लिम्बुवानको आन्दोलनमा तामाङसालीङले साथ दिने :

माग सम्बोधन नगरी दमन गरे आन्दोलनमा उत्रने चेतावनी

तामाङसालीङ २७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले निवार्चन आयोगद्वारा कुबेलामा गरिएको संघीयताको उपहास गर्ने एकात्मक शैलीको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य विरुद्धमा अरुणपूर्व ९ जिल्ला लिम्बुवानको संवैधानिक घोषणाको मागसहित गरिरहेको शान्तिपूर्ण आन्दोलनप्रति सरकारले सम्बोधन गर्नुको साटो निर्मम दमन र धरपकड गरिरहेकोभन्दै माच सम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदको पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्वाचन आयोगले गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यको शुरुदेखि नै विरोध गर्दै आएमा सो आन्दोलनप्रति माचसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदले विहीबार एक प्रेस विज्ञप्ति जारी गरी पूर्ण ऐक्यवद्धतासहित समर्थन गरेको छ ।
तामाङसालीङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङ “ख्युङ्बा”द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ- “निर्वाचन आयोगद्वारा संघीयता र नयाँ संविधान बन्ने कार्यको उपहास गर्दै एकात्मक शैलीमा गरिरहेको उक्त कार्यको विरोध गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको ९ वटा जिल्लाहरुमा प्रत्येक दिन आधाघण्टा चक्काजाम गर्ने शान्तिपूर्ण आन्दोलन गरिहेको थियो । Continue reading

Advertisements

लिम्बुवान काठमाडौं सम्पर्क समिति पनि आन्दोलनमा तयार :

कसैसँग सम्झौता नगर्न आग्रह

नेवाः काठमाडौं २७ माघ २०६७, संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समिति काठमाडौंले मातृ सङ्गठन संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा सञ्चालन गरिरहेको निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली सङ्कलनको विरोध र लिम्बुवान स्वायत्त राज्यको संवैधानिक घोषणाको लागि भइरहेको आन्दोलनप्रति एक प्रेस विज्ञप्ति जाहेर गर्दै समर्थ्रन र सहयोग गर्ने बताएको छ ।

लिम्बुवान उपत्यका सम्पर्क कार्य समितिका कार्यवाहक अध्यक्ष विष्णुकुमार यक्सो र सचिव पद्मसुन्दर तुम्बाहाङ्फेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- “संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले शुरुदेखि नै औंठाछाप र फोटोसहितको एकात्मक निर्वाचन मतदाता नामावली सङ्कलन कार्यको विरोध गर्दै आएको कुरा सर्वविदितै छ । Continue reading

एकात्मक मतदाता सङ्कलन र लिम्बुवानप्रति आक्रमणविरुद्ध अनिश्चितकालीन लिम्बुवान बन्द

लिम्बुवान २५ माघ २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले एकात्मक निर्वाचन मतदाता नामावली सङ्कलन कार्यको शुरुदेखि नै विरोध गर्दै आएकोमा त्यसको सुनुवाई र सम्बोधन गर्नको साटो आन्दोलनको विरुद्ध दमन र चलखेल गरेको भन्दै माघ २५ बाट लिम्बुवानभर नै अनिश्चितकालीन सडक बन्दको आह्वान गरेको छ ।माघ २५ गते प्रेसित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा हस्ताक्षतिर एक प्रेस विज्ञप्तिमा जनाए अनुसार निर्वाचन आयोगको उक्त कार्य अन्तरिम संविधानमा उल्लेख भएको संघीयता तथा सरकार र लिम्बुवानबीच २०६४ फागुन १८ भएको ५ बुँदे सहमति विपरीत छ । Continue reading

धनकुटामा तीन नेता पक्राउ र लिम्बुवान कार्यालय तोडफोड: कोशीलोकमार्ग अनिश्चितकालीन बन्द

लिम्बुवान, २२ माघ २०६७, एकात्मक मतदाता नामावली सङ्कलनको विरुद्धमा चलिरहेको आन्दोलनको क्रम्मा प्रहरी प्रशासनले धनुकटा जिल्लामा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य चन्द्रसिङ नेम्बाङ, लिम्बुवान भोलेण्टियर्सका धनकुटा जिल्ला इञ्चार्ज गंगाहाङ तिगेला र लिम्बुवान भोलेण्टियर्स निश्चल श्रेष्ठलाई पक्राउ गरेको छ ।
साथै, भिजिलान्तेहरू प्रयोग गरी लिम्बुवानका केन्द्रीय सदस्य इन्द्र रसाइँलीको घर तोडफोड गरेका छन् । उपरोक्त घट्नाहरूको भण्डाफोर गर्दै पक्राउ गरिएका व्यक्तिहरूलाई तुरुन्त रिहागर्न र तोडफोड गरिएको घरको क्षतिपूर्ति उपलब्ध गर्राई दोषीहरूलाई कडा कार्वाही गर्न मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले जोडदार माग गरेको छ । Continue reading

सङ्खुवासभामाका विभिन्न ठाउँमा लिम्बुवानी आमसभाः

लिम्बुवानलाई टुक्राउन नदिने प्रतिवद्धता

सङ्खुवासभा, लिम्बुवान
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभामा जिल्ला कार्य समितिको आयोजनामा सङ्खुवासभाको बाह्रबीसे, सिद्धपोखरी र नुनढाकीमा लिम्बुवानी आमसभा सन्पन्न भएको छ ।
पुस २५ गते सङ्खुवासभाको बाह्रबीसे बजारमा गंगा थोप्राको अध्यक्षतामा, पुस २८ गते सिद्धपोखरी ५ को बत्तासेमा श्याम वनेमको अध्यक्षता र पुस २९ गते नुनढाकी १ को विहीबारे बजारमा देवेन्द्र थक्लुङ लिम्बूको अध्यक्षतामा उक्त आमसभाहरु सम्पन्न भएका हुन् । Continue reading

हङकङमा हालसम्मकै भव्य लिम्बुवानी आमसभा सम्पन्न :

विश्वको जुनसुकै ठाउँमा रहेपनि लिम्बुवान आन्दोलनमा जोडिन आग्रह

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले यही जनवरी २ तारिखका दिन “संघीयता गणतन्त्र धर्मनिरपेक्षता र निर्णायक अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनको लागि लिम्बुवान आमसभा” भन्ने व्यानर र नाराका साथ हङकङमा भव्य लिम्बुवानी आमसभा सम्पन्न गरेको छ ।

हेनरी जी ल्योङ कम्युनिटी सेन्टर याउ मा तेई ,हङकङमा आयोजिक उक्त आमसभामा प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले आभसभालाई सम्बोधन गर्दै अहिलेको सन्दर्भमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक-धर्मरिपेक्ष राज्यको संविधान बन्ने सवाल महत्वपूर्ण विषय रहेको बताए । संविधानसभाद्वारा बन्ने संविधानमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा आत्मनिरर्णयको अधिकार र स्वशासनसहितको सङ्खुवा-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितता गर्न-गराउनका लागि आफूहरुले लिम्बुवान आन्दोलन अघि बढाइरहेको कुरा जानकारी गराए । सम्बोधनकै क्रममा प्रमुख अतिथि लिङ्देनले संसारको जुनसुकै ठाउँमा पुगे-रहे पनि लिम्बुवान आन्दोलनसँग जोडिऔं भनी सम्पूर्ण लिम्बुवानवासीहरुमा अनुरोध गरे । यसरी नै नेपालमा लिम्बुवान स्वायत्त राज्य स्थापना भएर यसले प्रगति र उन्नतिको शिखर चढ्नसके सबै लिम्बुवानवासीहरुको माङ्गेन्ना (गरिमा) उठ्ने निश्चित भएको विचार पनि व्यक्त गरे । Continue reading

लिम्बुवानले लिम्बुवानमा गरिने संघीयता र गणतन्त्र विरोधी कार्यको सशक्त प्रतिकार गर्ने

पूर्वी नेपालको लिम्बुवानमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चिताका लागि आन्दोलनरत् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा गरिने संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी कार्यको सशक्त प्रतिकार गर्ने जनाएको छ ।

लिम्बुवानका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर गुरङद्वारा पुस २० गते प्रेसित एक प्रेस-विज्ञप्तिमार्फत् संघीयता विरोधी पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता, गणतन्त्र, धर्मरिपेक्षता, लिम्बुवान स्वायत्त राज्य स्थापना र लिम्बुवानी आन्दोलनका प्रमुख सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको विरुद्धमा गरेको अभियान र अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो चेतावनी सार्वजनिक गरेको हो । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।