मनको कुरा लेखेकी थिन्, चिठी भित्र उनले
बुझिनँ कि उनीलाई, कहीँ कतै मैले
धेरै माया गरेकी थिन् सोचे भन्दा धेरै
झुटो सम्झी मैले बिर्से, गल्ति भयो मेरै
मेरै बाटो हेर्दि रै’छिन, अझै पनि उनले
बुझिनँ कि उनीलाई, कहीँ कतै मैले
चिनाजानी छोटो भयो, दुर्भाग्य नै हो कि
मनको कुरा साटासाट धेरै थोर भो कि
नबसहै मलाई पर्खि, बेस मलाई भुले
बुझिनँ कि उनीलाई, कहीँ कतै मैले
मनको कुरा लेखेकीथिन्, चिठी भित्र उनले
बुझिनँ कि उनीलाई, कहीं कतै मैले
सुरेन्द्र ईङनाम
Leave a comment
No comments yet.
Leave a comment