लिम्बुवानको आन्दोलनमा तामाङसालीङले साथ दिने :

माग सम्बोधन नगरी दमन गरे आन्दोलनमा उत्रने चेतावनी

तामाङसालीङ २७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले निवार्चन आयोगद्वारा कुबेलामा गरिएको संघीयताको उपहास गर्ने एकात्मक शैलीको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य विरुद्धमा अरुणपूर्व ९ जिल्ला लिम्बुवानको संवैधानिक घोषणाको मागसहित गरिरहेको शान्तिपूर्ण आन्दोलनप्रति सरकारले सम्बोधन गर्नुको साटो निर्मम दमन र धरपकड गरिरहेकोभन्दै माच सम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदको पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्वाचन आयोगले गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यको शुरुदेखि नै विरोध गर्दै आएमा सो आन्दोलनप्रति माचसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदले विहीबार एक प्रेस विज्ञप्ति जारी गरी पूर्ण ऐक्यवद्धतासहित समर्थन गरेको छ ।
तामाङसालीङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङ “ख्युङ्बा”द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ- “निर्वाचन आयोगद्वारा संघीयता र नयाँ संविधान बन्ने कार्यको उपहास गर्दै एकात्मक शैलीमा गरिरहेको उक्त कार्यको विरोध गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको ९ वटा जिल्लाहरुमा प्रत्येक दिन आधाघण्टा चक्काजाम गर्ने शान्तिपूर्ण आन्दोलन गरिहेको थियो । उक्त शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई माघ २१ गतेदेखि निरन्तर रुपमा धनकुटा सुनसरी र मोरङका विभिन्न ठाउँबाट त्यहाँको सीडीओ र डीएसपीको आदेशमा पक्राउ गरी सार्वजानिक मुद्दा लगाएकोप्रति मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषद् घोर भर्त्सना र विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।”
साथै, तामाङसालीङ स्वायत्त राज्य परिषदले उक्त आन्दोलनमा थप क्षति हुन नदिई लिम्बुवानकॊ मागलाई सम्बोधन गर्दै पक्राउ गरिएका नेता तथा कार्यकर्ताहरुलाई लगाइएको झूटा मुद्दा अविलम्ब खारेज गरी विनासर्त तुरुन्त रिहाई गर्न सरकारलाई आग्रह गरेको छ । अन्यथा, मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषद् पनि चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुनेसमेत जनाएको छ ।

– सिङमान तामाङ

DB Angbung

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • February 2011
    S M T W T F S
    « Jan   Mar »
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।