आलुको भकारी हेरेर छोरी दिने चलन

तपाईं पनि छोरीचेलीको विवाह गर्दै हुनुहुन्छ ? छोरी दिने घरमा के के सुविधा छन्, अनि सम्पत्ति कति छ भनेर हेर्नुहुन्छ होला । तर पर्वतको भोकसिङ्गमा छोरी दिनेले भने आलुको भकारी हेर्न थालेका छन् । जति धेरै आलु फलाउन सक्यो भोक्सङ्गवासीले उति नै गतिली बुहारी भित्रयाउने गरेका छन् ।

सदरमुकाम कुस्माबजारबाट दक्षिणपुर्वमा पर्ने भोकसिङ्गमा कृषकले आलुसँग धान साटेर वर्षभरि भात खाने भएकाले छोरी दिने आलुको भकारी हेर्न थालेका हुन् ।भोकसिङ्ग गाविसमा आलुमात्र उत्पादन हुने गर्दछ ।

जिल्लाको प्रमुख आलु उत्पादन पकेट क्षेत्रका रूपमा रहेको भोकसिङ्गका कृषकले वर्षमा १५ मुरीदेखि ३०० मुरीसम्म आलु फलाउने गर्दछन् । उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन् । यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लागेको छ । छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आएका दीनानाथ शर्माले भने- हामीले रोजीरोजी धान दिन्छौँ, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई ।

तीन दशक पहिलेसम्म व्यावसायिक रूपमा आलु उत्पादन नहुँदा मकै र कोदो प्रमुख बाली रहेको थियो । कोदो र मकैमात्र फल्ने भएकाले छोरी माग्न जाँदा विवाहका लागि धेरै अभिभावकले छोरी दिन नमान्ने गरेको अनुभव सुनाउँछन् कृषक रुद्रबहादुर क्षत्री ।

भोकसिङ्गमा २०३५ सालपछि व्यावसायिकरूपमा आलु उत्पादन भएपछि ती दिन पूरै फेरिएका छन् । बीउका लागि आलु साट्न आउनेहरूले ल्याएको धान पनि छानेर लिन थालेका छन् । गुडुराजस्ता मीठो भात हुने चामल रोजीरोजी लिने गरेका छन् । नराम्रो धान देखेमा आलु छैन भनेर फर्काउने गरेका छौँ- अर्का कृषक केशनाथ उपाध्यायले भने । भोकसिङ्गमा आलु उत्पादन भएपछि यहाँको बीउ अन्यत्र पठाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान कोषको सहयोगमा स्थानीय संस्था सोर्डर नेपालले बीज वृद्धि कार्यक्रमसमेत सुरु गरेको छ ।
गीता शर्मा

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • June 2010
    S M T W T F S
    « May   Jul »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।