जमिम शाहको हत्या पेसेवर अपराधीको संलग्नता ः प्रहरी

काठमाडौं, २४ माघ
स्पेसटाइम नेर्टवर्क प्रालि तथा च्यानल नेपाल टेलिभिजनका सञ्चालक जमिम शाहको आइतबार दिउँसो गोली हानी हत्या गरिएको छ ।
राजधानीमा माघ लागेपछि दिनदहाडै गोलीकाण्ड भएको यो चौथो घटना हो । यसले उपत्यकावासीले आफूलाई दिनप्रतिदिन असुरक्षित महसुस गर्दै आएका छन् ।
राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीमा ‘स्टिम बाथ’ लिएर पानीपोखरीस्थित निवास र्फकंदै गर्दा शाहमाथि दिउँसो करिब साढे २ बजे प|mान्सेली दूतावासनजिकै गोली प्रहार भएको थियो ।
ना१च २१५१ नम्बरको पजेरो गाडीमा रहेका शाहमाथि बा१५प ८७३३ नम्बरको एफजेट मोटरसाइकलमा आएका अज्ञात दर्ुइजनाले अत्यन्तै नजिकबाट गोली प्रहार गरेका थिए । उनीमाथि प्रहार चारमध्ये दर्ुइ गोली कञ्चट र छातीमा लागेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक लालमणि आचार्यका अनुसार शाहको कञ्चटमा लागेको गोली जलेको अवस्थामा छ । ‘गोली जल्नु भनेको नजिकबाट प्रहार गर्नु हो,’ आचार्यले भने ।
गोली प्रहारलगत्तै उनलाई शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । आकस्मिककक्षमा उपचारकै क्रममा करिब सवा घन्टापछि दिउँसो पौने ४ बजे उनलाई मृत घोषित गरिएको थियो ।
गोली प्रहारबाट उनका सवारीचालक ६५ वषर्ीय मथुरा मालाकार घाइते भएका छन् । उनको त्रि्रामा गोली लागेको छ । उनी उपचाररत शिक्षण अस्पतालका अनुसार मालाकार खतरामुक्त छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार दरबारमार्गतर्फाट शाहलाई पिछा गर्दै आएका उनीहरूले साइला मोटरसाइकल वर्कसप नजिकबाट शाह चढेको गाडीलाई हल्का ओभरटेक गरेका थिए । न्युरोड सन इन्टरप्राइजेज पुगेपछि मोटरसाइकल रोकिएको थियो ।
प्रत्यक्षदर्शी छेडुप बम्जनले मोटरसाइकलको पछाडि बसेको व्यक्तिले गोली चलाएको बताए । ‘सो मोटरसाइकल गाडीको नजिकै पुगेपछि पछाडि बसेका व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरे,’ प्रत्यक्षदर्शी बम्जनले भने । बम्जनका अनुसार पहिलो गोली गाडीको अगाडि भागको सिसामा लागेको थियो ।
बम्जनका अनुसार पहिलो गोली प्रहार भएपछि गाडीको पछिल्लो सिटमा रहेका शाहले खुला भएको सिसा लगाउन खोजेका थिए । ‘तर, त्यही बेला उनीमाथि गोली प्रहार भयो, पहिलो गोली छाती र दोस्रो गोली कञ्चटमा लाग्यो,’ बम्जनले भने ।
गाडीचालक मालाकारले गाडीको अघिल्लो भागबाट गोली प्रहार भएको जनाए । ‘गाडी हल्का जाममा परेको थियो, त्यही बेला मोटरसाइलकमा आएका कालो लुगा लगाएका र मुख छोपेका दर्ुइ व्यक्तिले गोली हाने,’ मालाकारले घटनाको प्रारम्भिक अवस्था सुनाए । ‘त्यसपछि के भयो, थाहा पाइनँ,’ शिक्षण अस्पतालको बेडबाट उनले भने ।
गोली लागेपछि शाहलाई विपरीत दिशाबाट आएको यात्रुबाहक बसबाट ओर्लेका एक व्यक्तिले टयाक्सीमा राखेर अस्पताल पुर्‍याएका थिए । चालक मालाकारलाई माइक्रोबसमा लगिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार गोली चलाउनेहरू घटनाको करिब सात मिनेटसम्म पनि त्यहीँ थिए । घटनास्थलबाट प्रहरी बिट करिब सय मिटरको दूरीमा छ । बिटभन्दा नजिकै प|mान्सेली केन्द्र छ । तर, बिट र प|mान्सेली केन्द्रमा सुरक्षार्थ बसेका प्रहरी मूकदर्शक बनेको प्रत्यक्षदर्शीको आरोप छ । ‘प्रहरीले चाहेको भए गोली हान्नेहरू तुरुन्तै पक्राउ पर्न सक्थे, तर प्रहरीको मौनता बुझ्न सकिएन,’ प्रत्यक्षदर्शी र्सर्ूयलाल महर्जनले भने ।
‘गोली हानेपछि उनीहरू मोटरसाइकल फर्काएर दरबारमार्गतर्फजान खोज्दै थिए, तर तत्कालै ‘स्र्टार्ट’ भएन, त्यसपछि उनीहरू महाराजगन्जतर्फो बाटोतर्फलागे,’ महर्जनले भने ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्माका अनुसार सो घटनामा संलग्न भएको अभियोगमा आइतबार राति अबेरसम्म कसैलाई पक्राउ गरिएको छैन । ‘प्रहरीका सबै अंग परिचालित छन्, अपराधीहरूको तीव्र खोजी भइरहेको छ,’ प्रवक्ता शर्माले भने, ‘घटनालगत्तै थानकोटलगायतका सबै नाकाको सुरक्षा व्यवस्था कडा पारी अभियुक्त खोज्ने काम भइरहेको छ ।’ प्रहरीले अभियुक्त खोज्ने क्रममा आइतबार राति काठमाडौंका क्यासिनो र गेस्ट हाउसमा पनि छापा मारेको थियो ।
प्रहरीका अनुसार उनीहरूले प्रयोग गरेको नम्बरको मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता छैन ।
२०२१ सालमा जन्मेका शाहका ८० वषर्ीय बाबु, श्रीमती र एक छोरा छन् । श्रीमती अञ्जली शाह तीन महिनादेखि हाइटीमा छन् । छोरा ज्याकी अमेरिकामा पढ्दै छन् । उनी बाबुआमाका माइला छोरा हुन् । मुकिम शाह उनका दाजु र मसुद शाह भाइ हुन् ।
नेपालमा निजी क्षेत्रबाट पहिलोपटक स्याटेलाइट टेलिभिजन सञ्चालन गर्ने श्रेय शाहलाई नै जान्छ । टेलिभिजन नेर्टवर्क पनि उनले नै पहिलोपटक भित्र्याएका हुन् । उनले स्पेसटाइम नेपाली राष्ट्रिय दैनिक, स्पेसटाइम टुडे -अंग्रेजी दैनिक) पनि प्रकाशन गरेका थिए । हाल यी दुवै दैनिक बन्द छन् ।
शाह हत्याको मिडिया सोसाइटी, नेपाल केबल टेलिभिजन एसोसिएसन, नेपाल केबल टीभी संघ, नेपाल पत्रकार महासंघले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी भर्त्सना गरेका छन् । ती संघ/संस्थाले घटनाको सत्यतथ्य छानबिन गरी र्सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

टपेन्द्र कार्की/राजधानी

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a comment

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • February 2010
    S M T W T F S
     123456
    78910111213
    14151617181920
    21222324252627
    28  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।