कुमारित्व फर्काउने क्लिनिक

बीबीसी पेरिस,
अरबी युवतीहरू बजारको एउटा मेडिकल क्लिनिकमा शल्यक्रियाको पालो पर्खिरहेका छन्, जसले उनीहरूको जीवनमा परिवर्तन मात्र ल्याउँदैन, बचाउँछ पनि । हालसम्म यो शल्यक्रिया आवश्यकता नभई रोजाइका रूपमा मात्र रहेको छ । करिब दर्ुइ हजार युरो खर्च लाग्ने यो शल्यक्रियामा ज्यादै कम जोखिम छ ।
त्यो क्लिनिक दर्ुबई वा कायरोमा होइन, पेरिसमा छ । र, उनीहरूले प्रतीक्षा गरेको शल्यक्रिया आफ्नो कुमारित्व पुनःस्थापित गर्न हो ।
अरबमा होस् अथवा एसियामा, अज्ञात संख्याका महिलाले गहिरोसँग जरा गाडेको प्रतिबन्ध उल्लंघन गरे भने पीडादायी समस्याको सामना गर्नुपर्छ । उनीहरूले विवाहेतर सम्बन्ध राखेको थाहा भयो भने समुदायबाट बहिष्कृत हुने र कतैकतै त हत्यासम्म हुने गरेको पाइन्छ ।
तिनीहरूमध्ये बढीभन्दा बढी महिला आफ्नो च्यातिएको झिल्ली -योनिच्छेद) जोड्ने शल्यक्रिया गरेर विवाहपर्ूवका यौन क्रियाकलापको चिनो मेटाउँछन् । विवाहको रात तन्नामा रगतका टाटा देखियोस् भन्नका लागि यसो गरिएको हो ।
सामाजिक दबाब यतिसम्म चर्को हुन्छ कि कुमारित्व तोडिएकै निहुँमा केही महिलाले त आत्महत्यासम्म गर्छन् ।
प्रतिशोधपर्ूण्ा आक्रमण हुने डरमा सोनिया आफ्नो परिचय लुकाउन चाहन्छिन् । उनी पे™सिको एउटा क्याम्पसमा अध्ययनरत पातली र सुनौलो कपाल भएकी युवती हुन् ।
प|mान्समा जन्मे पनि अरबी संस्कृति र परम्परा सोनियाको जीवनको केन्द्रभागमा छ । अरबी परिवारको शंकालु आँखाअगाडि युवावयको जीवन साँच्चिकै कठोर छ ।
कुमारित्वको प्रमाणपत्र
‘पहिलो यौन सर्म्पर्कपछि मलाई आत्महत्या गरौं कि जस्तो लाग्यो,’ उनी भन्छिन्, ‘किनकि, मैले अर्को समाधान नै देखिनँ ।’ तर, सोनियाले समाधानको बाटो पहिल्याइन् ।
अन्ततः उनी च्यातिएको झिल्लीको शल्याक्रिया गर्न डा. मार्क अबेकासिसको पे™सिस्थित क्लिनिकमा पुगिन् । आफ्नो गोप्यता कसैलाई पनि नखोल्ने उनी बताउँछिन्, विशेष गरी श्रीमान्लाई ।
‘यसलाई म मेरो यौनजीवन हो भन्ने ठान्छु र यसबारे मैले कसैलाई भन्नुहुँदैन,’ उनी भन्छिन् । पुरुषहरूकै कारण आफूहरू झूटो बोल्न बाध्य भएको पनि उनले सुनाइन् ।
डा. अबेकासिसले ‘हाइमेनोप्लास्टी’ भनिने शल्यक्रिया हप्तामा दर्ुइ या तीनओटा गर्छन् । झिल्लीको तन्तु पुनः जोड्ने शल्यक्रिया गर्न स्थानीय एनेस्थेटिकमा करिब आधा घन्टा लाग्छ ।
आफ्ना ग्राहकको औसत उमेर २५ वर्षहुने र उनीहरू समाजका सबै पृष्ठभूमिबाट आउने गरेको उनले बताए । यस्तो शल्यक्रिया संसारभरका क्लिनिकहरूमा गरिने भए पनि डा. अबेकासिस थोरै अरबी र्सजनमध्येका एक हुन् जो यस विषयमा खुलेर कुरा गर्छन् । केही महिलाहरू विवाहका लागि कुमारित्वको प्रमाणपत्र -भर्जिनिटी र्सर्टिफिकेट) चाहिएर पनि उनीकहाँ आउँछन् ।
‘उनी खतरामा रहेको पनि हुन सक्छिन्, किनभने कहिलेकाहीँ यो परम्परा र परिवारको विषय हुन्छ,’ डा. अबेकासिस भन्छन्, ‘चिकित्सकको रूपमा हामीलाई उनका लागि निर्ण्र्ाागर्ने र निर्ण्ाायकको भूमिका खेल्ने अधिकार छैन भन्ने मेरो विश्वास छ ।’
चिनियाँ उत्पादकहरूले गैर-र्सर्जिकल उपायहरू पनि बजारमा ल्याएका छन् । एउटा वेबसाइटले कृत्रिम भिल्ली २३ युरोमा बिक्री गर्छ । इलास्टिकले बनेको चिनियाँ झिल्लीमा नक्कली रगत भरिएको हुन्छ । एकपटक योनिमा राखेपछि महिलाको कुमारित्व फर्किने कम्पनीको दाबी छ ।
तर, नाडाका लागि यो विकल्प रहेन । लेबनानमा हर्ुर्किरहेकी नाडा मायाप्रीतिको चक्करमा परिन् र कुमारित्व गुमाइन् । ‘तर, मलाई मेरो परिवारले चाल पाउँछ भन्ने डर लागिरह्यो, किनभने त्यो सम्बन्ध उनीहरूले स्विकार्दैनथे,’ उनी भन्छिन्, ‘मलाई उनीहरूले मार्न सक्छन् भन्ने डर पनि लाग्यो ।’
प्रेम सम्बन्धको सातबर्सर्ेेवधिमा उनका प्रेमीको परिवारले अर्कै युवतीसँग उनको बिहे गराइदिन चाह्यो । त्यसपछि नाडाले आत्महत्या गर्न खोजिन् । ‘मैले एक बोटल पानाडोल र एक बोटल घरासयी रसायन पनि पिएँ,’ उनले सुनाइन् ।
अहिले नाडाको उमेर ४० वर्षभएको छ, उनले ६ वर्षघि शल्यक्रियामार्फ कुमारित्व फिर्ता पाएकी हुन् । त्यसपछि बिहे गरेकी नाडाका दर्ुइ सन्तान छन् । उनको विवाह एउटा तनावपर्ूण्ा परीक्षण थियो । ‘त्यो रात म निदाइनँ । म कराइरहेको थिएँ,’ उनी भन्छिन्, ‘यो ज्यादै डरलाग्दो थियो र पनि उसले चाल पाएन ।’
यो एउटा यस्तो गोप्यता हो, जसलाई नाडा -परिवर्तित नाम) ले आफ्नो मृत्युसँगै लैजानेछिन् । ‘यसलाई मृत्यर्ुपर्यन्त गोप्य राख्न म तयार छु,’ उनी भन्छिन्, ‘यसबारर्ेर् इश्वरलाई मात्र थाहा हुनेछ ।’
पुरानो पुस्ता मात्र होइन, नयाँ पुस्ताले पनि विवाहपर्ूव यौनसम्बन्ध नराखेकै युवतीलाई श्रीमती बनाउनर्ुपर्छ भन्ने परम्परागत मान्यतामा विश्वास राख्छ ।
नुर एकजना आधुनिक पेसाकर्मी हुन् । दमास्कसमा काम गर्ने उनी एउटा धर्मनिरपेक्ष समाजमा सिरियाली युवाहरूका प्रतिनिधि पात्र हुन् । नुर महिलाले समानता पाउनर्ुपर्छ भन्नेमा विश्वास गर्छन् र पनि उदार पर्खालमुन्तिर गहिरोसँग जरा गाडेको विचार उनको मनमा बाँकी नै छ ।
‘मलाई थाहा छ, जुन युवतीले कुमारित्व पुनर्स्थापित गरेकी हुन्छे, तिनीहरू विवाहको रात लोग्नेबाट समातिन्छन्,’ उनी भन्छन्, ‘उनीहरूले श्रीमती कुमारी छैन भन्ने कुरा अनुभव गर्छन् । यदि समाजले स्विकार्छ भने पनि म त्यस्ती युवतीसँग बिहे गर्दिनँ ।’
मुस्लिम धर्मगुरुहरू कुमारित्वको मुद्दा धर्मसम्बन्धी होइन भन्छन् । ‘हामीले के सम्झनर्ुपर्छ भने जब मानिस विवाहको पहिलो रात तन्नामा रगतका टाटाको प्रतीक्षा गर्छ भने ती सबै सांस्कृतिक परम्परा हुन्’ सिरियाली धर्मगुरु शेख मोहमद हबासले भने, ‘यो सरिया कानुनसँग सम्बन्धित छैन ।’
मध्यपर्ूवको क्रिस्चियन समुदाय पनि नवविवाहिता महिला कुमारी हुनुपर्नेमा स्पष्ट छ । अरेबियन लेखक तथा सामाजिक टिप्पणीकर्ता साना अल खायत यो सबै मामिला नियन्त्रणको दृष्टिकोणबाट प्रेरित छ भन्छन् ।
‘कुमारीले आफ्नो लोग्नेलाई अरूसँग तुलना गर्ने अवसर पाउँदिनन् । यदि उनले अर्को पुरुषसँग यौनसर्म्पर्क राखेकी छन् भने उनीसँग अनुभव हुन्छ । अनुभवले महिलालाई अझ बलियो बनाउँछ,’ उनले भने ।
यो २१औं शताब्दी हुन सक्छ, तर अरबी संस्कृतिमा कुमारित्वको मुद्दा अझै पनि जीवन र मृत्युको विषय बन्छ, खासगरी सोनिया र नाडाजस्ता महिलाका लागि । झिल्ली मर्मतले कुमारित्व फर्काए पनि यसले गहिरोसँग जरा गाडेर बसेको मूल्य र मान्यता बोकेका समाजलाई आधुनिक समाजको धारणासँग एकाकार गराउन सक्दैन ।

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • April 2010
    S M T W T F S
    « Mar   May »
     123
    45678910
    11121314151617
    18192021222324
    252627282930  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।