हङकङमा लिम्बुवान महिला परिषद गठन : परिषदमा अन्य सदस्य पनि प्रवेश

काउलून, हङकङ १३ मार्च २०११,
नेपालको नयाँ संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वको नौं जिल्लाहरु ऐतिहासिक भूगोलभएको आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ भन्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको भातृसङ्गठन संघीय लिम्बुवान महिला परिषद प्रवास कार्य समिति हङकङको याउ मा तेइ काउलून हिन्सको सभाहलमा गठन भएको छ ।
यही १३ मार्च २०११ आइतबारमा सम्पन्न भएको उक्त सभाले श्रीमती उर्मिला बेघाको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति गठन गरेको छ । Continue reading

Advertisements

हङकङमा हालसम्मकै भव्य लिम्बुवानी आमसभा सम्पन्न :

विश्वको जुनसुकै ठाउँमा रहेपनि लिम्बुवान आन्दोलनमा जोडिन आग्रह

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले यही जनवरी २ तारिखका दिन “संघीयता गणतन्त्र धर्मनिरपेक्षता र निर्णायक अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनको लागि लिम्बुवान आमसभा” भन्ने व्यानर र नाराका साथ हङकङमा भव्य लिम्बुवानी आमसभा सम्पन्न गरेको छ ।

हेनरी जी ल्योङ कम्युनिटी सेन्टर याउ मा तेई ,हङकङमा आयोजिक उक्त आमसभामा प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले आभसभालाई सम्बोधन गर्दै अहिलेको सन्दर्भमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक-धर्मरिपेक्ष राज्यको संविधान बन्ने सवाल महत्वपूर्ण विषय रहेको बताए । संविधानसभाद्वारा बन्ने संविधानमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा आत्मनिरर्णयको अधिकार र स्वशासनसहितको सङ्खुवा-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितता गर्न-गराउनका लागि आफूहरुले लिम्बुवान आन्दोलन अघि बढाइरहेको कुरा जानकारी गराए । सम्बोधनकै क्रममा प्रमुख अतिथि लिङ्देनले संसारको जुनसुकै ठाउँमा पुगे-रहे पनि लिम्बुवान आन्दोलनसँग जोडिऔं भनी सम्पूर्ण लिम्बुवानवासीहरुमा अनुरोध गरे । यसरी नै नेपालमा लिम्बुवान स्वायत्त राज्य स्थापना भएर यसले प्रगति र उन्नतिको शिखर चढ्नसके सबै लिम्बुवानवासीहरुको माङ्गेन्ना (गरिमा) उठ्ने निश्चित भएको विचार पनि व्यक्त गरे । Continue reading

हङकङेली पत्रकारहरु संगठित

हङकङ, आश्विन १७ –

हङकङमा क्रियाशिल पत्रकारहरुले ‘हङकङ नेपाली पत्रकार संघ’ गठन गरेका छन् । आइतबार आयोजित पत्रकारहरुको भेलाले किसन राईको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरेको हो । राई स्थानीय एभरेष्ट साप्ताहिकका सम्पादक हुन । कान्तिपुर दैनिकका हङकङ सम्वाददाता निर्मल श्रेष्ठ सचिव र नेप्सटाइम डट कमका सम्पादक विनय शाह संघका कोषाध्यक्ष रहेका छन् । अन्य सदस्यहरुमा एचके नेपालका पशन तमु र जगत अम्बु गुरुङ, मुलबाटोका अधिराज राई र सुकमाया राई ( कल्पना तुम्रोक ), Continue reading

मञ्च सम्वद्ध हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समिति गठन

२० सेप्टेम्बर २०१०,संघीय गणतान्त्रिक नेपालको अव वन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा आत्मानिणय अधिकार सहितको विशिष्ट स्वायत्त राज्य हुनु पर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण – सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु सहितको हुनु पर्छ भन्दै संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको सि.सि.ओ.अभियान अर्न्तर्गत हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समिति गठन भएको छ । १९ सेप्टेम्बर २०१०, आइतबारका दिन हङकङ आइल्याण्ड स्थित वान्चाईमा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको पहलमा भएको वृहत भेलाले श्री कुमार हाङस्रुङको अध्यक्षतामा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङ अन्तर्गत (मातहत) को हङकङ आइल्याण्ड क्षेत्रिय इलाका कार्य समितिको गठन गरेको छ । Continue reading

दुबईमा कारको ठक्कर बाट एक नेपालीको मृत्‍यु

ताप्लेजुङ् जिल्ला, चागे गाउँ बिकास समिती वार्ड नम्बर -६, लुम्सुम्बाङ निवाशी बर्ष २५ का ज्ञान बहादुर आङ्बुहाङ लिम्बूको गत सेप्टेम्बर – ४, २०१० शनिबारको दिन बिहान १:३० बजे दुबईको रसिद हस्पिटलमा निधन भएको छ । स्व ज्ञान बहादुर आङ्बुहाङ लिम्बूलाई २५ अगस्त-२०१० का दिन बेलुकी ४:३० बजे ड्युटी सकेर ड्राईभिङ सिक्न जाने क्रममा दुबईको अल्कोज एरियामा साइकलबाट बाटो काट्दै गर्दा एउटा भारतीय नागरिकको कारले ठक्कर दिएर टाउकोमा गहिरो चोट लागेपछी बेहोस् अवस्था (कोमा) मा रसिद हस्पिटलमा उपचारकोलागि राखिएको थियो । Continue reading

पान्थर मञ्चको दोस्रो वाषिर्क भेला

हङकङ,  अगष्ट २९ तारिक २०१० का दिन पान्थर मञ्च हङकङले दोस्रो वाषिर्क भेला याउ मा तेइ स्थित कम्युनिटी हलमा विभिन्न मनोरञ्जानात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ । प्रमुख अतिथीमा वयोबृद्ध तारा वीर गुरुङ र विषेश अतिथीमा वयोबृद्ध मन प्रशाद लिम्बु रहेको थियो ।सोही समय बिशेष  अतिथी मनपर्साद आङ्देम्बे ज्यु ले  सस्थालाई १०१० हङ्कङ डलर सहयोग कोरुपमा प्रदान गरे।
 सो औपचारीक कार्यक्रमको सञ्चलन संस्थाको सचिव प्रताप कोयु राईले गरेको थियो भने स्वागत भाषण उपाध्यक्ष हर्क रानाले गर्नु भएको थियो र सांस्कृतिक कार्यक्रमको सञ्चालन टिका माखीमले गर्नु भएको थियो । Continue reading

अरुणपूर्व लिम्बुवानका लागि हङकङमा गोलमेच सम्मेलन सम्पन्न

”संघीयता स्वायत्तता समावेशी अभियान; दिगो शान्ति समृद्धि अरुण-सप्तकोशीपूर्व लिम्बुवान” भन्ने मुल नाराका साथ मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्लासहितको स्वायत्त लिम्बुवान; ऐक्यवद्धताको आह्वान” शीर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ ।
अगष्त २२ आइतवारको दिन याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष श्री नबराज काम्बाङको सभापतित्वमा भएको थियो भने परिषदका उपाध्यक्ष विष्णु इङ्नामले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन परिषद हङकङका सचिव श्याम इङ्नामले गर्नुभएको थियो । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।