संघीयवादी लिम्बुवान आन्दोलन झन चर्कंदैः

लिम्बुवानका स्थानीय निकायमा तालाबन्दी र शैक्षिक संस्थासमेत बन्द

लिम्बुवान २६ माघ २०६७, एकात्मक मतदाता नामावली सङ्कलन कार्यको विरुद्धमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सञ्चालन गरिरहेको शान्तिपूर्ण विरोध आन्दोलनमा माघ २२ गते धनकुटाको सीडीओ, डीएसपी र लिम्बुवान विरोधी एमालेहरुले मिलेर उल्लङ्घन गरी गाडी जलाएपछि लिम्बुवानको अनिश्चितकालीन आन्दोलन झन चर्किरहेको छ ।

शान्तिपूर्ण आन्दोलनलाई आफैले उल्लङ्घन गर्ने, जबर्जस्ती गाडी चलाउने अनि जलाउने र त्यसको क्षतिपूर्ति लिम्बुवान कार्यकर्ताबाट असुल्ने षडयन्त्रको विरुद्धमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको अरुणपूर्व ९ जिल्ला लिम्बुवान सडक बन्द कार्यक्रम जारिरहेको छ र माग पूरा नभएइञ्जेल अनिश्चितकालसम्म जारिरहने माघ २६ गते लिम्बुवानद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन “मिराक” द्वारा हस्ताक्षतिर बुधबार प्रेसित विज्ञप्तिमा जनाइए अनुसार हालसम्म लिम्बुवानका विभिन्न स्थानबाट एकात्मक प्रहरी प्रशासनद्वारा गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुमा मिति २०६७।१०।२२ गते धनकुटामा झूटा मुद्दा लगाई पक्राउ गरिएका परिषदका नेता तथा कार्यकर्ताहरु चन्द्रसिङ नेम्बाङ, इन्द्र रसाइँली, फौदसिङ चोङ्बाङ र गंगाहाङ तिगेला रहेका छन् । त्यसैगरी, मिति २०६७।१०।२५ मा इटहरी सुनसरीबाट पक्राउ गरिएका परिषदका नेता तथा कार्यकर्ताहरु तागेरा लिम्बू, युशन लिम्बू, विशाल कार्की, सुवास श्रेष्ठ र सङ्गम श्रेष्ठ छन् । साथै, मिति २०६७।१०।२६ मा मोरङको पथरीबाट पक्राउ गरिएका परिषदका नेता तथा कार्यकर्ताहरु अशोक चेम्जोङ, वीरबहादुर घिसिङ, प्रितम फागो, डिकबहादुर साँवा, सुवास कुरुम्बाङ मछिन्द्र नाल्बो र सानुबाबा सुब्बासमेत गरी जम्मा १६ जना भएका छन् ।
सोही प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका मागहरुमा- पक्राउ गरिएका परिषदका नेता तथा कार्यकर्ताहरुमाथि लगाएइको झूटा मुद्दा खारेज गरी अविलम्ब रिहा गर्नुपर्ने;
धनकुटामा रहेको परिषदका केन्द्रीय सदस्य इन्द्र रसाइँलीको घर र परिषदको कार्यालय तोडफोड गर्नेमाथि तुरुन्त कानुनी कार्वाही गर्नुपर्ने र एकात्मक मतदाता नामावली सङ्कल कार्य तुरुन्त बन्द गरी अरुणपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक घोषणा गर्नुपर्ने
लगायत रहेका छन् ।
उक्त प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक लिम्बुवानका थप आन्दोलनका कार्यक्रमहरुमा मिति २०६७ माघ २७ गतेदेखि अरुणपूर्व लिम्बुवानका सम्पूर्ण शैक्षिक संस्थाहरु माग पूरा नभएसम्म बन्द गरिने,
मिति २०६७ माघ २७ गते अरुणपूर्व ९ जिल्लाका सबै गा.वि.स. तथा नगरपालिकाका कार्यलयहरुमा तालाबन्दी गरी कालो झण्डा गाडिने र मिति २०६७ माघ २५ गतेदेखिको लिम्बुवान सडक बन्द कार्यक्रम माग पूरा नभएसम्म अनिश्चितकालका लागि जारी रहने
लगायत रहेका छन् ।
साथै, लिम्बुवानका मागहरु यथासीघ्र पूरा नभए थप आन्दोलनहरु घोषणा गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

– डीबी आङ्बुङ

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • February 2011
    S M T W T F S
    « Jan   Mar »
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।