अबको भिडन्त ब्राजिल र होल्याण्डको

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटलब २०१० को क्वाटर फाइनलमा ब्राजिल र नेदरल्याण्डस् पुगेका छन्। नेदरल्याण्ड्स स्लोभाकियालाई २-१ ले हराउँदै क्वाटर फाइनलको यात्रा तय गरेको हो भने ब्राजिलले चिलीलाई ३-० ले हराउँदै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
नेदरल्याण्ड्स क्वाटर फाइनलमा, किपरलाई पहेलो कार्ड
विश्वकप फुटबल २०१० को समुह ‘ई’ को विजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको नेदरल्याण्ड्स र समुह ‘एफ’को उपविजेताका रुपमा दोस्रो चरण पुगेको स्लोभाकियाबीच भएको खेल २-१ जित्दै नेदरल्याण्डस् क्वाटर फाइनल पुगेको छ।
फिफा वरियताको चौथो स्थानमा रहेको नेदरल्याण्ड्स र ३४ औं स्थानमा रहेको स्लोभाकियाबीच दक्षिण अफ्रीकाको डर्बनस्थित डर्बन स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्स राम्रो प्रदर्शनका साथ स्लोभाकियालाई २-१ ले हराएको हो।
बलमाथि ५२ प्रतिशत अधिकार जमाउन सफल नेदरल्याण्ड्सले खेलको १८ औं र ८४ औं मिनेटमा गोल गर्‍यो। नेदरल्याण्ड्सका लागि जर्सी नं.११ का फरवार्ड अर्जेन रोबेनलले खेलको १८ औं मिनेटमा गोल गरेका हुन्। उनले ३१ औं मिनेटमा पहेलो कार्ड पाएका थिए । उनी नै म्यान अफ दी म्याच भए । Continue reading

Advertisements

अर्जेन्टिना र जर्मनी क्वाटरफाइनलमा प्रवेश

खेलका विजयी टिक अर्जेन्टिना र जर्मनी विश्वकप फुटबलको आउँदो शनिबार हुने क्वाटर फाइनामा भिड्ने भएका छन् । अर्जेन्टिनाले मेक्सिको र जर्मनीले इंग्लैण्डलाई पराजित गरेर अन्तिम ८ मा प्रवेश गरेका हुन् ।
आइतबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ३-१ ले पराजित गरी अन्तिम ८ मा प्रवेश गर्न सफल भयो। यो खेलसँगै अर्जेन्टिनाले लगातार चौथो जित हासिल गरेको हो । Continue reading

देखिँदै छ म्यारोडोना र मेस्सीको करामत

विश्वका उत्कृष्ट ३२ टोली आसन्न विश्वकपमा आमने सामने हुने निश्चित भएपनि अहिले चर्चा भने एउटा मुलुकले मात्रै प्रमुखताका साथ पाएको छ । त्यो हो, दक्षिण अमेरिकी टोली अर्जेन्टिना । अजेन्टिनाले विश्वकपका बाँकी ३१ प्रतियोगिलाई ओझेलमा पारेको छ, भन्दा फरक पर्दैन । विश्वकपलाई अर्जेन्टिना केन्द्रित कथा मान्ने हो भने त्यसका दर्ुइ प्रमुख पात्र प्रशिक्षक म्याराडोना र मेस्सी हुन् ।
यी विश्व प्रसिद्ध दर्ुइ हस्तीबीचको समानता, रहस्य र संयोगले यस पटकको विश्वकप अर्जेन्टिना केन्द्रित बनेको छ । २४ वर्षघि दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउँदा म्याराडोना टोलीका कप्तान थिए । कप्तानको हैसियतमा उनको प्रशंसा एकातिर गरियो भने अर्कातर्फउनको सनसनीपर्ूण्ा पर््रदर्शनको । २४ वर्षछि उनको सोही खेल कौसलको छनक स्टार खेलाडी लियोनल मेसीमा देखिएकेा छ । जसको उदाहरण स्वरूप उनले आफूलाई फिफा वर्षखेलाडीको उपाधि जित्ने पहिलो अर्जेन्टाइन खेलाडी बनेर देखाइसकेका छन् । उनमा त्यो छनक देखिरहेका बेला टिमलाई म्याराडोनाले प्रशिक्षण गर्दै छन्, जसको मेसिमा प्रभाव पाइन्छ । साना कदका दुव्ौ खेलाडी खेेल पुस्ताका हिसाबले आ-आफ्नो समयमा दुवै प्रख्यात थिए र, छन् । Continue reading

रोनाल्डो आफूलाई कमजोर मान्दैनन्

म्याडि्रड/ रियल म्याडि्रडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अहिलेको अवस्थामा बार्सिलोनाका लियोनल मेसी सफल फुटबलर भए पनि आफूलाई कमजोर नमान्न आग्रह गरेका छन् ।

रोनाल्डोको भनाइमा मेसी वास्तवमै प्रतिभाशाली खेलाडी हुन्, तर राम्रा खेलाडीको सूचीमा उनलाई मात्रै समावेश गरिनु गलत हो । इटालीको पत्रिका ला स्टम्पासँगको कुराकानीमा उनले सो धारणा राखेका हुन् ।

ँहुन सक्छ, हो,’ ब्रह्माण्डमा मेसी नै उत्कृष्ट खेलाडी हुन् ? भन्ने प्रश्नमा रोनाल्डोको जवाफ थियो । तर, लगत्तै उनले आफू पनि कमजोर खेलाडी नरहेको धारणा राखे ।

ँतर झूटो नबोली भन्नुपर्दा बार्सिलोनाले पनि अहिले पनि राम्रो खेलिरहेको छ । त्यो क्लबले अन्तिम ५-६ ट्रफी जितिसक्यो र अहिले ला लिगामा पनि अगाडि छ,’ उनले भने ।
Continue reading

विश्वकप अहिलेसम्मकै भव्य र स्मरणीय हुने

जोहानेसवर्ग, वैशाख ९ (एजेन्सी)- दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले ५० दिनपछि सुरु हुने विश्वकप फुटबल आफ्नो देशले सम्भावना र राष्ट्रिय विविधता देखाउनका लागि पाएको सबैभन्दा ठूलो अवसर भएको बताएका छन्।

विश्वकप आउन ५० दिन बाँकी रहेको अवसरमा मध्यसहर किम्बर्लीमा आयोजित समारोहमा भने, ‘हामीले आफ्नो क्षमता, देशको सम्भावना र दक्षिण अफ्रिकाको मैत्रीभाव विश्वलाई प्रत्यक्ष रूपमा देखाउनका लागि पाएको इतिहासकै सबैभन्दा ठूलो अवसर हो। त्यसैले विश्वकप २०१० को भव्यतामा कुनै कमी आउने छैन। विश्वकप फुटबलको यो संस्करण पाएको अहिलेसम्मको सबैभन्दा भव्य र स्मरणीय हुनेछ।’

उनले विश्वकप आयोजनाका लागि दक्षिण अफ्रिका पूर्ण रूपमा तयार भइसकेको घोषणा गर्दै आफूलगायत सम्पूर्ण देशवासीले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको व्यग्र साथ प्रतीक्षा गरिरहेको बताए। सम्पूर्ण विश्वले दक्षिण अफ्रिकालाई एकत्रित भएर हेर्नुलाई पनि देशको सफलताको रूपमा व्याख्या गरे। उनले भने, ‘अहिले सम्पूर्ण विश्वको ध्यान हामीतिर तानिएको छ। सबैले हाम्रो देशमा भइरहेका हरेक विकासक्रमलाई नजिकबाट नियालिरहेका छन्। हामी १९९४ मा मात्र शान्तिपूर्ण रूपमा प्रजातान्त्रिक पद्दतिमा रूपान्तरित भएका हौं, त्यसैले यो १६ वर्षको अवधिमा विश्वकप फुटबलजस्तो ठूलो खेलमेला आयोजनाका लागि आफूलाई तयार गर्नु हामीले गौरव गर्न लायक विषय हो।’
Continue reading

टोटनहामसँग चेल्सी पराजित

लन्डन/एजेन्सी-
चेल्सीका प्रशिक्षक प्रशिक्षक कार्लो एन्सिलोट्टीले इंग्लिस प्रिमियर लिगमा टोटनहामसँगको हारका वावजुत पनि आफ्ना खेलाडीहरुलाई विचल्लीत नहुन आग्रह गरेका छन् ।
टोटनहामले शनिबार सम्पन्न खेलमा तालिकाको शीष स्थानमा रहेको चेल्सीलाई २-१ गोल अन्तरले हराएको थियो । दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर युनाईटेडले भने जित हात पादै चेल्सीसँगको दुरी मात्र एक अंकमा छोट्टाएको थियो । युनाईटेडले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
‘हामीलाई थाहा छ । हामीले बाकि तीन खेलमा के गर्नु पर्छ भनेर’, प्रशिक्षक एन्सिलोट्टीले भने,’ तर, यो हारवाट हामी विचल्लीत भएका छैनौं ।’
एन्सिलोट्टीले थपे,’ लिगमा बाकि तीन खेल मात्र रहदा हामी लिगको शिर्षस्थानमा छौं । यो स्थानमा जो कोही पनि रहन चाहन्छ ।’
२-० गोलको अग्रता लिदै टोटनहामले चेल्सीलाई मध्यान्तरअघि नै पाखा लगाई सकेको थियो । चेल्सीबिरुद्ध जरमेन डेफो र ग्रेथ वालेले गोल गरे ।
खेलमा पछि परिरहेको चेल्सीलाई पुन ठूलो धक्का लाग्यो । जब, कप्तान जोन टेरीलाई रेप्रिmले दोस्रो पहेलो कार्ड देखाए । जसले गर्दा अब कप्तान टेरी आइतबार स्ट्रोकसँग हुने खेलमा सहभागीता जनाउन सक्ने छैनन । Continue reading

आरसिटिलाइ बुढासुब्बा गोल्डकपको उपाधि

धरान । विभागीय टिम नेपाल पुलिस क्लबको सर्वाधिक उपाधि जित्ने सपना चकनाचुर बनाउदै आरसिटिले 12 आै अन्र्तराष्टिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको उपाधि कब्जा गरेको छ । धरान रंगशालामा शनिबार सम्पन्न फाइनलमा आरसिटिले पुलिस क्लबलाइ टाइबेकरमा 3 – 1 ले हराउदै उपाधि कब्जा गरेको हो ।

टाइबेकरमा आरसिटिका गोलकिपर दिलिप क्ष्त्री पुलिसको तीन वटा पेनाल्टी प्रहार रोकेपछि पुलिसले उपविजेतामा चित्त बुभmउन बाध्य भयो । बुढासुब्बामा दोस्रो पटक सहभागी आरसिटिले 057 सालमा बर्ड डे कप जिते पछिको यो ठुलो उपाधि हो । यसअघि बुढासुब्बाको पहिलो सँस्करणमा सहभागी आरसिटि सेमीफाइनलसम्म पुगेको थियो । आरसिटिका गोलकिपरले पुलिसको भोला सिलवाल, योगेश श्रेष्ठ र रविन श्रेष्ठको पेनाल्टी प्रहार रोके । पुलिसका दिपेन श्रेष्ठले मात्रै गोल गर्न सके । आरसिटिका तफबाट भने कृष्ण कुँवर, सन्तोष गुरुङ र दिपक राइले गोल गरे । त्यसअघि, निर्धारित 90 मिनेटको खेलअवधिमा दुवै टिमबाट 2 – 2 बराबरी गोल भएको थियो । त्यसपछि थप गरिएको 15 मिनेटको अवधिमा पनि गोल हुन नसकेपछि खेलको निर्ण्ाय टाइबेकरबाट भएको थियो । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।