लिम्बुवानका सख्त घाइते किसन उपचारपछि लिम्बुवान फर्के

लिम्बुवानको टाँडी, मोरङमा सम्पन्न लिम्बुवानी साँस्कृतिक आमसभामा सहभागी भई फर्कने क्रममा २०६८ बैशाख १७ गते टाँडी मोरङको बस दुर्घटनामा परी सख्त घाइते भएका एलभी किसन चेम्जोङ धरानको घोपाहुँदै काठमाडौको विशेष अर्थोपेडिक अस्पतालमा उपचारपछि आफ्नो घर लिम्बुवान फर्केका छन् ।

एलभी किसन चेम्जोङकै गाउँ जाँते २ मोरङमा एक कार्यक्रम गरी उनलाई आफ्नो घर परिवारमा पुर्‍याइएको हो । घाइते किसनको उपचारको लागि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सुनसरी जिल्ला कार्य समिति र काठमाडौं उपत्यका सम्पर्क कार्य समितिले विशेष योगदान पुर्‍याएका थिए । उनको उपचारका लागि मंचसम्बद्ध लिम्बुवान काठमाडौ उपत्यका, यूके, हङकङ र कतारसम्पर्क समितिले विशेष आर्थिक सहयोग पुर्‍याएको छ ।

Continue reading

संघीयता र स्वायत्तताका लागि दश जिल्लाका प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन : लिम्बुवानको मागप्रति गम्भीर भई संघीयता र लिम्बुवानको विरुद्धमा नलाग्न आग्रह

संघीयता र स्वायत्तताका लागि दश जिल्लाका प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन : लिम्बुवानको मागप्रति गम्भीर भई संघीयता र लिम्बुवानको विरुद्धमा नलाग्न आग्रह लिम्बुवान, २२ साउन २०६८/ संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, Continue reading

संघीयता र लिम्बुवानका लागि संघीय लिम्बुवान महिला परिषद प्रशिक्षित

दमक, झापा, लिम्बुवान २७ फागुन २०६७,
संघीयता गणतन्त्र धर्मनिरपेक्षता र लिम्बुवान स्वायत्त राज्य स्थापनाको आन्दोलनमा लिम्बुवानी महिलाहरुको भूमिका विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम २०६७ फागुन २७ गते लिम्बुवानको केन्द्रीय सम्पर्क कार्यालय दमक, झापामा सम्पन्न भयो ।
लिम्बुवानका सबै भातृसङ्गठहरुलाई प्रशिक्षित गराई सशक्त बनाउने अभियानअन्तर्गत मञ्च सम्बद्ध संघीय लिम्बवान राज्य परिषदअन्तर्गत संघीय लिम्बुवान महिला परिषदको आयोजनमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र महिला परिषदका महासचिव अमृत थेबेको प्रशिक्षकत्व र महिला परिषदका केन्द्रीय सदस्य सावित्रा लिम्बूको अध्यक्षतमा सम्पन्न भएको हो । Continue reading

लिम्बुवान मोरङको गाउँगाउँमा लिम्बुवान एलभीहरू सङ्गठित हुँदै

टाँढी, मोरङ, लिम्बुवान १२ चैत्र २०६७,

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उप-कमान्डर प्रेम तुम्बापोको प्रमुख आतिथ्यमा मोरङ जिल्लाको टाँढी गाविस वार्ड नं. ४ ढाँडे गाउँमा प्राइमरी कमाण्ड इञ्चार्ज, प्राइमरी कमान्डर, प्राइमरी सहायक कमान्डरलगायत २१ सदस्यीय एल. भी. प्राइमरी कमाण्ड गठन भएको छ । उक्त कमाण्ड गठन कार्यक्रमका अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य अशोक चेम्जोङले संघीयता र भावी लिम्बुवानका साथै संविधानमा लिम्बुवान राज्य सुनिश्चित गर्नको निमित्त गरिँदै आएको चरणवद्ध शान्तिपपूर्ण आन्दोलनको विषयमा प्रकाश पार्नुभएको थियो । Continue reading

संघीयवादी लिम्बुवान आन्दोलन झन चर्कंदैः

लिम्बुवानका स्थानीय निकायमा तालाबन्दी र शैक्षिक संस्थासमेत बन्द

लिम्बुवान २६ माघ २०६७, एकात्मक मतदाता नामावली सङ्कलन कार्यको विरुद्धमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सञ्चालन गरिरहेको शान्तिपूर्ण विरोध आन्दोलनमा माघ २२ गते धनकुटाको सीडीओ, डीएसपी र लिम्बुवान विरोधी एमालेहरुले मिलेर उल्लङ्घन गरी गाडी जलाएपछि लिम्बुवानको अनिश्चितकालीन आन्दोलन झन चर्किरहेको छ ।

शान्तिपूर्ण आन्दोलनलाई आफैले उल्लङ्घन गर्ने, जबर्जस्ती गाडी चलाउने अनि जलाउने र त्यसको क्षतिपूर्ति लिम्बुवान कार्यकर्ताबाट असुल्ने षडयन्त्रको विरुद्धमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको अरुणपूर्व ९ जिल्ला लिम्बुवान सडक बन्द कार्यक्रम जारिरहेको छ र माग पूरा नभएइञ्जेल अनिश्चितकालसम्म जारिरहने माघ २६ गते लिम्बुवानद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । Continue reading

लिम्बुवानको आन्दोलनमा तामाङसालीङले साथ दिने :

माग सम्बोधन नगरी दमन गरे आन्दोलनमा उत्रने चेतावनी

तामाङसालीङ २७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले निवार्चन आयोगद्वारा कुबेलामा गरिएको संघीयताको उपहास गर्ने एकात्मक शैलीको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य विरुद्धमा अरुणपूर्व ९ जिल्ला लिम्बुवानको संवैधानिक घोषणाको मागसहित गरिरहेको शान्तिपूर्ण आन्दोलनप्रति सरकारले सम्बोधन गर्नुको साटो निर्मम दमन र धरपकड गरिरहेकोभन्दै माच सम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदको पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्वाचन आयोगले गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यको शुरुदेखि नै विरोध गर्दै आएमा सो आन्दोलनप्रति माचसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदले विहीबार एक प्रेस विज्ञप्ति जारी गरी पूर्ण ऐक्यवद्धतासहित समर्थन गरेको छ ।
तामाङसालीङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङ “ख्युङ्बा”द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ- “निर्वाचन आयोगद्वारा संघीयता र नयाँ संविधान बन्ने कार्यको उपहास गर्दै एकात्मक शैलीमा गरिरहेको उक्त कार्यको विरोध गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको ९ वटा जिल्लाहरुमा प्रत्येक दिन आधाघण्टा चक्काजाम गर्ने शान्तिपूर्ण आन्दोलन गरिहेको थियो । Continue reading

लिम्बुवान काठमाडौं सम्पर्क समिति पनि आन्दोलनमा तयार :

कसैसँग सम्झौता नगर्न आग्रह

नेवाः काठमाडौं २७ माघ २०६७, संघीय लिम्बुवान राज्य परिषद उपत्यका सम्पर्क कार्य समिति काठमाडौंले मातृ सङ्गठन संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा सञ्चालन गरिरहेको निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली सङ्कलनको विरोध र लिम्बुवान स्वायत्त राज्यको संवैधानिक घोषणाको लागि भइरहेको आन्दोलनप्रति एक प्रेस विज्ञप्ति जाहेर गर्दै समर्थ्रन र सहयोग गर्ने बताएको छ ।

लिम्बुवान उपत्यका सम्पर्क कार्य समितिका कार्यवाहक अध्यक्ष विष्णुकुमार यक्सो र सचिव पद्मसुन्दर तुम्बाहाङ्फेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- “संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले शुरुदेखि नै औंठाछाप र फोटोसहितको एकात्मक निर्वाचन मतदाता नामावली सङ्कलन कार्यको विरोध गर्दै आएको कुरा सर्वविदितै छ । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • August 2017
    S M T W T F S
    « Oct    
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।