लिम्बुवान मोरङको गाउँगाउँमा लिम्बुवान एलभीहरू सङ्गठित हुँदै

टाँढी, मोरङ, लिम्बुवान १२ चैत्र २०६७,

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उप-कमान्डर प्रेम तुम्बापोको प्रमुख आतिथ्यमा मोरङ जिल्लाको टाँढी गाविस वार्ड नं. ४ ढाँडे गाउँमा प्राइमरी कमाण्ड इञ्चार्ज, प्राइमरी कमान्डर, प्राइमरी सहायक कमान्डरलगायत २१ सदस्यीय एल. भी. प्राइमरी कमाण्ड गठन भएको छ । उक्त कमाण्ड गठन कार्यक्रमका अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य अशोक चेम्जोङले संघीयता र भावी लिम्बुवानका साथै संविधानमा लिम्बुवान राज्य सुनिश्चित गर्नको निमित्त गरिँदै आएको चरणवद्ध शान्तिपपूर्ण आन्दोलनको विषयमा प्रकाश पार्नुभएको थियो । नव निर्वाचित प्राइमरी कमाण्ड इञ्चार्ज पूर्ण राइले मन्तव्य जाहेर गर्दै लिम्बुवान मुक्तिका लागि सङ्गठनको विधानसम्मत रहेर लिम्बुवान प्राप्तिका लागि आन्दोलित हुन सम्पूर्ण ढाँडे गाउँवासीलाई सामूहिक नेतृत्वको विकास गर्दै अघि बढ्ने र लिम्बुवानी आन्दोलनलाई अघि बढाउने क्रममा आउँदो वैशाख महिनाको पहिलो हप्तामा एक लिम्बुवानी साँस्कृतिक कार्यक्रम गर्नेसमेत प्रतिवद्धता जनाउन भयो । नव गठित सङ्गठनमा एल. भी. प्राइमरी कमाण्डमा इञ्चार्ज पूर्ण राइ, प्राइमरी कमान्डर किरण राइ, प्राइमरी सहायक कमान्डर जीतबहादुर राइ र एलभीहरू अनिल बी. क., लोकेन्द्र राइ, सन्तोष राइ, हर्क बी. क., पूर्ण धमला, बलबहादुर बी. क., दीपक सेंचौरी, मिलन बी. क., गमू र्राई, सन्त र्राई, इशा राइ, लंका राइ, र बबीन राइ, बिपना धमला रहेका छन् । यसैगरी, दलबहादुर धमलालाई सल्लाहकारमा राखिएको छ ।
– प्रेम तुम्बापो, मोरङ, लिम्बुवान

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2011
    S M T W T F S
    « Feb   Aug »
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।