केटी बेचेको आरोपमा मोडल पक्राउ

नेपाली युवतीलाई सिंगापुर लगेर नांगै नाच्न लगाउने गरेको आरोपमा मोडल रमिता भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीको नेतृत्वमा आधा दर्जन नेपाली युवतीलाई सिंगापुरको नांगो नाच हुने बारमा पुर्‍याइएको प्रहरी दाबी छ ।

सिंगापुरबाट फर्केकी काठमाडौंनिवासी अनिता नकर्मीको उजुरीको आधारमा प्रहरीले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । भण्डारीसँगै अर्की मोडेल शबु शाह पनि पक्राउ परेकी थिइन्, तर उनलाई बेलुकी छाडिएको छ । केही समयअघि मात्रै सिंगापुरबाट नेपाल फर्केका उनीहरू शनिबार फेरि सिंगापुर उड्ने तरखरमा थिए ।

प्रहरीले सुरुमा नकर्मीमाथि कुटपिटको आधारमा उनीहरूलाई पक्राउ गरे पनि हिरासतमा राखेर अनुसन्धान गर्दा युवती बेचविखनको खुलासा भएको हो । ‘हामीले कुटपिटको अभियोगमा उनीहरूलाई पक्राउ गरेका थियौँ,’ प्रहरी प्रभाग जनसेवाका प्रमुख प्रहरी निरीक्षक अवदेश विष्टले नयाँ पत्रिकासँग भने, ‘अनुसन्धानको क्रममा अन्य केटीलाई पनि डान्सबारमा नांगो नाच नचाउन लगेको पाइएको छ ।’
Continue reading

Advertisements

कांग्रेस कार्यकर्तामाथि गोली प्रहार

बर्दीया/जिल्ला सदरमुकाम गुलरिया-९ मा मंगलबार साँझ अज्ञात समूहले कांग्रेसका क्रियाशील सदस्य किट्टु यादवको हत्या प्रयास गरेको छ । दर्ुइ गोली प्रहार गरिएपछि गम्भीर बनेका किट्टुलाई साँझै उपचार्रार्थ नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । उनको प्राथमिक उपचार गुलरियास्थित जिल्ला अस्पतालमा गरिएको थियो । अस्पतालले थप उपचारका लागि नेपालगञ्ज लान भनेको थियो ।
साँझ पौने सात बजे भएको सो घटनाको राति अबेरसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । Continue reading

मार्ने धम्की दिएर दुई महिनादेखि यौनशोषण

महेश श्रेष्ठ, (धरान), दुई महिनाअघिदेखि ज्यान मार्नेसम्मको धाकधम्की दिँदै सुनसरी भुटाहका अब्बास अन्सारीले यहाँस्थित एक १८ वर्षीया युवतीलाई निरन्तर यौनशोषण गर्दै आएको खुल्न आएपछि प्रहरीकहाँ उजुरी गर्दा बॆवास्ता गरिएको पीडितकी फुपूले बताएकी छिन्।

मोरङ डाँगीहाटकी ती युवती धरान-९ स्थित फुपूको घरमा आएका बेला ठेकेदार फुपाजुसँग ज्यालामजदुरीको काम गर्ने अन्सारीसँग गत असोज महिनामा भएको विश्वकर्मा पूजामा परिचय भएको थियो। त्यसपछि उनीहरुबीच दाजुबहिनीको सम्बोधन रहेको पीडित युवतीले बताइन्। उनका अनुसार गएको वैशाख ४ गते भने निज अन्सारीले घुम्न जाऊँ भनेर फकाई इटहरीमा पुर्याएर कोक खुवाएर बेहोस बनाई बलात्कार गरेको र त्यसपश्चात् कसैलाई भनेमा मारिदिने र फुपूफुपाजुलाई समेत सिध्याइदिने धम्कि दिए।
Continue reading

कुवेतमा नेपाली युवती पक्राउ

१७ जून २०१० को कुवेत टाइम्स दैनिकका
अनुसार, कुवेतको सावा अल-सालेमस्थित एक नेपाली घरेलु महिला कामदारले आफै कार्यरत कुवेतीको
घरमा अवैध यौन सम्बन्ध कायम गरी शिशु जन्माएकी र उनले आफ्नो अपराधलाई लुकाउने
प्रयत्नमा उक्त शिशुलाई फोहोर फाल्ने ठाँउमा फालेको र फालिसकेपश्चात: कुवेती घर मालिक्निले
थाहा पाई पुलिसलाई खबर गरेकोले उनी अहिले पक्राउ परि पुलिस अनुसन्धानमा र नवजात शिशु
अस्पतालमा रहेको जनाईएको छ । ति नेपाली युवतीको नाम र अन्य स्रोत भनें खुलाईएको छैन
Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • January 2018
    S M T W T F S
    « Oct    
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।