हाम्रो जमिन जिन्दावाद !

अजायबघरको ईतिहासका परेलाबाट
परंपरागत विचारका धूलोहरू टक्टक्याएर हेर
इमानका आँखाका मोतियाविन्दु निकालेर पढ
किम्बदन्तीका नायकको सम्बाद गुन
उखानटुक्कामा टाँस्सिएका तथ्यहरू बुझ
मलामीहरूसँग रुँदारुँदै पडकिने बन्दुक,
वा चीताको लाशले पनि सुन्नेगरी कराउँने शंखध्वनी सून
सबैले एक स्वरमा भनिरहेछन् – हाम्रो जमिन जिन्दावाद !
इतिहासमा कसैसित नहारेको – हाम्रो मुलुक जिन्दावाद !!

Continue reading

Advertisements

मनको कुरा लेखेकी थिन्, चिठी भित्र उनले

मनको कुरा लेखेकी थिन्, चिठी भित्र उनले
बुझिनँ कि उनीलाई, कहीँ कतै मैले

धेरै माया गरेकी थिन् सोचे भन्दा धेरै
झुटो सम्झी मैले बिर्से, गल्ति भयो मेरै
मेरै बाटो हेर्दि रै’छिन, अझै पनि उनले
बुझिनँ कि उनीलाई, कहीँ कतै मैले
Continue reading

कविता-अग्नि-ललकार

म युयुत्सु हुँ l

मान्छेको बिरुद्ध
युद्ध नलड्ने भनेर
चुपचाप बसेकोछु l
मेरो अखण्डता

सार्बभौम सत्ताको
घात गर्दै
अघि आयौ भने
एक्काइशौं शताब्दीको
अन्तिम युद्ध
तिमीसंगै लड्छु l
लड्छु तिमीसंगै l
Continue reading

अब त यी आँखाले पनि-तिम्रो शोसन देख्न थाल्यो !

मेरो आँखा अगाडिको  ती रंगिन पर्दाहरुमा उसकै मात्र समय भेट्छु .
काहा लुकाइएका छन् ती अरुहरुको,अनि उनकै मात्र चित्र देख्छु ,
किन आउदैनन त्यहाँ सप्तरंगी फूलका  रङ्गहरु  सबै बराबरी
कि ओइलाईएक  छन् ना:ना:थरि फूललाई अन्न्याए गरि !
 
अब एक महिना पछि उसको चांड आउदैछरे
आजै देखि ती रंगिन पर्दाहरुमा उसैको बिज्ञापन लौदैछरे
होइन भने कालो पट्टि बाँधी ती आँखा छोपेरै  हेर
उसैको बिज्ञापन  सुन्नेछौ  तिमीले जति खेर ! Continue reading

नाम्गेत्त्थुम कियुंग्बा याक्थुंगहा

ए,,,, नाम्गेत्त्थुम कियुंग्बा कोक्माएक याक्थुंगहा
हेने कुसिंग निप्मै  पोंग  हुन्छि इक्लाहा
तांग्साकथो; निम्नाबा  माक्ला खाम्दांगबाहा
आखेन नितांग मिफेरेआंग वा  हेने किसुप्पहा
ए ,,, नाम्गेत्थूम कोक्माएक याक्थुंगहा 
हेने  कुसिंग निप्मै  पोंग  किलाघो किनाप्पहा
 

किथागेक ओ  कियुंग्बा मुक्तुबो कोक्माआंग हुन्छि मान्ग्सांग्मु
किलुंग्मा सिगांग युंगबा कीमा;आंग हुन्छि मिंग  हलेसी धाम मु !
ए ,, नागेतथुम कियुंग्बा कोक्माएक  याकथूंग हा 
हेने कुसिंग निप्मै पोंग  किमिंग किखुप्बाहा

Continue reading

कविताकर्म

हरेक मान्छे भित्र-भित्र सँधै कविता लेख्छ
कविताका अक्षरको कर्म –
सौन्दर्यको शिरदेखि पाउ सम्म जीवन भर्नु हो
‘जीवन’, सिम्फोनी उराल्ने समुद्री छालहरूको वगैँचा हो
जहाँ बिछट्टका मोतीहरु प्रेमको सागरमा फल्छन्
मोतीहरू पिरतीको काँचो धागोमा उनेर
ताजमहलतिर बढी रहेको प्रेमीलाई
अचानक, सम्राटको पानीजहाजबाट उत्रेका
समुद्री डाँका मोतीको माला लुट्न बसेकाछन्
तर डाँकाहरूलाई छक्याएर मोतीका माला
मायालुका गर्धनमा जुलुस भएर लर्किन्छन्

Continue reading

उत्तरआधुनिक बबन्डर

लक्ष्मण गाम्नागे
घरजग्गा कारोबार, आवास योजना, बैदेशिक रोजगार, बैंक वा वित्तिय संस्था, पाठ्यपुस्तक छपाई, स्कूल–कलेज वा अस्पताल इत्यादि व्यवसायबाट त्यस क्षेत्रमा लगानी गर्ने उद्योग व्यवसायीहरू निकै छिटो सम्पन्न भएजस्तै हामी साहित्यको खेतीमा लागेका मानिसहरूलाई पनि छिटो नाम कमाई गर्न कुनै विशेष ‘वाद’ वा ‘आन्दोलन’ को खेती गर्नुपर्नेरहेछ भन्ने कुरा म भर्खरै बुझ्दैछु । नेपाली साहित्यमा अहिले फस्टाएको मुख्य खेती उत्तरआधुनिकता हो । तर, एउटा कुरा चाहिँ मैले अझै बुझेको छैन । यो उत्तरआधुनिक भन्ने विचार जो छ यो साहित्यमा मात्रै हुन्छ कि समाजका अरु क्षेत्रमा पनि ? हामीले प्रत्यक्ष र तिब्र रुपमा भोगिरहेका अनेकौँ नयाँ, अनौठा र मनोरञ्जक घटना एवं परिदृष्यलाई उत्तरआधुनिक बबन्डर भन्न पाइन्छ कि पाइँदैन होला ? यस्ता विषयमा चाहिँ किन कसैले वहस नगरेका होलान् ? किन कोही विद्वानहरूले यस क्षेत्रमा वादविवाद छेडेर तहल्का नमच्चाएको होला ? ‘समाजमा उत्तरआधुनिकताको प्रभाव’ विषयमा वहस चलाएर गरिखाने कोही विद्वान हुनुहुन्छ भने लौ कस्सिनुहोस् है । छिपिछिपे चर्चा भने मै पनि शुरु गर्दिन सक्छु । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।