संघीयताको बिरोध राष्ट्रघात हो

चन्द्र चेम्जोङ्ग-आबुधाबी युएई
हाम्रो देश नेपालको बर्तमान अवस्थामा संघियताको बिरोध गर्नु नेपाली जनतामाथि अपमान र नालायकीपन हो । वास्तबिक अर्थमा भन्ने हो भने इतिहासले के भन्छ ? नेपाली जनता के चाहन्छन् ? गणतन्त्र किन चाहिन्छ ? संघीयताले के भन्छ ? राष्ट्रिय बहशको कुरा हो भन्ने कुरा नबुझी त्यसको गलत मियो समातेर घुम्नु या त्रसित मानसिकताले बर्बराउनु बहुलठ्ठीपन अर्थात दलाह प्रवृति बाहेक केही होईन । नेपाल बहुजातीय, बहुधार्मिक, बहु भाषिक राष्ट्र हो । हालसम्म होईन भन्ने निस्कनु नसक्नुलाई मौन स्विकृति मान्न सकिन्छ । नेपालले साह्रै धेरै अˆठ्याराहरु पार गरेर बिश्व मानचित्रमा नयां इतिहास रच्ने तयारीमा छ ।

१०४ बर्षे राणाहरुको भावनामा थिलथिलो भएका नेपाली जनता २००७ साल पछि पनि शाह र राणाहरुकै दोहोरो शाषनबाट चिथोरिएका थिए । २०३६ साल सम्म आईपुग्दा जनमत संग्रह भयो तर त्यसले लोकतान्त्रिक गणतन्त्रबादीहरुलाई केन्याका किबाकी (किकियु जाति ) हरुले रैला ओडिङ्गालाई पाखा लगाए झैं निरंकुस राजा, पञ्च वा एकात्मक अतिबादीहरुले घुंडा टेकाए । Continue reading

नविनले खुसुक्क बिहे गरे

(विदुर गिरी) चर्चित पप गायक नविन के भट्टर्राईले खुसुक्क बिहे गरेका छन्।
गायक भट्टर्राईले दुइ वर्षगाडि पोखरामा कर्न्र्सट गर्न गएका बेला फयानका रूपमा उनीसामु परिचय गर्न आएकी नविना राजभण्डारीसँग गत बुधबार काठमाडौंको डिल्लीबजारस्थित आफनै निवासमा खुसुक्क बिहे गरेका हुन्।

पिताको निधनपछि केही वर्षता बिहे गर्न घरपरिवारबाट दबाब आइरहेपछि बधुको खोजीमा रहेका गायक भट्टर्राईले सामान्य विधि पूरा गरी नविनालाई जीवनसंगिनी बनाएका हुन्।

एक पण्डित र परिवारका मुख्य-मुख्य सदस्य, नजिकका आफन्त र इष्टमित्र अनि अत्यन्तै नजिकका दश जनाजति साथीभाइका बीच उनले आफनो घरको कोठामा नविनालाई सिन्दुर पोते लगाई बिहे गरेका हुन्। बिहेका लागि जग्गे नगाडी पण्डितको पाठ र मन्त्र उच्चारणलगायतका खास-खास विधि पूरा गरिएको थियो। Continue reading

पुर्वमा अरवऔं रुपयाँको पशु कारोवार

पुर्वी नेपालमा मात्र वार्षीक अरबौं रुपयाँ बराबरको पशु खरिद बिक्री हुने गरेको पशुपंक्षी बजार प्रबद्धन निर्देशनालय ललितपुरले जनाएको छ ।
निर्देशनालयद्वारा दमकमा आयोजित पशुहाट बजार व्यावस्थापन सुधार नामक अन्तकृ्रया कार्यक्रम मार्फत सार्बजानिक गरिएको बिवरण अनुसार पुर्वी नेपालमा मात्र बार्षिक १० अर्ब २८ करोड २२ लाख रुपयाँ बराबरको कारोबार हुने गरेको उल्लेख छ । निर्देशनालयको क्षेत्रीय कार्यलय बिराटनगरका निर्देशक प्रसाद शाहले चौपाया ब्यापारले देशको आर्थिक क्षेत्रमा ठूलो सहयोग पुर्याएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले बिशेष गरी दमक नगरको पशुहाटलाई ब्यवस्थित Continue reading

पहाड र तराई जोड्नसडक अबरुद्ध

दमक
१२ असार झापा बाट मेची अाचलका पहाडी जिल्ला जोड्ने सडकमा सवारी साधन चल्न छोडेका छन् । वर्षायाम शुरु भए सँगै झापाको दमकबाट ईलाम तथा पाँचथर जोड्ने फाल्गुनन्द सडकमा सवारी साधन चल्न छोडेका हुन् ।
सो सडक अन्तर्गत पर्ने रतुवा खोलामा बाढि आए पछि सो सडकमा सवारी साधन चल्न छोडेको सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष सुरेश सुब्बाले बताउनुभयो । सो सडकमा यातायात बन्द भए पछि बैकल्पिक बाटोको रुपमा मोरङ्को मधुमल्ला बाट ईलामको साक्फारा हुँदै ओहोर दोहर गर्न थालेको उहाले जनाउनुभयो । Continue reading

होशियार लिम्बुवान !!

जब सम्म लिम्बुवान पुनःस्थापना हुँदैन तब सम्म राजतन्त्रको अन्त्यसंगै मुक्तिको आभास लिन सकिन्दैन । त्यसैले महाराजाहरुले श्रीपेच छाडेर बहिर्गमन भए भनेर कहिल्यै ढुक्क भएर बस्न मिल्दैन तर फेरी पनि राजतन्त्रको आगमन हुन्छ भन्या चाहि होइन । तर सामान्तबादका दलालहरु एक पछि अर्को छोटे राजाको रुपमा श्रीपेच बीनाको नाइकेहरु पनि चीसो ओतको नागमणि र्सप भन्दा कम बिषालु हुँदैनन् । जसले हामीलाई प्रत्यक्ष वा परोक्ष रुपमा निरन्तर उपेक्षा र उत्पीडनमा पारेर डसेकै हुन्छन् । एक किसिमले यी जातहरु एकात्मक उत्पादन प्रणाली अन्तरगत पर्दछन् । अहिले यो प्रणालीलाई कसरी नष्ट गर्न सकिन्छ भन्ने समग्र आदिबासी जनजाति,दलित र मधेसीहरुको टाउको दुखाईको मुख्य बिषय बनेको छ । Continue reading

मार्ने धम्की दिएर दुई महिनादेखि यौनशोषण

महेश श्रेष्ठ, (धरान), दुई महिनाअघिदेखि ज्यान मार्नेसम्मको धाकधम्की दिँदै सुनसरी भुटाहका अब्बास अन्सारीले यहाँस्थित एक १८ वर्षीया युवतीलाई निरन्तर यौनशोषण गर्दै आएको खुल्न आएपछि प्रहरीकहाँ उजुरी गर्दा बॆवास्ता गरिएको पीडितकी फुपूले बताएकी छिन्।

मोरङ डाँगीहाटकी ती युवती धरान-९ स्थित फुपूको घरमा आएका बेला ठेकेदार फुपाजुसँग ज्यालामजदुरीको काम गर्ने अन्सारीसँग गत असोज महिनामा भएको विश्वकर्मा पूजामा परिचय भएको थियो। त्यसपछि उनीहरुबीच दाजुबहिनीको सम्बोधन रहेको पीडित युवतीले बताइन्। उनका अनुसार गएको वैशाख ४ गते भने निज अन्सारीले घुम्न जाऊँ भनेर फकाई इटहरीमा पुर्याएर कोक खुवाएर बेहोस बनाई बलात्कार गरेको र त्यसपश्चात् कसैलाई भनेमा मारिदिने र फुपूफुपाजुलाई समेत सिध्याइदिने धम्कि दिए।
Continue reading

महावाणिज्यदुतावासमा नेपाली घरेलु कामदार यूनियनले ज्ञापन पत्र बुझाए

जुन ६ तारिक २०१० का दिन एसियन घरेलु कामदरहरुको महासघं (FADWU)ले घरेलु कामदारहरुको मागलाई मध्यनजर गर्दै आ आफ्नो सम्बन्धित महावाज्यिदुतावास तथा राजदुतावासमा एक ज्ञापन पत्र बुझाएको छ त्यसतै नेपाली घरेलु कामदारहरुले पनि हङकङ स्थित चिम सा चुइ को महावाणिज्यदुतावासमा सोहि दिन ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा घरेलु कामदारहरुको हक अधिकार लगाएत आफुले गर्नु पर्ने कामको समय अथवा दिनको कति घण्टा हो भनि एकिन हुनु पर्ने भन्ने छ । आफुले राखेको मागहरुको सुनुवाई अहिलेसम्म नभएकोले गर्दा यो ज्ञापन पत्र अन्तराष्ट्रिय श्रम संगठनमा पुराइदिनको लागि आग्रह गरिएको छ । घरेलु कामदारहरु कुन दर्जाको कामदार हो भनि पहिचान नभएकोले गर्दा उनिहरुको पहिचानको लागि पनि बिषेश आग्रह गर्दै आइरहेको छ । नेपाली घरेलु कामदारहरुले आफ्नो ज्ञापन पत्र बुझाउन आउँछौ भनि महावाणिज्यदुतावासमा अगाडिनै जानकारी गराउँदा सहचारीले ज्ञापन पत्र बुझने भनि भनिए ता पनि सो ज्ञापन पत्र बुझनको लागि पि एन बिष्णुलाई पठाइएको थियो । र सो ज्ञापन पत्र नेपाली घरेलु कामदारका अध्यक्ष चुनी थापाले बुझाएको थियो भने सो ज्ञापन पत्रको बारेमा कल्पना तुम्रोकले प्रस्ट पारेको थियो ।
Continue reading

नेताहरु

नेताहरु चढेको बस एकासी एउटा किसानको खेतबारीको छेउको रुखमा ठोकिएर पल्टीएछ। यो खबर जब मन्त्रालयमा पुग्यो प्रहरी हरु हतार हतार त्यहाँ पुगेर हेर्दा त खाली बस मात्र रहेछ। अनि छेउको किसान लाई सोधेछ। Continue reading

लिम्बुवान एकताको पहल र यसका चुनौतिहरु

छवि सङबाङफे, लिलिमहाङ
जनआन्दोलन २०६२/६३ को सफलतासँगै लिम्बुवान आन्दोलन अमूर्त रहन सकेन । छोटो समयको भावनात्मक वेगबाट आन्दोलनले संक्रमणात्मकरुप लियो । त्यसलाई नेतृत्वगर्ने नेताहरु राजनीतिकरुपले अपरिपक्क त छँदै थिए तापनि अनिकालको तितेफापर भनिए जसरी जनताले साथदिएका हुन । लिम्बुवानी विरासतले ओतप्रोत भएका यूवाहरुले आन्दोलनलाई वलिदानिपूर्ण क्रान्तिको चरणसम्म विकास गरे, त्यसलाई दमन गर्नसक्ने साहस नेपाल सरकारसँग थिएन । अन्ततः २०६४ श्रावण २२ गतेबाट शुरुभएको लिम्बुवान आन्दोलन स्थगनगरि वार्तामा आउन सरकारले ३ दिनपछि श्रावण २४ गतेका दिन वार्ताकालागि पत्र पठायो । तर, त्यतिबेलैदेखि लिम्बुवानको नेतृत्व अमुर्तरुपले विभाजन भैसकेको थियो । संघीय लिम्बुवान राज्य परिषद र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दुवैको अध्यक्षकोरुपमा सञ्जुहाङ पालुङवा रहेता पनि उनले संयोजनकारी भूमिका खेल्न नसकेको कारण मञ्च अर्न्तर्गत रहेका पदाधिकारी र कार्यकर्ताहरु आन्दोलनबाट हुने उपलब्धिका जसहरु मञ्चको पोल्टामा पार्न चाहन्थे । ठूला राजनीतिक दल परित्यागगरि पहिचान र अधिकारको लागि संघर्ष गर्न संघीय लिम्बुवान राज्य परिषदमा प्रवेस गरेका नेताहरु आन्दोलनको नेतृत्व र परिणाम मञ्च र परिषद दुवैको साझेदारिमा हुनुपर्ने अडानमा थिए । Continue reading

नेपाल प्रज्ञ्या प्रतिस्ठानका कुलपती श्री बैरागी काईला ( तिल बिक्रम नेम्बाङ) ज्यु सङग कुराकानी।

Continue reading

इजरायलमा मेरो सन्देश सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न

मेरो सन्देश डट कमको आयोजनामा १९ जुन २०१० शनिवारको दिन तेलअभिवको सेन्ट्रल बसपार्क नजिकैको चिल्ड्रेन पार्कमा मेरो सन्देश सांस्कृतिक साँझ सम्पन्न भएको छ । उल्लेख्य नेपाली कामदारहरु तथा इजरायली नागरिकहरुको समेत उपस्थिती रहेको उक्त सास्कृतिक कार्यक्रम इजरायलबाट संचालित मेरो सन्देश डट कमको चिनारीकोलागि गरिएको वताइएको छ ।

मेरो सन्देश डट कमकी सह कार्यक्रम निर्देशिका प्रिया शर्माको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिकालागि नेपाली राजदुतावास इजरायलका माहामहिम राजदुतलाई निमन्त्रणमा गरिएपनि उहाँ लगायत दुतावासका कुनै पनि कर्मचारीको उपस्थिती नरहेकोले प्रमुख अतिथीको आशन रिक्त रहको कार्यक्रम आयोजक मेरो सन्देश डट कमका संचालक कृष्ण थापाले जानकारी दिनुभयो ।
Continue reading

युएईमा लिम्बुहरुको उभौली कार्यक्रम भव्यताका साथ सम्पन्न ।

युएई को इतिहास मै पहिलो पटक किराँत लिम्बुहरुले किराँत पर्व उभौली (यक्वा तङ्नाम) को अवसरमा किराँत याक्थुङ चुम्लुङ युएई द्वारा साँस्कृती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ १८ तारिक शुक्रवार को दिन बरदुबाई स्थित इम्पेरियल होटलको आठौ तलामा आयोजना भएको उक्त कार्यक्रम साँझ ४:३० बजे सुरु भएको रातको १० बजे सम्म चलेको थियो। किराँतहरुको लागी यो समय भनेको एक्दमै महत्वपुर्ण मानिन्छ किनकी यहि बेला खेतमा अन्नबाली लगाएर तागेरानिङवाफुमाङ(किराँतहरुको मुख्य देवी) संग प्राथना गर्दछन, हाम्रो अन्नबाली राम्रो होस नबिग्रीयोस अकाल भुकाल नपरोस सप्रीयोस सबैलाई पुगोस भनेर गाँउ घरमा सबैजना एकै ठाँउमा भेला भएर ढोल झ्याम्टा बजाएर तरुनी तन्नेरी बुढापाकाहरु सबै जना नाच्ने गर्दछन।
Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • June 2010
    S M T W T F S
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।