रक्सी खाएर गर्ने योगा

रक्सी खाएर मातेको मान्छेले पनि योगा गर्नु सक्दो रहेछ तस्विरहरु हेर्नुस त।

Continue reading

Advertisements

माओबादी ले गरेको आमहडतालका केहि दृश्यहरु।

Continue reading

विद्यार्थी-प्रहरी भिडन्त

नेपाल विद्यार्थी संघले गरेको आन्दोलनमा भएको ढुंगा हानाहानमा विद्यार्थी, प्रहरी र पत्रकारसमेत घाइते भएका छन्।
Continue reading

काठमाण्डौमा ताप्लेजुङ महोत्सव

यहि अप्रील १७ तारिकका दिन नेपाली नयाँ वर्ष को अवसर पारेर आफ्नो संस्कृती जोगाउने तथा ताप्लेजुङमा पर्टक लाई आकर्सण गर्ने हिसाबले काठ्माण्डौमा तिन् दिने ताप्लेजुङ संस्कृती कार्यक्रम् को आयोजना भएको थियो। सोहि अवसरमा आफ्नो परम्परागत लिम्बु पहिरन तथा नाच प्रदर्सण गर्दै।

लिम्बु पहिरनहरु तथा संस्कृती

Continue reading

किरातहरुको तिर्थस्थल सानो हात्तीवन किरात माङ्हिमको तस्विरहरु

Continue reading

पाथिभरा देवीको दर्शन गर्नु जाने होइन त ?

‘श्री पाथीभारा देवीको दर्शन गरौं, अलौकिक दैवी शक्ति र
अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौं ।’

परिचय
विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्गलिङ (लिम्बु भाषा मा फुलई फुल भएको ठाउँ) बाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन् । लिम्बूभाषामा “मुक्‍तु” को अर्थ शक्ति वा बल, “वुङ” को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरु पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रुपमा प्रकट गर्ने गर्दछन् ।

पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरुः
कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.
कञ्चनजंघा (C) ८४८२ मि., कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.
काङबाचेन ७९०३ मि.
कञ्चनजंघा (S) ८४७६ मि., मकालु ८४६३ मि.
लोत्से ८५१६ मि., नोत्से ७८५५ मि.

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरु छन् । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्‍त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरु जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरे।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ ।

आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरुप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी

माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन् । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ । तर पाथीभरा धाममा गर्भवति (Pregnant), नछुने (पर सरेकी Monthly Course) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरुको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन् । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रुपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रुपमा) चढाउने गर्दछन् ।

Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।