सहअस्तित्ववाद, संघीय सामुदायिक समाजवादको फर्मुलामा हाम्रो सवै शक्ति खर्चि रहेका छौं – कुमार लिङ्देन ‘मिराक’

नेपालीसमाचारका सम्पादक देवेन्द्र सुर्केलीले समसामयिक विषयमा चर्चित युवा नेता कुमार लिङदेन संग लिएको संक्षिप्त अन्तवार्ता प्रस्तुत गरिएको छ ।

जेठ १५ देखि लिम्बुवान सरकारको घोषणा गर्नु भएको थियो नि अहिले जारी छ ?

छैन । यसलाई धेरैले समानान्तर सरकारका रुपमा पनि लिएका थिए । हामीले त छायाँ सरकार भनेका हौ । तर अहिले त्यो कार्यक्रम स्थगित गरेको छौं । कारण संविधान सभापछि एकात्मक राष्ट्रवादीले वितण्डा मच्चाउने विश्वस्त सूचना हामीले प्राप्त गर्यौं । त्त्यसैले सो कार्यक्रम हालका लागि स्थगित गरिएको हो ।kumar lingden copy

घोषित कार्यक्रम संचालन गर्न नसकी सूचनाको वहाना वनाउनु भएको त हैन ?

विलकुलै होइन । लिम्बुवानमा छायाँ सरकारमात्र होइन सरकार नै साचालन गर्न सक्षम छ । त्यसको लागि आन्दोलनको नेतृत्व गर्न माच सक्षम छ ।

त्यसो भए अहिले त फुसर्दमा पो हुनु हुँदो रहेछ ?

कहाँ हुनु फूर्सद । हामीले उक्त कार्यक्रमलाई थाँति राखेर आफ्नो राजनीतिक मुद्दाहरु माथि मंच सम्वद्ध लिम्बूवान लिम्बुवानमा मात्र होइन वडा-वडाका संगठनमा व्यापक अन्तर्क्रिया र वहसमा व्यस्त छ ।

साँचै यस पाली ‘लिम्बुवान र खम्बुवानुका प्रतिनिधीलाई यूरोपीयन यूनियनका संसदीय टोलीले भेट्ने कुरा चर्चामा रह्यो यथार्थ के हो ? Continue reading

“सनराइज साप्ताहिक हङकङ”का लागि – अन्तर्वार्ता (जुलाई १५, ०१०)

बिक्रम सुब्बा                      प्र – आफ्नो शुरुवाती लेखनलाई कसरी सम्झनुहुन्छ तपाइँ ?
पालाम्, के:म्बा साम्लो, हाक्पारे, ख्याली जस्ता अभिव्यक्तीमा निहित कवितात्मक-लयात्मकता र त्यसभित्रको रस बाल्यकालमै मेरो लिम्बु मातृ-साँस्कृतीले रगतमा हालिदिएको कुरा अहिले म सम्झन्छु । गायन, वादन, नृत्य र अभिनय सिक्ने ठाउँ छन् तर कविता लेख्नका निम्ती सिक्ने वा सिकाउँने ठाउँ नेपालमा छैन । सँस्कृत पढ्नेले छन्द सिक्छन् तर गद्य कविता लेख्ने हामीहरू त भुइँफुट्टा कवि भएछौँ भनेर सम्झन्छु । गद्य कवितामा आफैले लय सृजना गरेर कविता लेख्नु गाह्रो कुरा रहेछ भनेर पनि सम्झन्छु ।
प्र – पञ्चायती व्यवस्थाका विरुद्ध लेख्दा तपाइँहरु कम्युनिस्ट सत्तालाई निर्विकल्प विकल्पको रुपमा उभ्याउनुहुन्थ्यो, अहिले के भन्नुहुन्छ ?
डाइलेक्टिकल र हिस्टोरिकल मेटेरलिज्म जस्ता वैज्ञानिक आधारमा समाजलाई विश्लेषण गरेर बुझ्नु, समाजका विद्यमान अन्तरविरोधहरूलाई सही ढंगले संचालन गरेर समतामुलक समाजको निर्माणतिर बढनु – ‘कम्युनिष्ट रोडम्याप’ हो । यो हिजो पनि ठीक थियो र अर्को वैज्ञानिक दृष्टिकोण नआएसम्म यो आज पनि सही छ । समाजलाई हालको अवस्थाबाट नयाँ कुन अवस्थामा पुर्या उँने चाहना गरेको हो ? सो अवधारणा प्रष्ट नभए त कुइरोको काग हुन पुगिन्छ ।
Continue reading

नेपाल प्रज्ञ्या प्रतिस्ठानका कुलपती श्री बैरागी काईला ( तिल बिक्रम नेम्बाङ) ज्यु सङग कुराकानी।

Continue reading

जेठ १४ मा संविधान बनाउने पर्याप्त समय अब रहेन

सुवास नेम्वाङ, संविधानसभा अध्यक्ष, सभामुख हुँदा या संविधानसभाको अध्यक्षमा निर्वाचित भइसकेपछि पनि राजनीतिक दलहरू एकजुट हुनुपर्ने कुरामा निरन्तर जोड दिइरहने र प्रत्येक महत्त्वपूर्ण विषयलाई सहमतिका आधारमा टुङ्गो लगाउनुपर्छ भन्ने मान्यतालाई संसद् र संविधानसभामा स्थापित गर्न निरन्तर लागिरहनुभएका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ संविधानसभाका २५वटै दलका लागि प्रिय हुनुहुन्छ ।
निष्पक्षता र सहमतिका आधारमा निर्णयगर्ने विशेषताकै कारण उहाँका कार्यशैलीका विरुद्ध कसैले पनि टिप्पणी गर्ने हिम्मत गर्दैनन् । संविधान निर्माण कार्यलाई निर्धारित समयमै टुङ्गो लगाउने गरी अध्यक्ष नेम्वाङले जिम्मेवार दलका शीर्ष नेताहरूसँग औपचारिक अनौपचारिकरूपमा भेटघाट जारी राखी निक्कै समय छलफलमा बिताउनुभयो । तर, संविधान निर्माण कार्यसँगै अन्य विषय पनि जोडिएपछि मत भिन्नताका विषयहरू जति छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन । Continue reading

मिना सुब्बा संगको अन्तर्वार्ता

संविधान नबन्ने हो कि भन्ने शंका छ”” जहाँ गए पनि आफ्नो राष्ट्र, राष्ट्रियता, भाषा र संस्कृतिलाई माया गरौं, आफ्नो संस्कृतिलाई नभुलौं ।” – Meena Subba
मीना सुब्बा एकजना संघर्षशील एवं उदाहरणीय महिलाको नाम हो । धरान नगरपालिकामा स्थायी घर भई सुनसरी जिल्लालाई आफ्नो कार्यथलो बनाएर राजनीति एवं समाज सेवामा क्रियाशील उहाँ हाल नेपाली कांग्रेसको महासमिति सदस्य एवं नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत हुनुहन्छ । नेपाल रेडक्रस सोसाइटीको सुनसरी उपाध्यक्ष रहेर चार वर्षदेखि सामाजिक सेवामा समेत संलग्न रहादै आउनुभएकी सुब्बा हाल आएर सभापति पदको प्रत्यासीसमेत बन्नुभएको छ । बगैंचा डटकमसितको कुराकानीमा उहाँ प्रवासमा रहेका नेपालीलाई सन्देश दिँदै भन्नुहुन्छ– “जहाँ गए पनि आफ्नो राष्ट्र, राष्ट्रियता, भाषा र संस्कृतिलाई माया गरौं, आफ्नो संस्कृतिलाई नभुलौं ।”

लामो समयदेखि राजनीतिलाई पेशाको रुपमा अपनाएर हिँडिरहनु भएको छ, यस क्षेत्रलाई नै किन रोज्नुभयो ?
पिछडिएका महिलाहरूको अवस्थामा सुधार ल्याउन सामाजिक कामहरूका अतिरिक्त महिलाहरू आफैं पनि नीति निर्माणकै तहसम्म नपुगिकन हुँदैन भन्ने सोचले गर्दा नै मैले राजनीतिलाई रोजेकी हुँ ।

Continue reading

नेपाली संगीतको छुट्टै विशेषता छ

गायक कुवेर राई
अहिलेको नेपाली सांगीतिक माहौललाई कसरी लिनुभएको छ ?
अहिलेको माहौलमा कतिपय नेपाली संगीतमा थोरै मात्र नेपालीपन देखिन्छ । धेरै जसोमा आयातित जस्तो लाग्छ । हरेकलाई कस्तो संगीत रोज्ने भन्ने आफ्नो स्वतन्त्रता त छ । तर स्वतन्त्रताको दुरुपयोग गर्नु भएन । ‘शब्द’ छनौटमा स्तरीयताको खाँचो छ । यसोभन्दा कसरी आफ्नोपन ‘कि्रएट’ गर्ने भन्ने लाग्छ । उत्तर सहज छ शब्दको उच्चारणमात्र नभई संगीत भर्दा नेपाली संगीत हो भन्ने वाध्यवाधनको प्रयोग गर्न सकिन्छ । नेपालीपन कायम गर्न ठूलो समस्या हैन । तर यस्को कारण स्वच्छन्दताता पनि हो । यो स्वच्छन्तदालाई परिमार्जन गरी शालीन रुपमा प्रस्तुत गर्दा नेपालीपन सहजै आउँछ ।

नेपाली संगीतजगतमा बौद्धिकताको वहस पनि बेला-बेलामा उठ्ने गर्छ । तपाईँ चाहीँ के भन्नु हुन्छ ?
बौद्धिकतालाई कसरी मापन गर्ने तर पनि अधिकांश सांगीतिक कर्मीमा यस्को प्रभावकारी वहस हुन सकेको छैन । फेरि सरी लिने भन्ने कुरा पनि आ-आफ्नो बिचार हो । एउटा कलाकार किन सांगीतिक क्षेत्रमा आयो भन्ने कुराले पनि यस्तो कुरा निर्धारण गर्दछ । पैसाको लागि आयो कि सेवाको लागि भन्ने कुरा पनि मुख्य हो जस्तो लाग्छ । त्यसैले कतिपयले चल्तीको प्रस्तुति मात्र दिन्छन् । यस्को कारण नै टीकाऊ र विकाऊ हो । यसवीचको सन्तुलनले नै नेपालीपन कायम गर्छ । यो नै नेपाली संगीतको विशेषता हो । Continue reading

गाउन मात्रै जानेँ, धाउन जानिनँ

मायाले मूलबाटो भुलेछ, टाढा भए के भो मायालु, सागर रहेछ माया, बिरानो आकाशमा जस्ता चर्चित गीतका गायक कुवेर राईलाई एक समय दोस्रो पुस्ताका नारायणगोपाल भन्ने धेरै थिए । पाँच दर्जनभन्दा बढी गीत गाइसकेका राईलाई ‘स्वर कुवेर’ को उपाधि दिने पनि कम्ती थिएनन् । तर, उनलाई विभिन्न ‘उपाधि’ ले विभूषित गरिदिने उदारमना महानुभावलाई थाहा नहुन सक्छ- अहिले उनी इलामका बारी, खेत, भीरपाखामा गाइरहेका छन् । पूर्वमा सम्भवतः सबैभन्दा लोकपि्रय गायक हुन् उनी । गायक बन्न काठमाडौं आएका उनी काठमाडौंमा टिक्न सकेनन्, जन्मथलो श्रीअन्तुडाँडामै फर्किन बाध्य भए । अहिले उनी खेती-किसानी गरिरहेका छन् । उनै गायक-किसान (या किसान-गायक) का विगत/वर्तमान उनकै बोलीमाः
बाबित्नु भएपछि म जेठो छोरो भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी मेरो कलिलो काँधमा आयो । अल्लारे थिएँ म- दुनियाँका चालचलनबाट बेखबर । आफ्ना रहर र सपनालाई एउटा कुनामा थन्क्याएर घर चलाउनुपर्‍यो मैले । पढाइमा पूर्णविराम लाग्यो । दस कक्षासम्म पढेको छु ।
गाउन असाध्यै रहर लाग्थ्यो । मीठो गाउँछस् भन्थे साथीभाइ । मेरा लागि संगीतको गुरु भने पनि, पाठशाला भने पनि लाहुरेको काँधमा झुन्डिएर आउने रेडियो थियो । गाउँमा लाहुरे घर आउँदा बुट बजार्दै, रेडियो घन्काउँदै आउँथे । उनीहरूले ल्याएका रेडियोबाट घन्किने गीत एकसरो सुन्नासाथ मलाई कण्ठ हुन्थ्यो । गीत सुन्नेबित्तिकै म गाउन थालिहाल्थेँ । रेडियो सुनेकै भरमा म राम्रो गाउन सक्ने भएँ ।
एक दिन संगीतकार दाइ मानसिंह थुलुङले भन्नुभयो, ‘कुवेर, तिम्रो स्वर राम्रो छ । Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • August 2017
    S M T W T F S
    « Oct    
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।