फाल्गुनन्द संग्राहलय बन्ने

सन्तोष नेम्बाङ ।
इलाम ज्येष्ठ १९ गते । इलाम जिल्लाको इभाङ गाविसमा पहिलो पटक राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनसँग सम्बन्धित वस्तुहरुलाई संरक्षण गर्ने उद्देश्यले फालगुनन्द संग्राहलय निर्माण हुने भएको छ । किरात धर्म सस्कृति तथा भाषा लिपी संरक्षण संर्वद्धन गर्न विभूती फाल्गुनन्द लिङदेनले पुर् याउनु भएको अतुलनिय योगदानको उच्च मुल्याकन गर्दै संग्राहलय बनाउन लागिएको हो । वि.स.१९४० कार्तिक २५ गते इलामको इभाङ गाविस चुक्चिनाम्बामा जन्मनु भएका लिङदेनले किरात समुदाय भित्रका चरम विकृती विसंगतिहरुलाई उन्मुलन गर्दै राष्ट्रको सभ्य र समुन्नत समाज विकासको परिकल्पना गरी वि.स.१९८८ मा सत्य धर्म मुचुल्का तयार पारी धार्मिक तथा सास्कृतिक अभियान शुरु गरेका थिए । फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ मा राष्ट्रिय विभुति घोषणा गरे पछि नेपाल राष्ट्रको विभूतिहरुको संख्या १७ पुगेको छ । यस अघि पनि विभुति फाल्गुनन्दको सम्मानमा हुलाक टिकट कक्षा- १० को नेपाली पुस्तकमा जीवनी छापिई सकेको छ । Continue reading

महागुरु फाल्गुनन्दलाई राष्ट्रिय बिभूति घोषणा,

नेपालका घोषित सत्रौ राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द
राष्ट्रिय बिभूती फाल्गुनन्द र उनीबाट बर्तमान बिश्वले सिक्नु पर्ने पाठहरु

बर्तमान नेपाल सरकारले गरेका थोरै तर असल कामहरुका फेहरिष्त बनाउने हो भने महागुरु फाल्गुनन्द लाई राष्ट्रिय बिभूती घोषणा गर्नुलाई एक मान्नु पर्दछ । राजा जनक, सीता, गौतम बुद्ध, अशुं बर्मा, राजा राम शाह, राजा पृथ्बी नारायण शाह, भीमसेन थापा अमरसिंह थापा, बलभद्र कुंवर, भक्ती थापा, राजा त्रिभुवन, कलाकार अरनिको, युवाकबी मोतिराम भट्ट, आदिकबि भानु भक्त आचार्य, शंखधर साख्वा:र महिला पर्बत आरोही पासाङ ल्हामु सेर्पा पछि नेपाल सरकारले सम्मान स्वरुप राष्ट्रिय बिभूतीको घोषणामा उनी सत्रौ हुन् ।

बि,स, १९४२को कार्तिक २५ गते आइतबारकादिन बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बुको कोखवाट शांहिला छोराका रुपमा जन्मिएका फाल्गुनन्दका न्वारान तथा जन्मदा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन हो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुने परम्पराबादी अन्ध बिश्वासका कारण उनका हातमा बांधिएका चुराकै भरमा उनको नाम फलामसिंह रहन गएको थियो । समयकालसंगै गाउँका युबाहरु जस्तै उनी पनि बेलायती फौजमा भर्तीपछि फलामसिंबाट उनको नाम फाल्गुनन्द रहन पुग्यो।

करिब आठ बर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने,नारीजाती सृस्टिकर्ता हुनाले उनीहरुलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसंग ‘माङसेवा’ (पुजा आराधना) गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त गर्नुभएका फाल्गुनन्द लिङदेनले सेनामा रहदा पनि सांझ बिहान पूजा पाठमा लीन रहने गरेका हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो । लडाईबाट बिश्व शान्ति स्थापना हुन नसक्ने कुरोको बोध गरेका फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागीरबाट राजिनामा गरी आफ्नो ग्यान तथा समस्त किंराती जातीहरुका मौलिक धर्म संस्कृतीको प्रचार गर्दै उनी भारतका बिभिन्न भाग लगायत भुटान हुदै पुर्बी नेपालको ईलाम आफ्नो जन्मस्थल आइपुगे । आफ्नो गाँउ,ठाँउ आफ्नो जात तथा बिशेष गरी किराँती जातिका लिम्बु समुदायमा सामाजिक बिसंगति, बिकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाक २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’का समाजका बरिष्ठ ब्याक्तित्वहरुलाई बोलाएर पाँश्थर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिकरुपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरि पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै बिंसगती, बिकृती र कुरितीहरुबाट मुक्त हुने र आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुंदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ, बनाईयो र करीब हजारौका संख्यामा उपस्थितहरुले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृती तथा दश बुदे मुचुल्काको प्रचार प्रसार गर्ने बचन बांधेर छुट्टिए । Continue reading

Falgunanda


Details :

जन्म- बिक्रम सम्बत १९४२ कार्ति २५ गते आइतवार,

जन्मस्थान- चुक्चिनाम्बा, ईलाम,

माता- हसमती लिम्बु,

पिता- जगनबाज लिम्बु, लिङदेन्

मृत्यु- २००५ चैत २२ गते पाँश्थर,

थोरै समय बेलायती सेनामा भर्ती भएका फाल्गुनन्द लडाईबाट बिश्व शान्ति नहुने मान्यतकासाथ सेनाबाट राजिनामा दिएर नेपालका पुर्बी २ अञ्चलमा बिभिन्न स्थानमा ‘माङहिम’ बनाउदै , समाजका बिसंगती बिकृतीहरु त्याग्न गाऊँ, गाउँ चेतना फैलाउदै हिड्ने महान पुरुष । बिक्रम सम्बत १९८८ बैशाखमा १७ थूम १० लिम्बुवानका सबैलाई आव्हान गरी दशबुदे ‘सत्यहाङ मुचुल्का’ बनाएकोमा तत्कालिन राणा शासकले राणा शासन बिरुद्ध गोलबन्द गरेको भन्ने आशंकामा सोधपुछकालागि काठमाण्डौ बोलाईएको र किँरातीहरुका पबित्र तिर्थ स्थल कुम्भकर्ण हो भनी कुम्भकर्ण हिमालको फेदीमा ‘माङहिम’ निर्माण गरि ध्यान तपस्या गरेका फाल्गुनन्दले समाज सुधारका अनेकन कामहरु गरेका छन्। उनीलाई समाज सुधारक, धार्मिक नेता मात्र होइन एक कुशल अर्थबीद पनि भनेर बुझिन्छ र अहिले राष्ट्रले उनलाई राष्ट्रिय बिभूतिको

श्रीजङगा


श्रीजङ्गा उनी लिम्वू भाषा प्रचार प्रसारमा रहदा सिक्किमका डुक्पाहरुले देशद्रोही को नाममा रुखमा बाधी मृत्यु दण्डको सजाय दिइएको थियो । त्यसैले उनी लिम्वूभाषाका पहिला शहिद हुन्, उनको जन्म १७६१ मंसिर २९ – मृत्यु १७९८ फागुन

इमान सिङ चेम्जोङ

Iman Xin Chemjong (January 1, 1904 – ?, 1975), from Nepal, was a Limbu historian, writer, linguist, lexicographer, folklorist and philosopher. His middle name Xin is also spelled as Singh due to mainstream Nepalese or Indian influence. He devoted his entire life to studying and documenting various facets of Kirati tradition and culture at a time when such activities were frowned upon and even punished by the Nepalese ruling elite as subversive and “anti-national”. Chemjong’s research into, and publication of, a Kiranti history and culture challenged perceptions of the Nepalese official Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • August 2017
    S M T W T F S
    « Oct    
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।