवाः काठमाडौं, भाद्र १४, २०६७/
सम्मानीय राष्ट्रपति रामवरण यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ सभासद माननीय रुकमिणी चौधरी थारु र थरहट स्वायत्त राज्य परिषदका अध्यक्ष योगेन्द्र थारुबीच राष्ट्रपति भवनमा मिति २०६७ भाद्र १४ गते दिनको ३ बजे भेटघाट सम्पन्न भयो ।
सो भेटमा प्रधानमन्त्रीको निर्वाचन, शान्ति र संविधान बारे कुराकानी भयो । वर्तमान परिवर्तनलाई यसबाट हासिल भएको उपलब्धिलाई संस्थागत गर्न सहयोग पुर्याउनको लागि संघीय माच र यससम्बद्ध थरुहट स्वायत्त राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र संघीय लिम्बुवान राज्य परिषदले शान्तिपूर्ण र सशक्त आन्दोलन बढाइरहेको जानकारी गराइएको कुरा मञ्चका अध्यक्ष लिङ्देनद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । Continue reading

संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषद धनकुटा क्याम्पस र जिल्लामा विस्तार

कर्मा कार्की, धनकुटा/

 एकात्मक शासनव्यवस्थाको अन्त्य, संघीय शासन व्यवस्थाको शुरुवात गर्न र शिक्षा नीतिमा आमूल परिवर्तन गर्न संघीय विद्यार्थी युनियनको चाहना भएको भन्दै “संघीय विद्यार्थी युनियनको चाहना, संघीय शिक्षा प्रणालीको स्थापना” भन्ने मुल नाराका साथ यही २०६७ भदौ १२ गते संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद धनकुटा बहुमुखी क्याम्पस इकाई कार्य समिति र संघीय विद्याथी युनियन जिल्ला कार्य समितिको संयुक्त आयोजनामा यही धनकुटा बहुमुखी क्याम्पस धनकुटामा १९ जनाको एकाई कार्य समिति चयन गरिएको छ । Continue reading

“इतिहासले बिर्सेको शहीद बाजहाङ् आङबुहाङ लिम्बू ”

Tanka Wanem

तत्कालीन याङ्वारक हस्तपूरगढ(वर्तमान पूर्व नेपाल–याङ्रुरुप) र पछि थेच्चम्बोका राजा मुहाङ्केपका लाहाङ्,(हाङ्साम) र नामहाङ् नाम गरेका छोराहरु थिए। बिजयपुरका राजा कामदत्त सेनको राज्यकाल बि.स १८१८ सालदेखि बि.स.१८२६ सालसंम्म रहेको बेला नामहाङ्लाई वर्तमान जिल्ला ताप्लेजुङ्को हाङ्पाङ् गाउँमा स्वयम् कामदत्तसेनले स्थानीय चाँगे हाङपाङ गाउँवासिहरुसंग सल्लाह मिलाई उनीहरुको राजा बनाई राखेका थिए। बि.स १८२६ सालमा कामदत्तसेनको हत्या भए पछि सेनबंशी राजाहरुले बक्सेको लिम्बूवानका आपुङ्गी राज्यहरुमा स्वशासित राज्य संञ्चालनको होडबाजी चलेको हुँदा गोरर्खाली राजा पृथ्वीनारायण शाहको अधिपत्य कायम हुन थाल्यो। बि.स.१८३० सालमा लिम्बूवान माथि हमला हुँदा प्रतिरोधि मेवा र मैवाखोला थुमका साहसी बीर योद्धा शिया,आक्पा र मुकुम्बाहरुलाइ निर्मता पूर्वक मारिएको थियो। बिजयपुरे बुद्धिकर्ण राय खेवा (खेबाङ?) (बि.स.१८३४) लाई अत्यन्त कठोर र पाशविक ढंङ्गले मारिएको थियो। Continue reading

अरुणपूर्व लिम्बुवानका लागि हङकङमा गोलमेच सम्मेलन सम्पन्न

”संघीयता स्वायत्तता समावेशी अभियान; दिगो शान्ति समृद्धि अरुण-सप्तकोशीपूर्व लिम्बुवान” भन्ने मुल नाराका साथ मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्लासहितको स्वायत्त लिम्बुवान; ऐक्यवद्धताको आह्वान” शीर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ ।
अगष्त २२ आइतवारको दिन याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष श्री नबराज काम्बाङको सभापतित्वमा भएको थियो भने परिषदका उपाध्यक्ष विष्णु इङ्नामले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन परिषद हङकङका सचिव श्याम इङ्नामले गर्नुभएको थियो । Continue reading

स्व. माया लामाको निम्ती संकलन गरेको रकम नेपाल् पुग्यो।

“जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो” पक्कै पनि गीतकारले यो गीत् त्यतिकै रचेको होइन, यस भित्र नेपाली पन र नेपालीत्व को धेरै गहिरो भवाना,एक अर्कामा आदारपुर्वक् गर्ने सदभाव र आपतविपत पर्दा एक अर्काले गर्ने सहयोग भएकै कारणले गीत् रचेको हुनुपर्छ। अनि यसकुराको पुष्टी पनि गरेका छन् विदेशमा बस्ने नेपाली हरुले। विदेशको बसाई सबैलाई थाहानै छ त्यति सजिलो हुदैन भनेर। आफ्नो दैनिक काम गरेर आएपछि सबैलाई आराम गर्नु मन लाग्नु स्वभाविकनै हो। Continue reading

भतावुङगे राजाको लथालिङगे दरवार (विजयपुर दरवार)

यो शिर्षक गैह्र लिम्वु इतिहासकारहरुले राखेका हुन् । विजयपुर दरवार लिम्वुराजाको दरवार भनेर लेख्न सकेका छैनन् । यसलाई अति पूर्वाग्रहपूर्व कार्य मान्न सकिन्छ । यो दरवारको वारेमा नेपालका कमैलाई मात्र थाहा होला अधिकांश यसको वारेमा अनविज्ञ छन् । तसर्थ यसवारे केही चर्चा गर्न आवश्यक ठानी यो लेख तयार पारिएको हो ।
शिर्षकले पनि केही अर्थ्याउछ कि राजा पनि भतावुङगे दरवार पनि लथालिङगे भनेर । यो स्थिती ल्याईपुर्याउने नेपाल सरकारनै हो । केन्द्रीकृत सरकारनै हो । किनकी यो दरवारको संरक्षणमा सरकारको ध्यान नगएकै हो । कारण राजा लिम्वु भएकोले हो । राजा भन्नाले शाहा मात्र हुन् र अरु राजाको जानकारी गराउनु हुदैन लिम्वुहरुलाई पनि राजा थिए भन्दा उनीहरु पनि राजा हुने हैसियत राख्दछन् ,लिम्वुवानको माग गर्छन भनेर केन्द्रीयवादी शासकहरुले यसलाई सांगुरो दायराभित्र राखे । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • August 2010
    S M T W T F S
    « Jul   Sep »
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।