लिम्बुवान काठमाडौं सम्पर्क समिति पनि आन्दोलनमा तयार :

कसैसँग सम्झौता नगर्न आग्रह

नेवाः काठमाडौं २७ माघ २०६७, संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समिति काठमाडौंले मातृ सङ्गठन संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा सञ्चालन गरिरहेको निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली सङ्कलनको विरोध र लिम्बुवान स्वायत्त राज्यको संवैधानिक घोषणाको लागि भइरहेको आन्दोलनप्रति एक प्रेस विज्ञप्ति जाहेर गर्दै समर्थ्रन र सहयोग गर्ने बताएको छ ।

लिम्बुवान उपत्यका सम्पर्क कार्य समितिका कार्यवाहक अध्यक्ष विष्णुकुमार यक्सो र सचिव पद्मसुन्दर तुम्बाहाङ्फेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- “संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले शुरुदेखि नै औंठाछाप र फोटोसहितको एकात्मक निर्वाचन मतदाता नामावली सङ्कलन कार्यको विरोध गर्दै आएको कुरा सर्वविदितै छ । तथापि, नेपालको एकात्मक राज्यसत्ता तथा निर्वाचन आयोगले लिम्बुवानको यी सबै कुराको बेवास्ता गरी एकपक्षीय ढङ्गले मतदाता नामावली सङ्कलन कार्य अगाडि बढाइरहेको छ । निर्वाचन आयोगको उक्त कार्यको विरोधमा प्रत्येक दिनको आधाघण्टा चक्काजाम गर्ने आन्दोलनको अति सरलशैली अपनाइरहेको अवस्थामा गत माघ २१ गते धनकुटामा त्यहाँको सीडीओ र डीएसपीको प्रत्यक्ष निर्देशनमा निर्मम दमन गरियो । सो दमनको विरुद्धमा माघ २२ गतेदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्दको आह्वान गरिएको थियो ।”

विज्ञप्तिमा लिम्बुवानको शान्तिपूर्ण बन्दलाई धनकुटा प्रशासन र त्यहाँका नेकपा एमालेका लिम्बुवान विरोधी कार्यकर्ताहरुले बन्द उल्लङ्घन गर्ने योजना बनाई बन्दको अवज्ञा गर्दै जबर्जस्त गाडी चलाएको कुरा उल्लेख छ । र उनीहरु आफैले नै माइक्रोबसमा आगजानी गरी गाडी आगजनीपछि त्यहाँको एमाले कार्यकर्ता र प्रशासनले लिम्बुवान आन्दोलनलाई निष्तेज पार्न उल्टै क्षतिपूर्तिको माग गर्दै आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सार्वजनिक मुद्दा लगाउनेजस्ता अति घृणित कार्यहरु गरिरहेको उल्लेख छ । उक्त कार्यको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समिति घोर आपत्ति जनाउँदै यस प्रकारको कुनै पनि घृणित कार्यको पक्षमा कसैसँग सम्झौता नगर्ने प्रण गर्दै केन्द्रीय समितिलाई सो आग्रहसमेत गरेको छ । साथै, निर्वाचन आयोगको मतदाता नामावली सङ्कलन कार्य लिम्बुवान र सरकारबीचमा २०६४ फागुन १८ गते भएको पाँचबुँदै सहमतिविपरीत भएको तथा नेपालको अन्तरिम संविधान २०६३ मै राज्यको संघीय शासनप्रणालीसहितको पुनर्संरचना गरिने भन्ने उल्लेख भएकोले यो एकात्मक शैलीको मतदाता नामावली सङ्कलन अन्तरिम संविधानको मर्मविपरीतसमेत भएको जनाएको छ ।

परिषद उपत्यका सम्पर्क कार्य समिति काठमाडौंले पहिले अरुणपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको रुपमा घोषणा गरियोस् अनिमात्रै मतदाता नामावली सङ्कलन कार्य गरिनुपर्दछ भन्दै त्यसो नभए निर्वाचन आयोगको उक्त कार्य लिम्बुवानको हितविपरीत हुने भएकोले सो सरकारको एकपक्षीय नीतिप्रति मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समितिले घोर निन्दा गरेको छ ।

शान्तिपूर्ण आन्दोलन भइरहेको स्थानमा बन्द आन्दोलनको अवज्ञा गर्दै भिजिलान्ते शैलीमा शान्तिपूर्ण आन्दोलन क्षेत्रभित्र छिरेर आफै तोडफोट तथा आगजानी गर्दै कहीँ नभएको बखेडा झिकेर लिम्बुवान र लिम्बुवानी नेता तथा कार्यकर्ताहरुलाई झुक्याई लिम्बुवानको आन्दोलनलाई कमजोर बनाउन खोज्ने कुनै पनि तत्वहरुको षडयन्त्रपूर्ण व्यवहारको मञ्चसम्ब्द्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समितिले घोर विरोध र भर्त्सना गरेको छ । साथै आन्दोलनको क्रम्मा पक्राउ परेका लिम्बुवानका नेता तथा कार्यकर्ताहरुलाई विनासर्त तत्काल रिहाई गर्न माग गर्दै त्यसो नभए शान्तिपूर्ण आन्दोलनको सिद्धान्त अङ्गालेर हिँड्ने मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समिति जस्तोसुकै मुल्य चुकाउनसमेत बाध्य हुने जनाएको छ ।

– डीबी आङ्बुङ

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a comment

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • February 2011
    S M T W T F S
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।