याक्थुङ चुम्लुङद्वारा ‘चेम्जोङ’ जयन्ती मनाइयोः

तीन ‘नेम्बाङ’ लाई इमानसिङ्, सिरिजङ्गा र उदयकला पुरस्कार दिइयो

ललितपुर नेवाः काठमाडौ १७ पुस २०६७/

लिम्बू जातिको जातीय सङ्गठन किरात याक्थुङ चुम्लुङले २०६७ पुस १७ गते चुम्लुङहिम् तिखेदेवल ललितपुरमा किरात इतिहासकार इमानसिङ् चेम्जोङको १०८ औं जन्मजयन्ती तथा किरात सिरिजङ्गा, इमानसिङ् चेम्जोङ र उदयकला पुरस्कार वितरण कार्यक्रम एक समारोहका बीच सम्पन्न गर्यो ।

संविधान सभाका अध्यक्ष सम्माननीय सुवास नेम्बाङको प्रमुख आतिथ्य र चुम्लुङका अध्यक्ष अर्जुन नुगोको अध्यक्षतमा सम्पन्न उक्त समारोहमा विभिन्न लिम्बू बुद्धिजिवी, सभासद तथा नेतृत्वहरुको आतिथ्य रहेको थियो । Continue reading

लिम्बू जातिको राष्ट्रिय चाड चासोक तङ्नाम २०६७ भव्यताका साथ सम्पन्न

नेवाः काठमाडौ, पुस ७, २०६७/

आदिवासी किरात लिम्बूजातिको राष्ट्रिय चाड चासोक तङ्नाम २०६७ चासोक तङ्नाम आयोजक संयुक्त समितिको आयोजनामा ललितपुर चुम्लुङहिम र किरात माङ्हिम सानो हात्तिवन ललितपुरमा यही पुस ४, ५ र ६ गते विभिन्न कार्यक्रमका साथ सम्पन्न भयो ।

किरात याक्थुङ चुम्लुङ, किरात याक्थुङ माङ्गेन्ना चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ साँस्कृतिक मञ्च, याक्थुङ सहयोग कोष र लिम्बू साँस्कृतिक परिषदसमेत आवद्ध चासोक तङ्नाम आयोजक समिति २०६७ ले यो चासोक तङ्नाम २०६७ को आयोजना गरेको हो ।
Continue reading

संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषद धनकुटा क्याम्पस र जिल्लामा विस्तार

कर्मा कार्की, धनकुटा/

 एकात्मक शासनव्यवस्थाको अन्त्य, संघीय शासन व्यवस्थाको शुरुवात गर्न र शिक्षा नीतिमा आमूल परिवर्तन गर्न संघीय विद्यार्थी युनियनको चाहना भएको भन्दै “संघीय विद्यार्थी युनियनको चाहना, संघीय शिक्षा प्रणालीको स्थापना” भन्ने मुल नाराका साथ यही २०६७ भदौ १२ गते संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद धनकुटा बहुमुखी क्याम्पस इकाई कार्य समिति र संघीय विद्याथी युनियन जिल्ला कार्य समितिको संयुक्त आयोजनामा यही धनकुटा बहुमुखी क्याम्पस धनकुटामा १९ जनाको एकाई कार्य समिति चयन गरिएको छ । Continue reading

बेवास्ताले बूढासुब्बा ओझेलमा

पर्ूवको सुन्दर, रमणीय, पर्यटकीय र आधुनिक सहरको रुपमा धरानलाई चिनिन्छ । साथै, विकासको हिसाबले नेपालका विभिन्न सहरको तुलनामा धरान तीव्ररुपमा अगाडि बढिरहेको छ । वास्तवमा धरान सहरको ऐतिहासिक ठाउँ भनेको विजयपुर हो । विजयपुरबाट नै आजको धरान स्थापना हुन पुगेको हो । जतिबेला नेपालको पश्चिममा बाईसे-चौबीसे राज्य थियो, त्यतिबेला पर्ूवमा वल्लो किरात, माझ किरात र पल्लो किरातसँगै विजयपुर राज्य पनि थियो । यसको प्रमाणस्वरुप अझै पनि धरान नगरपालिका वडा नं. १४ स्थित विजयपुरको पञ्चकन्या जङ्गलको शिरानमा विजयपुर गढीका इँटाका अवशेषहरु पाउन सकिन्छ । गढीमा विजयपुर राज्यका शासकहरु बस्थे भने सो राज्यका गोलाबारुद, खरखजना र सेनाहरु चाहिँ गढीडाँडा भन्ने ठाउँमा हुन्थे । त्यस ठाउँमा अहिले सुकुम्बासीहरुको बसोबास छ । साथै, विजयपुरमा विभिन्न देवीदेवताका मन्दिर छन्, जसको वर्ण्र्ााविभिन्न धार्मिक ग्रन्थ र किंवदन्तीहरुमा पनि पाइन्छ । यस ठाउँका प्रसिद्ध मन्दिरहरुमा पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या आदि छन् । Continue reading

केटी बेचेको आरोपमा मोडल पक्राउ

नेपाली युवतीलाई सिंगापुर लगेर नांगै नाच्न लगाउने गरेको आरोपमा मोडल रमिता भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीको नेतृत्वमा आधा दर्जन नेपाली युवतीलाई सिंगापुरको नांगो नाच हुने बारमा पुर्‍याइएको प्रहरी दाबी छ ।

सिंगापुरबाट फर्केकी काठमाडौंनिवासी अनिता नकर्मीको उजुरीको आधारमा प्रहरीले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । भण्डारीसँगै अर्की मोडेल शबु शाह पनि पक्राउ परेकी थिइन्, तर उनलाई बेलुकी छाडिएको छ । केही समयअघि मात्रै सिंगापुरबाट नेपाल फर्केका उनीहरू शनिबार फेरि सिंगापुर उड्ने तरखरमा थिए ।

प्रहरीले सुरुमा नकर्मीमाथि कुटपिटको आधारमा उनीहरूलाई पक्राउ गरे पनि हिरासतमा राखेर अनुसन्धान गर्दा युवती बेचविखनको खुलासा भएको हो । ‘हामीले कुटपिटको अभियोगमा उनीहरूलाई पक्राउ गरेका थियौँ,’ प्रहरी प्रभाग जनसेवाका प्रमुख प्रहरी निरीक्षक अवदेश विष्टले नयाँ पत्रिकासँग भने, ‘अनुसन्धानको क्रममा अन्य केटीलाई पनि डान्सबारमा नांगो नाच नचाउन लगेको पाइएको छ ।’
Continue reading

क्याम्पसमा समिति

दमक/ दमक बहुमुखि क्याम्पसमा अईतवार भएको तेश्रो साधारणसभाले सुरेश सुब्बाको अध्यक्षतामा १७ सदस्यीय क्याम्पसको सन्चालक कार्यसमिति र्सबसहमत चयन भएको छ ।
क्याम्पसमा भएको साधारण सभाले उपाध्क्षमा भिमेसेन अधिकारी र सदस्यहरुमा सुुमित्रा बाङ्देल र्राई , सुमित्रा भण्डारी, महिन्द्रा सुव्वा र्राई, राम थापा, अर्जुन र्राई, भिम पौडेल, लोक प्रंसाद कन्दवा, राम चेम्जोङ, देउमान नेम्बाङ, नरहरी दाहल, दिपेन बाला र्राई, रोशन गौतम, नारदमणी धिमिरे, हिमालय दाहाल, बिक्रम शाह र्सव सम्मत रुपमा चयन हुन भएको हो । Continue reading

बन्दका कारण देशभरको जनजीवन प्रभावित

नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उपत्यका लगायत देशभर को जनजीवन प्रभावित भएको छ । उपत्यकाका लगायत देशभरका विभिन्न स्थानमा नेपाल आदिवासी जनजाति महासंघका कार्यकर्ताले विहानैदेखि जुलुस निकालि रहेका छन भने केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बन्दमा सवारी साधन संचालन गरेको गरेको भन्दै प्रदर्शनकारीले केही सवारी साधनमा तोडफोड गरेका छन् । बिहान सबेरैबाट प्रदर्शनकारीहरु राजधानीको चोकचोकमा जम्मा भइ यातायातका साधन बन्द गराउँदै हिडेका थिए । प्रदर्शनकारीले बन्दको अबज्ञा गरेको भन्दै चाबहिल, मिनभवन, कालीमाटीलगायत स्थनमा एक दर्जन सवारी साधन तोडफोड गरेको प्रहरीले जनाएको छ । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • August 2017
    S M T W T F S
    « Oct    
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।