‘माओवादी लडाकुको तलबबाट पार्टीलाई मासिक दुई करोड’

सरकारले माओवादी लडाकुका लागि भनेर दिँदै आएको तलबभत्ता मध्ये कम्तीमा महिनाको दुई करोड रुपैँया माओवादी पार्टीको खातामा जम्मा हुने गरेको भूतपूर्व लडाकुहरुले बताएका छन्।माओवादी लडाकुलाई सरकारले खाना खर्च बाहेक प्रतिव्यक्ति पाँच हजार रुपैँयाका दरले महिनामा दशकरोड रुपैयाँ जति तलब दिँदै आएको छ।

तर तलब बुझ्ने क्रममै एकहजार रुपैयाँ पार्टीका लागि भनेर लिइने गरेको लडाकुहरुले बीबीसीलाई बताए।

लेवी

माओवादीबाट विद्रोह गरेर केही महिना अगाडि मात्रै क्रान्तिकारी कम्युनिष्ट पार्टी नामक नयाँ पार्टीमा प्रवेश गरेका लडाकु रमेश खडकाले भने, “पार्टी संचालनका लागि भनेर महिनामा एक हजार रुपियाँ लेवी काट्छन् पहिले देखि नै।”

अहिले महिनामा चार हजार रुपियाँ बुझिरहेका नाम खुलाउन नचाहने अर्का एकजना लडाकुले पनि पार्टीलाई एकहजार पहिलेदेखि नै बुझाइरहेको बताए।

उनले भने, “पाँचहजार मध्ये केन्द्रका लागि भनेर एक हजार लेवी काटेर चार हजार पाउने गरेको छु।”

संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले प्रमाणीकरण पछि १९ हजार ६ सय दुई माओवादी लडाकु रहने तथ्यांक निकालेको थियो।

साढे दुइ वर्ष भन्दा बढी समय देखि माओवादी लडाकुहरु शिविरमा बस्दै आएका छन्। Continue reading

ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव

पूर्वाञ्चलकै प्रशिद्ध तीर्थस्थल पाथीभराको प्रचार-प्रसार एवं विकास गर्ने उद्देश्यले आयोजित हिमालयन गाइड्स अन्तर्राष्ट्रिय पाथीभरा म्याराथुन तथा पाथीभरा पर्यटन महोत्सव सम्पन्न भएको छ । अनौपचारीक रूपमा माघ २५ गते प्रारम्भ भएको महोत्सव शुक्रबारदेखि औपचारीक रूपमा सुरु भएको हो ।

फागुन २ गतेसम्म चलेको महोत्सवमा खुला पुरुष तथा हाफ महिला म्याराथन प्रतियोगिता, प्यारागाइडिङ, बाइसाइक्लिङ, सांस्कृतिक झाँकी, लोक दोहोरी, खाद्य परिकार, कलश यात्रा आदि कार्यक्रम सम्पन्न भए । अघिल्लो वर्ष गरिएको कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले आयोजित कार्यक्रमका लागि सदरमुकामलाई झकिझकाउ बनाइएको थियो ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण समिति, इन्द्रदल गुल्मद्वारा आयोजित कार्यक्रमलाई काठमाडौंका विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रायोजन गरेका थिए । महाशिवरात्रिका अवसरमा आयोजित यो वर्षको कार्यक्रममा प्याराग्लाइडिङ र मोटर बाइसाइक्लिङ नयाँ कार्यक्रम रहे । प्याराग्लाइडिङ सुकेटारबाट सुरु गरेर भानुजन माविको प्राङ्गडमा अवतरण भयो भने मोटर बाइसाइक्लिङ सदरमुकामबाट सुरु गरी पाथीभरासम्म पुगेर फर्काइयो । खुला म्याराथुन प्रतियोगिता सदरमुकाम फुङलिङवाट सुरु भै पाथीभरा पुगेर फर्कियोे । महिला हाफ म्याराथुन प्रतियोगिता सदरमुकामबाट भालुगौंडे हुँदै सदरमुकाम फर्काइएको थियो । Continue reading

कंगन कवि गोष्ठी भब्यरुपमा सम्पन्न ।

२१, फेब्रुअरी हङकङ- जोर्डनस्थित कंगन रेष्टुरेन्टको आफ्नै आयोजनामा सम्पन्न कंगन कवि गोष्ठीको चौंथो श्रृङ्खला ‘केवलपुरे किसान कविता मेला’ भब्यरुपमा सम्पन्न भएको छ ।
रेष्टुरेन्ट संचालक केवलपुरे किसानका सुपुत्र कमलप्रसाद पौडेलले आफ्ना चौरासी वर्षीय पिता, प्रगतिवादी कवि केवलपुरे किसानका साहित्यिक जीवनीको संक्षिप्तमा चर्चा गर्दै उनको एक कविता पाठ गर्दै सुरुवात भएको केवलपुरे किसान कविता मेलामा प्रा. डा. गोविन्दराज भट्टराई, डा. टंकप्रसाद न्यौपानेलाई विशेष आतिथ्यता प्रदान गरिएको थियो ।

राणा शासनको चरमोत्कर्षमा छुवाछुत तथा जातीय भेदभावले समाज पिल्सिएको बेला, जातअनुसार वर्गीकृत कामहरुमध्ये बाहुन भएर हलो जोत्ने कामगरी तत्कालिन समाजमा अत्यन्त शाहसी सामाजिक प्रतिकार गर्ने प्रगतिशील कवि केवलपुरे किसानको नाममा स्थापनागरिएको ‘केवलपुरे किसान पुस्तकालय’ को पनि अतिथि द्वय प्रा. डा. गोविन्दराज भट्टराई, र डा. टंकप्रसाद न्यौपानेद्वरा संयुक्तरुपमा समुद्घाटन गरिएको थियो ।
डायास्पोरामा विश्वभरिमा नै नेपालीले पुस्तकालय खोलेको पहिलोपटक आफूले हङकङमा नै पाएको बताउनु हुने प्रमुख अतिथि प्रा. डा. भट्टराईले उक्त पुस्तकालयलाई आफूले नेपालबाट पुस्तक पठाएर सहयोग गर्ने वचनवद्धता ब्यक्त गरेका थिए । Continue reading

“म घोषित यात्री सगरमाथा चियाउँदैछु”

उनी अलंकार बस्त्रले सजिएकी सुसज्जित छिन् सगरमाथा कलोषित रहित सुन्दर मुहार हेर्ने मन,
म,
उनी
खोज्दैछु,
म चियाउँदैछु,
उनी मेरो प्रतिष्ठा,
उनि मेरी इज्जत हुन्,
शिरको टोपी र शिरबन्दि
उनी मेरी अङ्गको अंग रक्षक
उनी नै शिरको साक्षी रक्षक हुन्,
आज म खोजिरहेछु म घोषित यात्री
यात्री भएर नै,बिना यात्रा बसेको थिएँ
आब म घाम बनी सगरमाथामा चियौदैछु
पिली~पिली~पिली~चियाउँदै,चियाउँदै, चियाउँदै
नजिकै पुगी हेर्ने मन लाग्दैछ मनले यात्रा गर्दैछ
मन जाग्दैछ सोध्ने इच्छा लाग्दैछ म घोषित यात्री,
आब मेरो पालो हजारौं वर्ष देखि हेर्ने मन फुकाउदैछु Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • February 2010
    S M T W T F S
     123456
    78910111213
    14151617181920
    21222324252627
    28  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।