एकात्मक मतदाता सङ्कलन र लिम्बुवानप्रति आक्रमणविरुद्ध अनिश्चितकालीन लिम्बुवान बन्द

लिम्बुवान २५ माघ २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले एकात्मक निर्वाचन मतदाता नामावली सङ्कलन कार्यको शुरुदेखि नै विरोध गर्दै आएकोमा त्यसको सुनुवाई र सम्बोधन गर्नको साटो आन्दोलनको विरुद्ध दमन र चलखेल गरेको भन्दै माघ २५ बाट लिम्बुवानभर नै अनिश्चितकालीन सडक बन्दको आह्वान गरेको छ ।माघ २५ गते प्रेसित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा हस्ताक्षतिर एक प्रेस विज्ञप्तिमा जनाए अनुसार निर्वाचन आयोगको उक्त कार्य अन्तरिम संविधानमा उल्लेख भएको संघीयता तथा सरकार र लिम्बुवानबीच २०६४ फागुन १८ भएको ५ बुँदे सहमति विपरीत छ । विज्ञप्तिमा लिम्बुवानले निर्वाचन आयोगको उक्त कदमविरुद्ध प्रत्येक दिनको आधाघण्टा चक्काजाम गर्ने अति सरल आन्दोलन गरिरहेकोमा माघ २१ गते धनकुटामा त्यहाँको सीडीओ र डीएसपीको प्रत्यक्ष निर्देशनमा लिम्बुवानका नॆताहरुमाथि निर्मम दमन गरिएको बताइएको छ । सो दमनको विरुद्धमा लिम्बुवानद्वारा माघ २२ गतेदेखि धनकुटा जिल्ला अनिश्चितकालीन बन्द आह्वान गरिएको थियो । उक्त बन्दलाई धनकुटाको प्रशासन र त्यहाँका नेकपा एमालेका लिम्बुवान विरोधी कार्यकर्ताहरुले उल्लङ्घन गर्ने योजना बनाई गाडी चलाउँदा एउटा माइक्रोबसमा आगजानी भएको समेत जनाइएको छ । यसरी पूर्वसूचित शान्तिपूर्ण आन्दोनलको विरुद्धमा खुलेआम उत्रने अनि क्षति भएपछि त्यसको क्षतिपूर्ति लिम्बुवानले गर्नुपर्छ भन्दै हुलबाँधेर लिम्बुवानलाई अलमलाउन र फसाउन खोज्ने एकात्मकवादीहरुको षडयन्त्रलाई सो परिषदले अस्वीकार गरेको छ । हिजो माघ २४ गते धनकुटामा भएको दुईपक्षीय वार्ता असफल भएको छ । वार्तामा जाने लिम्बुवानका सचिवालय सदस्यमाथि हातपात गर्ने दुस्प्रयास गर्दै वार्ता टोली सदस्यसमेत ६ जनालाई एकात्मकवादीहरुबाट सार्वजनिक मुद्दा दायर गरिएको छ । यो कदम लिम्बुवानमाथिकै नाङ्गो आक्रमण भएको लिम्बुवानको ठहर छ ।
विज्ञप्तिमा लिम्बुवानले प्रशासन र लिम्बुवान विरोधीहरुको कथित मुद्दा मान्दै नमान्ने । लिम्बुवानका नेताहरुमाथि लगाइएको कथित मुद्दा अविलम्ब खारेज गरी पक्राउ परेका नेताहरुलाई विनाशर्त तुरुन्त रिहाई गर्नुपर्ने । लिम्बुवानको माग निर्वाचन आयोगको एकात्मक मतदाता नामावली सङ्कलन कार्य बन्द गर्नुपर्ने । पहिले लिम्बुवान त्यसपछि मात्र मतदानभन्दै संविधानमा जनताको हक अधिकार सुनिश्चित गर्नेबेलामा मतदाता नामावली सङ्कलनको बखेडा झिकेर जनतालाई अर्कैतिर अल्मलाउन नपाइने । सर्वप्रथम अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चित गर्नुपर्ने भनी माघ २५ गतेदेखि अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवानभर अनिश्चितकालीन सडक बन्द आह्वान गरिएको छ । माग पूरा नगरी थप दमन गरे लिम्बुवानको आन्दोलन क्रमशः सरलबाट जटिल मोडतिर अघि बढ्ननेसमेत विज्ञप्तिमा जनाइएको छ ।
– डीबी आङ्बुङ

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a comment

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • February 2011
    S M T W T F S
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।