आलुको भकारी हेरेर छोरी दिने चलन

तपाईं पनि छोरीचेलीको विवाह गर्दै हुनुहुन्छ ? छोरी दिने घरमा के के सुविधा छन्, अनि सम्पत्ति कति छ भनेर हेर्नुहुन्छ होला । तर पर्वतको भोकसिङ्गमा छोरी दिनेले भने आलुको भकारी हेर्न थालेका छन् । जति धेरै आलु फलाउन सक्यो भोक्सङ्गवासीले उति नै गतिली बुहारी भित्रयाउने गरेका छन् ।

सदरमुकाम कुस्माबजारबाट दक्षिणपुर्वमा पर्ने भोकसिङ्गमा कृषकले आलुसँग धान साटेर वर्षभरि भात खाने भएकाले छोरी दिने आलुको भकारी हेर्न थालेका हुन् ।भोकसिङ्ग गाविसमा आलुमात्र उत्पादन हुने गर्दछ ।

जिल्लाको प्रमुख आलु उत्पादन पकेट क्षेत्रका रूपमा रहेको भोकसिङ्गका कृषकले वर्षमा १५ मुरीदेखि ३०० मुरीसम्म आलु फलाउने गर्दछन् । उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन् । यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लागेको छ । छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आएका दीनानाथ शर्माले भने- हामीले रोजीरोजी धान दिन्छौँ, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई ।
Continue reading

Advertisements

जेलमै प्रजनन् व्यवस्था मिलाउन रिट

राजविराज कारागारमा ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक दम्पतीले आफूहरुबीच प्रजनन व्यवस्था मिलाइपाउन सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरुले कारागार मुक्त हुने बेलासम्म प्रजनन शक्ति स्वत: बन्द हुने भन्दै पति-पत्नी सँगै बसी प्रजनन् अधिकार उपयोगको व्यवस्था मिलाउन माग गरेका हुन्।

करिव पाँच वर्षअघिदेखि सर्वस्वसहित जन्मकैदको सजायका लागि पुरुष बन्दी गृहमा रहेका ३७ वर्षका सुरजामरिक डोम र महिला बन्दी गृहमा रहेकी ३० वर्षकी निजकी श्रीमती छेटनीदेवीले उक्त रिट दायर गरेका हुन्। Continue reading

कुमारित्व फर्काउने क्लिनिक

बीबीसी पेरिस,
अरबी युवतीहरू बजारको एउटा मेडिकल क्लिनिकमा शल्यक्रियाको पालो पर्खिरहेका छन्, जसले उनीहरूको जीवनमा परिवर्तन मात्र ल्याउँदैन, बचाउँछ पनि । हालसम्म यो शल्यक्रिया आवश्यकता नभई रोजाइका रूपमा मात्र रहेको छ । करिब दर्ुइ हजार युरो खर्च लाग्ने यो शल्यक्रियामा ज्यादै कम जोखिम छ ।
त्यो क्लिनिक दर्ुबई वा कायरोमा होइन, पेरिसमा छ । र, उनीहरूले प्रतीक्षा गरेको शल्यक्रिया आफ्नो कुमारित्व पुनःस्थापित गर्न हो ।
अरबमा होस् अथवा एसियामा, अज्ञात संख्याका महिलाले गहिरोसँग जरा गाडेको प्रतिबन्ध उल्लंघन गरे भने पीडादायी समस्याको सामना गर्नुपर्छ । उनीहरूले विवाहेतर सम्बन्ध राखेको थाहा भयो भने समुदायबाट बहिष्कृत हुने र कतैकतै त हत्यासम्म हुने गरेको पाइन्छ ।
तिनीहरूमध्ये बढीभन्दा बढी महिला आफ्नो च्यातिएको झिल्ली -योनिच्छेद) जोड्ने शल्यक्रिया गरेर विवाहपर्ूवका यौन क्रियाकलापको चिनो मेटाउँछन् । विवाहको रात तन्नामा रगतका टाटा देखियोस् भन्नका लागि यसो गरिएको हो ।
सामाजिक दबाब यतिसम्म चर्को हुन्छ कि कुमारित्व तोडिएकै निहुँमा केही महिलाले त आत्महत्यासम्म गर्छन् ।
प्रतिशोधपर्ूण्ा आक्रमण हुने डरमा सोनिया आफ्नो परिचय लुकाउन चाहन्छिन् । उनी पे™सिको एउटा क्याम्पसमा अध्ययनरत पातली र सुनौलो कपाल भएकी युवती हुन् । Continue reading

आज देखि सुरु हुदैछ इंडियन आईडल ५

टीवी रियालिटी शो इंडियन आइडल को पांचौ संस्करण २६ अप्रैल देखि स्रुरु हुदैछ। यस पटक कार्यक्रम् को प्रस्तोता हुने छन पहिलो इन्डियन आईडल विजेता अभिजित सावंत र उसलाई साथ दिदैछिन पहिलो इन्डियन आईडल कै प्रथम पांच पुग्न सफल प्राजक्ता शुक्रे

अनु मलिक यो शो भन्दा पहिलो सिजन देखिनै अनुबन्धित भएको हुनाले यस् पटक पनि जज रहनेछ मलिक बाहेक संगित निर्देशक सलिम मर्चेट र गायिका सुनिधि चौहान पनि जज मा देखिने छन। इन्डियन् आईडल मा प्रस्तोत्कर्ता बनेको अभिजीत सावंत भन्छ उसको लागी यो खुशी को कुरा हो की जुन कार्यक्रमले उनलाई संसार सामु प्रख्यात् बनायो आज त्यहि शो को सुत्रधार भनेको छ।

अनु मलिक त इंडियन आईडल को पर्याय बनि सकेको छ त्यसैले शो को प्रचार् को लागी प्रेस वार्तामा आफुभन्दा बाँकी दुई जज को टिप्पनि गरिरहेको देखियो। सलिम मर्चेट को बारेमा अनु मलिक् भन्छन सलिम एक्दम हाजिर जवाफ किसिम्को व्यक्ति हो त्यसैले म चाहन्छु कि कसैले उन्लाई एक्दमै कडा प्रश्न सोधिदिए हुन्थ्यो ताकि उ कुनै गहकिलो जवाफ दियोस। Continue reading

महिलाहरुलाई कन्डोम सितैमा

अमेरिकाको राजधानी वाशिंगटन डीसीमा एचआईवी तथा एड्स रोक्नका लागि सितैमा
महिलाहरुलाई कन्डोम बाड्न थालेको छ। वाशिंगटन सितैमा कन्डोम बाड्न अमेरिका को पहलो शहर हुने भएको छ।
शहरका अधिकारिहरुका अनुसार महिलाहरुलाई सितैमा कन्डोम बाड्न काम तीन हप्ता भित्र अफ्रीकी मूलका अमेरिकी महिलाहरुको बाहुल्य रहेको स्थानबाट शुरु गर्ने भएको छ। यस्ता अमेरिकीहरु बढी जोखिमका साथ यौन सम्बन्ध राख्ने भएकाले यिनीहरुलाई चाडै यस रोग सर्ने डर बढी हुन्छ। Continue reading

भुकम्प आउनु पाँच दिन अघि नै चेतावनी

बैज्ञानिकहरुको एक अनुसन्धानका अनुसार भ्यागुताले भुकम्प आउनु पुर्व नै थाहा पाउछन । त्यस अनुसन्धानका अनुसार भ्यागुताले भुकम्प आउनु भन्दा करिब ५ दिन अगाडी नै थाहा पाउछन । यीनिहरुले पाँच दिन अगाडी नै चेतावनी दिन्छन् । द ओपन युनिभर्सिटीका शोधकर्ताहरुले इटालीको शहर ला एक्विलामा पछिल्लो वर्ष अप्रिलमा आएको भुकम्प पछि भ्यागुतामा गरिएको शोधबाट यस नतिजामा पुगेका हुन । अनुसन्धानको त्यस समयमा भ्यागुताहरु प्रजनन कार्यको महत्वपुर्ण समयमा थिए । तर पनि तीनिहरुले भुकम्प आउने संकेत पाँच दिन पहिले नै थाहा पाएकले आफ्नो बास स्थान छोडेर गएका थिए । त्यस समय बैज्ञानिकहरुले ९६ भ्यागुताहरुलाइ अनुसनधानमा प्रयोग गरेका थिए । Continue reading

जिवन देखि कत्तिको निराश हुनुभएको छ चाहेको चिजहरु नपाउँदा ?

मानिस लाई कहिले पनि केहीले पुग्दैन र जहिले पनि आफुलाई अरुको अगाडि केहि न केहि कमि भएको महशुस गर्छ । अनि जहिले पनि कम्प्लेन गरिरहन्छ । त्यसैले यसै सन्दर्भमा यँहा केहि यस्तै फोटोहरु राखेको छु । हेर्नुहोस र तपाई आफै सोच्नुहोस होस कम्प्लेन गर्नेत गर्ने तर कस्तो अवस्था मा ?

दु:ख कस्को जिवन मा छैन होला। Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • January 2018
    S M T W T F S
    « Oct    
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।