प्रधान मन्त्रीद्वारा राजिनामा घोषणा

प्रधान मन्त्री माधवकुमार नेपालले राजिनामा दिएको घोषणा गरेका छन्। राजिनामा दिए पनि शान्ति प्रक्रियामा आफ्नो योगदान कायमै रहने पनि उनले बताएपटकपटक सहमतिका लागि प्रयास गरे पनि सहमति हुन नसक्दा राजिनामा दिएको उनले बताए।  

्रधान मन्त्री माधवकुमार नेपालले देशवासीका नाममा गरेका सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु!
तेह्र महिनाअघि मैले प्रधान मन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन्। तत्कालीन प्रधान मन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका–संसदबाट म विधिवत् प्रधान मन्त्रीमा निर्वाचित भएको थिएँ। ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश, जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु। राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात–अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु।

Continue reading

Advertisements

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिकता लिङ्देन पक्षलाईः थारुको कथित महाधिवेशन खारेज

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिकता लिङ्देन पक्षलाईः थारुको कथित महाधिवेशन खारेज

मितिः २०६७।०३।१६
प्रेस विज्ञप्ती
 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ नेतृत्व रहेको दललाई निर्वाचन आयोगलको मिति २०६७ असार १६ गतेको फैसलाले सत्य-तथ्य र निष्पक्ष रुपमा आधिकारिकता दिएको छ । यो फैसलाको लागि निर्वाचन आयोगप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हार्दिक धन्यवाद व्यक्त गर्दछ । 
 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नाम लिएर लक्ष्मण चौधरी थारुलगायतका केही समूहले २०६६ फागुन ७ र ८ गते कथित् विशेष एकता महाधिवेशन गरेको हल्ला गरी लक्ष्मण चौधरी थारु अध्यक्ष रहेको छुट्टै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठन भरेको भ्रम छरिरहेका थिए । उक्त समूहको भ्रमले निर्णायक रुपमा अघि बढिरहेको संघीय गणतान्त्रिक र जातीय मुक्ति आन्दोलनमा ठूलो भ्रम फैलाएकोले संस्थापन पक्ष अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को नेतृत्वमा निर्वाचन आयोगमा पार्टी आधिकारिकताको निवेदन दिइएको थियो । Continue reading

राई र रायको अर्थ

अकलबहादुर मेन्याङ्बो
विषय प्रवेशः
२०४५ सालसम्म त नेपालमा कसैलाई पनि आफ्नो जातभात खोज्ने अधिकार थिएन बन्देज नै लगाइएको थियो । भन्नै पर्दा खम्बुवानको खम्बू समुदायको यथार्थ अझै पनि खोजको विषय छ भने अरुणपूर्वको किरात यकथुम्बाहरु लिम्बू को दुर्दशा पनि राजा पृथ्वीनारायण शाहको निधनपछि उनका नाति रणबहादुर शाह राजगद्दीमा चढेपछि सुरु भएको मानिन्छ । राजा पृथ्वीनारायण शाहको दरबारमा बाहुनहरुलाई प्रवेश नदिनू भन्ने उपदेश षड्यन्त्रकारी दरबारिया र तरुनी रानीहरुको पहलमा दरबारियाका रुपमा बलियो उपस्थिति जनाउन सफल भए । उनीहरुका कारण राजवंश र राणाहरु तानाशाह बन्न पुगे । फलतः राजा पृथ्वीनारायण शाहले १८३१÷४÷२२ को सन्धिअन्तर्गत कुल भाई मुकरार गरी ताम्रपत्र लालमोहर पाउने यकथुम्बाहरुको पूर्ण स्वायत्ततामाथि आक्रमण हुन थाल्यो । Continue reading

कांग्रेस कार्यकर्तामाथि गोली प्रहार

बर्दीया/जिल्ला सदरमुकाम गुलरिया-९ मा मंगलबार साँझ अज्ञात समूहले कांग्रेसका क्रियाशील सदस्य किट्टु यादवको हत्या प्रयास गरेको छ । दर्ुइ गोली प्रहार गरिएपछि गम्भीर बनेका किट्टुलाई साँझै उपचार्रार्थ नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । उनको प्राथमिक उपचार गुलरियास्थित जिल्ला अस्पतालमा गरिएको थियो । अस्पतालले थप उपचारका लागि नेपालगञ्ज लान भनेको थियो ।
साँझ पौने सात बजे भएको सो घटनाको राति अबेरसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । Continue reading

अबको भिडन्त ब्राजिल र होल्याण्डको

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटलब २०१० को क्वाटर फाइनलमा ब्राजिल र नेदरल्याण्डस् पुगेका छन्। नेदरल्याण्ड्स स्लोभाकियालाई २-१ ले हराउँदै क्वाटर फाइनलको यात्रा तय गरेको हो भने ब्राजिलले चिलीलाई ३-० ले हराउँदै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
नेदरल्याण्ड्स क्वाटर फाइनलमा, किपरलाई पहेलो कार्ड
विश्वकप फुटबल २०१० को समुह ‘ई’ को विजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको नेदरल्याण्ड्स र समुह ‘एफ’को उपविजेताका रुपमा दोस्रो चरण पुगेको स्लोभाकियाबीच भएको खेल २-१ जित्दै नेदरल्याण्डस् क्वाटर फाइनल पुगेको छ।
फिफा वरियताको चौथो स्थानमा रहेको नेदरल्याण्ड्स र ३४ औं स्थानमा रहेको स्लोभाकियाबीच दक्षिण अफ्रीकाको डर्बनस्थित डर्बन स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्स राम्रो प्रदर्शनका साथ स्लोभाकियालाई २-१ ले हराएको हो।
बलमाथि ५२ प्रतिशत अधिकार जमाउन सफल नेदरल्याण्ड्सले खेलको १८ औं र ८४ औं मिनेटमा गोल गर्‍यो। नेदरल्याण्ड्सका लागि जर्सी नं.११ का फरवार्ड अर्जेन रोबेनलले खेलको १८ औं मिनेटमा गोल गरेका हुन्। उनले ३१ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । उनी नै म्यान अफ दी म्याच भए । Continue reading

कुबेतमा नेपाली दुताबास खुलेको ७० प्रतिशत नेपालीलाई अझै थाहा छैन

कुबेतमा राजदुत मधुबन पौडेलको पहिलो आगमन भएको झन्डै ६ महिना बितीसकेको छ। राजदुत पौडेल कुबेत आगमन हुने रमझममा केही सिमित ब्यक्तिहरुले मात्र उहाँको अनुहार हेर्ने मौका पाएका थिए,हातमा गन्न सकिने सिमित ब्यक्तिहरुलाई मात्र राजदुतको नाम थाहा छ अनी त्यस्तै बिधीबत रुपमा स्थापना भएको दुताबासको पत्तो पनि मात्र सिमित ब्यक्तिलाई छ। कुबेतमा रहेका झन्डै ७० प्रतिशत नेपालीहरुलाई दुताबास खुलेको थाहा नै छैन। राजदुत कुबेत आगमन भए यता कुबेतको एक मात्र छापा पत्रीका मरुभुमीको कोसेली तथा बिश्रभरी चर्चित वेब पत्रिका नेपल कुबेत डट कमले शुरु देखि नै प्राथमिकताका साथ राजदुतका बारेमा र दुताबासको गतिबिधीलाई स्थान दिदै आएको छ। मरुभुमीको कोसेलीको पहिलो अंक कभर स्टोरीमा राजदुत मधुबन पौडेलको तस्बिर राखिएको थियो भने दोस्रो अंकमा नब निर्मित राजदुताबासको भबन। Continue reading

गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या

•नेपालका गोप्य गोप्य सुचना संकलनका लागि भारत र चीनले उच्चतहका यौनकर्मी परिचालन गर्ने गरेको रहस्य खोले एक उच्च प्रहरी अधिकारीले ।

•२३ तारिखमा खासावाट कुटनीतिक नियोगले प्रयोग गर्ने गाडि भित्रियो नेपाल । जहां विषेश पांच जना युवतिहरु समेत सवार थिए । २६ गते बेलुका उनीहरुलाई कुटनीतिक नियोगको गाडि प्रयोग गरेर पुन खासामा लगेर छोडे ।

•भारतियहरुले भारतिय मोडलहरु काठमाडौंमा मगाएर सेनाका उच्च अधिकारी राजनीतिज्ञ र उच्चतहका कर्मचारीसम्म पुगेर गोप्य तथ्य संकलन गर्न उनीहरुको उपयोग गर्ने गरेको प्रमाण फेला परेका छन । परापुर्वकालमा राजा वा अन्य विशेष ब्यक्तिको हत्या गर्नका लागि अति शुन्दर विष कन्यालाइ पठाएर हत्या गर्ने गरेको धार्मिक कथा सुनीएको नै हो । यसको उपयोग चिनले समेत गर्दै आएको तथ्य खुलेको छ । फरक यत्ति हो उसको उद्धे्रश्य कसैको हत्या गर्नेभन्दा पनि गोप्य सुचनाहरु लिने र दलाइ लामाका विशेष प्रतिनिधिहरुको तस्विर संकलन गर्ने । अनी यसमा उनीहरुले विष कन्या हैन व्यवसायिक यौनकर्मीहरुको उपयोग गर्ने गरेको छ । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • June 2010
    S M T W T F S
    « May   Jul »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।