संघीयता र लिम्बुवानका लागि संघीय लिम्बुवान महिला परिषद प्रशिक्षित

दमक, झापा, लिम्बुवान २७ फागुन २०६७,
संघीयता गणतन्त्र धर्मनिरपेक्षता र लिम्बुवान स्वायत्त राज्य स्थापनाको आन्दोलनमा लिम्बुवानी महिलाहरुको भूमिका विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम २०६७ फागुन २७ गते लिम्बुवानको केन्द्रीय सम्पर्क कार्यालय दमक, झापामा सम्पन्न भयो ।
लिम्बुवानका सबै भातृसङ्गठहरुलाई प्रशिक्षित गराई सशक्त बनाउने अभियानअन्तर्गत मञ्च सम्बद्ध संघीय लिम्बवान राज्य परिषदअन्तर्गत संघीय लिम्बुवान महिला परिषदको आयोजनमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र महिला परिषदका महासचिव अमृत थेबेको प्रशिक्षकत्व र महिला परिषदका केन्द्रीय सदस्य सावित्रा लिम्बूको अध्यक्षतमा सम्पन्न भएको हो ।
प्रशिक्षणमा प्रमुख प्रशिक्षक कुमार लिङ्देन “मिराक”ले नेपालको संघीयतावादी आन्दोलनमा लिम्बुवान र यसको भूमिका लिम्बुवानको आन्दोलनमा महिलाहरुको भूमिका र अब गर्नुपर्ने योगदान आदिबारे प्रशिक्षण दिएका थिए ।
संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङको उद्घोषणमा सञ्चालित यस कार्यक्रममा अर्का प्रशिक्षक महिला परिषदका महासचिव अमृता थेबेले लिम्बुवानी महिलाहरुमाथि एकात्मक कानुनले पुर्याइरहेको बाधाहरु र यसका लागि लिम्बुवानी महिलाहरुले खेल्नुपर्ने भूमिका बारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रमको समापन गर्ने बेलामा समापन मन्तव्य दिँदै प्रमुख प्रशिक्षक कुमार लिङ्देनले संघीयता भएर लिम्बुवान भएपछि काठमाडौले खोसेको हाम्रो अधिकारहरु हामीले पुनः खोसी लिम्बुवानमा ल्याउन सक्ने र यसरी लिम्बुवानमा अधिकार प्राप्त भइसकेपछि महिलाहरुले सङ्घर्ष नै गर्नु परेमा पनि पहुँच पुग्ने बताउँदै यसकारण संघीयता र अरुणपूर्व लिम्बुवान आजको अपरिहार्यता भएको सम्झाए ।
अन्तमा, प्रमुख प्रशिक्षक लिङ्देनले महिला परिषदको सक्रियतामा कम्तीमा दशहजार जना मातृपार्टीका क्रियाशील सदस्य सङ्ख्या बनाउन आग्रह गर्दै जति धेरै क्रियाशील सदस्य हुन्छन् र महिला नेतृत्वहरुलाई जति धेरै जिताउन सक्षम हुन्छन् त्यतिनै महिलाहरुको राजनीतिक हैसियत पनि बढ्ने बताउनु भयो ।

– डीबी आङ्बुङ, फोटोः चन्द्रा नेम्बाङ

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2011
    S M T W T F S
    « Feb   Aug »
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।