किरात राज्य पतनका प्रमुख कारणहरु

प्रदिप कन्दङवा
लिच्छवीहरुबाट परास्त भएर पूर्व लागेपश्चात किरातीहरुको राज्य इतिहास लामो समयसम्म कतै देखा पर्दैन । तर इमान सिंह चेमजोङ्ग भन्नुहुन्छ -इसाको छैंठौ शताव्दीभन्दा अघि काठमान्डौ पूर्व एउटै किरात राज्य थियो । खास-खास भन्ने हो भने विजय नारायणले विजयपुर राज्य स्थापना गरेपश्चात मात्र किरात राज्य भनौँ या विजयपुर राज्यको इतिहास प्रमाणिकरुपमा अघि बढेको छ । यिनी कामरुप आसामबाट आएका कोच बशीं किरातहरुका सन्तान हुन् भन्ने कुरामा प्राय इतिहासकारहरुको एकैमत रहेको पाइन्छ । विजयनारायणभन्दा सात पुस्ताअघिका राजा पुङलाइङ, जो मोरोङ राज्यका राजा थिए ले हिन्दू मत ग्रहण गरी आफ्नो नाम समेत अमर राय राखे । विजयपुर राज्यको स्थापनाकालतिर पहाडतर्फ फेदापथुममा मुरेहाङ खेवाङ नाम गरेका प्रतापी राजा राज्य गर्दथे भन्ने कुरा धेरै इतिहासकारहरुले भन्दै आएका छन् । यिनैको सहयोगले विजयपुर राज्य त्यतिबेला शक्तिसम्पन्न बनेको थियो ।विशेषगरी लिच्छवीहरुबाट खेदिएर पूर्व गएका किरातीहरुको वास्तविक इतिहास यो बेलासम्म अथवा विजयपुर राज्य स्थापनाकालसम्म कतै स्पष्टरुपमा देखा पर्दैन । विजय नारायणकै पालादेखि सेन वंशीहरु किरात राज्यमा हावी भए ।

विजयपुर राज्यमा राजा हुने प्रथम सेन राजा लोहाङ सेन थिए । किरात राज्यमा सेन वंशीहरुको प्रवेशलाई पछि अर्कै शीर्षकमा व्याख्या गरिने छ । अब उप्रान्त यो लेखको शीर्षकको औचित्यमाथि विचार गरिने छ । नेपाल राज्यको एकीकरण गर्न भनी हातमा नाङ्गो तरवार लिएर गोर्खाबाट निस्किएका राजा पृथ्वी नारायण शाहको उच्च महत्वाकाँक्षा नै किरातलगायत अरु राज्यको पतनको प्रमुख कारण थियो भन्दा अवश्य गल्ति हुँदैन, यद्यपि किरात राज्य पतन हुनुमा अरु केही कारणहरु प्रमुख छन् जसको चर्चा गर्ने अभिष्टसहित यो लेख लेख्न थालिएको छ ।
किरातहरु स्वतन्त्रताप्रेमी हुनुको कारणबाट किरात प्रदेशमा संघात्मक शासन व्यबस्था भएको कुरा यहाँ बुझ्न आवश्यक छ । किरात प्रदेशमा थुप्रै आपुँगी राजाहरु भएकोबाट यसको पुष्टि हुन्छ । त्यसैगरी पल्लो किरात अथवा लिम्वूवान राज्यमा दश लिम्वू राजाहरुले राज्य गरेको इतिहासबाट पनि थप पुष्टि हुन गएको छ । यसरी हरेक थुम या गढिमा एक राजाले राज्य गर्ने संघीय राज्य व्यबस्था अर्न्तगत तत्कालीन किरात प्रदेशमा अनेकौं स्वतन्त्र किरात राज्य भएको कुरा स्वत पुष्टि हुन्छ । संघीय राज्य व्यवस्था अर्न्तगतका किराती राजाहरु संघीय हुनुकै कारणबाट शक्तिहीन पनि थिए भन्न सकिन्छ । नाम मात्रैको केन्द्रीय सरकार विजयपुरको यी किरात राज्यमा कुनै हस्तक्षेप थिएन । विजयपुर राज्यमा सैनिक शक्तिको आवश्यकता पर्दा सघाउने र्सत बाहेक यसलाई केन्द्र सरकार मान्नुको अरु कुनै कारण प्रमाणित हुन आउँदैन । यसरी किराती राजाहरु स्वतन्त्र थिए तर संगठित थिएनन् । उनीहरुले किरात प्रदेश भित्रकै छिमेकी राज्यबाहेक कुनै दिन बाहिरी शत्रुको सामना कसरी गर्ने भन्ने विषयमा कहिले सोचेनन् भनेर कसरी भन्न सकिन्छ भने उनीहरुले आफ्नो परंम्परागत बाँसको बिषालु धनुकाँड र तरवारलाई मात्र आफ्नो रक्षाकवचको रुपमा विश्वास गरिरहे तर्सथ बाहिरी दुनियाँमा भइरेको अनेकौं दुरमारक आधुनिक हात हतियारको विषयमा थाहै पाएनन् अथवा पाएर पनि उक्त हात हतियार (बन्दुक) किन्ने या सँकलन गर्ने विषयमा उदासीन रहे । संभावित शत्रु आक्रमणको सामना गर्न उनीहरुले आक्रमणपर्ूव खास पहल नगरेको देखिन्छ ।

यस बीचमा मित्र शक्तिको पहिचान गरेर दरिलो सैनिक संगठनको तयारी गर्न सकेको भए पृथ्वी नारायण शाह धुलीखेल पूर्व बढ्नै सक्ने थिएनन् कि भनेर भन्न सक्ने प्रशस्त आधारहरु छन् । किनभने धुलीखेल नजिकको चौकोट राज्यमा महेन्द्र सिंह राईको फौजलाई तह लगाउन पृथ्वी नारायण शाहलाई यति गाह्रो पर्यो कि लगभग त्यहींबाट नेपाल एकीकरणको यात्रा टुङ्गनि खोज्दै थियो तर इतिहासले प्रमाणित गरिसकेको छ पृथ्वी नारायण जीवनमा हार खाने राजा थिएनन् तर्सथ चौकोटमाथि पटक-पटक ६ महिनासम्म आक्रमण गरी यो राज्य गोर्खा राज्यमा गाभे तर चौकोट जस्तो सानो केवल पचास, साठी घर मात्र भएको राज्यले पृथ्वी नारायणको ३३२ जवान मारिदिए ।
किरातहरु संगठित नहुनुको दुष्परिणाम यहींबाट सुरु हुन्छ । चौकोटमा शत्रुको निर्ममतापुर्वक आक्रमण भइरहँदा माझकिरात र पल्लो किरात हातमा दहि जमाएर बसिरहे, कम्तिमा माझकिरात र पल्लोकिरात संगठित हुने पहलसम्म भएको देखिदैन तर्सथ माझकिरात उपर शत्रुको आक्रमण हुँदा पनि पल्लो किरातको अवस्था पनि त्यहीं रह्यो । किरातहरु आफ्नो राज्यबाट बिमुख हुनुमा आफै कति जिम्मेवार रहेछन भन्ने कुराको संक्षिप्त व्याख्या माथिको अनुच्छेदमा गरियो, अब किरात राज्य पतनको मूलकारणचाँहि के रहेछ त्यसतर्फविचार गरौं । घर सबैभन्दा कमजोर त्यहींबेला हुन्छ जुनबेला घरका सदस्य स्वयम घरको विरुद्धमा षड्यन्त्र गर्दछन् र शत्रुको साथ दिन्छन् । यहाँ दुरुस्त त्यस्तै भएको छ । त्यो बेला विजयपुर र चौदन्डी किरात राज्यमा किरात चौतरियाको सहयोग लिएर सेन राजाहरु राज्य गर्दथे । माथि नै भनियो, किरात राज्यमा सेन राजाहरु किन र कसरी राजा भए यस बिषयमा अर्कै शीर्षकमा छलफल गरिने छ । किरात राज्यमा राजाहरु नाममात्रका थिए । संपूर्ण शासनभार किरात चौतरियाको हातमा हुन्थ्यो । राजा विजय नारायणको पालादेखि सुरु भएको परम्परा मुताविक किरातीहरु पुस्तैनी रुपमा चौतरियाको शक्तिशाली पदको हकदार हुन्थे । यसरी किरात चौतरियाको प्रत्यक्ष शासन त्यहाँका क्षेत्री बाहुनलाई मनपरिरहेको थिएन । प्रथम त यिनीहरु कट्टर हिन्दू भएको हुनाले गोभक्षकहरुबाट शासित हुँदा कदापी खुशी थिएनन् । दोस्रो हिन्दू धर्म अनुसार बिष्णु अवतार केवल क्षेत्रीय राजपुत मात्र हुन सक्थे ।

तेस्रो जातीय विभेदकारी भावना यिनीहरुमा जस्तो अरु कुनै जातमा नहुने कुरा आजैका क्षेत्री बाहुनलाई हेरेर पनि थाहा पाउन सकिन्छ । यता मानवीय दृष्टिकोणको समानभाव राखेर किरात चैतरियाले किरात राज्यमा क्षेत्री बाहुनहरुलाई दिवानसम्मको पद दिलाए । दरवारमा राजगुरु बनाए, सेनामा प्रवेश हुने समान अवशर प्रदान गरे ।
यिनीहरुलाई हिन्दू धर्मावलम्वि क्षेत्री बाहुन भनेर कहिले अर्को दृष्टिकोणले हेरेनन् । उता यिनीहरु भने किरात राज्यमा कसरी हिन्दू राज कायम गर्न सकिन्छ भनी दिन रात चिन्तन गर्न लागे । त्यहीं बेला पृथ्वी नारायण शाहको अविजित युद्ध यात्रा अगाडि बढिरेको थियो । यो कुरा थाहा पाएपछि माझकिरात (हाल खोटाङ) चौदन्डि राज्यका राजगुरु हरिनन्द उपाध्याय पोखरेल र स्वरुप सिंह कार्की किरात राज्यको माटो उपहार लिएर नुवाकोट पुगे । युद्धमा तरवारभन्दा धोखा शक्तिशाली हुन्छ भन्ने मान्यता राख्ने राजा पृथ्वी नारायणले यो अवशरको राम्रो लाभ उठाए । जुन देशका जनता स्वयम् शत्रु छन् त्यो देश जित्न सबभन्दा शक्तिशाली हतियार त्यही देशका जनता हुन्छन् भन्ने कुरा पृथ्वी नारायणलाई कसले सिकाउनु पथ्र्यो र ! अतः तत्काल स्वरुप सिंह कार्कीलाई पृथ्वी नारायणले सेनापतीमा नियुक्ती गरे । हरिनन्दलाई अनेकौं बिर्ता जमिन र चौधरी पद (राजस्व संकलक) को दिलाशा दिए र कसैगरी किरात प्रदेशका क्षेत्री बाहुनलाई किरात राज्यका विरुद्धमा भड्काउन आदेश दिए । तर पृथ्वी नारायण शाह धोकाको नियती राम्रोसँग बुझ्दथे तर्सथ उनी हरिनन्द पोखरेलको भरमा मात्र परेनन्, गोप्यरुपमा किरात राज्यको हाल बुझ्न विश्वेश्वर जैसी अर्याल नामको ब्राम्हणलाई किरात प्रदेश पठाए । भनिन्छ यी ब्राम्हण्ले त्यहाँ र्दुइ वर्षबिताएका थिए । यी र्दुइ ब्राम्हणहरुको सहयोगबाट पृथ्वी नारायणले किरात राज्यको सारा हाल जान्ने मौका पाए । सँपूर्ण गोप्य सुचनाहरु, सामरिक महत्वका विषयहरु, हात हतियार, सेना, जनभावना आदि जस्ता सूचनाहरु पृथ्वी नारायणले प्राप्त गरे । पछि, खार्पा निवासी हरिनन्दको राजद्रोह चौतरिया अगम सिंह राईले थाहा पाएर यिनलाई मृत्यु दन्डको आदेश दिए तर समय ढिला भइसकेको थियो । हरिनन्द भागेर भारत पुणिर्या प्रवेश गर्यो । त्यहींबाट आफ्नो राज्य विरुद्ध षड्यन्त्र गरिरह्यो । यिनी अत्यन्तै धनाढ्य ब्राम्हण थिए । यिनले पृथ्वी नारायणलाई ठूलो आर्थिक सहयोग समेत गरेको कुरा अभिमानसिंह बस्नेतले यिनलाई लेखेको चिठिबाट बुझ्न सकिन्छ ।
र्दुइ पटक गरेर ११०५१ पटना रुपैयाँ आर्थिक सहयोग गरेको देखिन्छ । गोर्खालीहरुलाई माझकिरातमा प्रवेश गर्न दुधकोसी नदीको कारणले अत्यन्तै समस्या परिरहेको थियो । कारण, नदी तर्ने प्रयास भइरहेको बेला किराती आक्रमणको भयले आक्रान्त थिए गोर्खालीहरु । यो प्राकृतिक सुरक्षा कवच पनि हरिनन्दकै साख्खै दाइ त्रिलोचन उपाध्याय पोखरेलको षड्यन्त्रबाट गोर्खालीहरुले सजिलै तोड्न सके । हरिनन्द र त्रिलोचनकै प्रयासबाट सन १७७२ अगस्ट २५ तारिखको मध्य रातमा अत्यन्तै गोप्य तवरले सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा गएको गोर्खाली सेनाले प्रथम पटक स्वतन्त्र किरात राज्यको छातीमा पाइला टेके ।

त्यो रात किरातबासी बाहुन क्षेत्रीहरुले गोर्खाली सेनाको भव्य स्वागत गरे । आफ्नै देशप्रति षड्यन्त्र जस्तो भयानक खेल रचेर त्यहाँका क्षेत्री बाहुनले देश र देशप्रेमको मानवीय भावनाप्रति निर्ममतापुर्वक बलात्कार गरेको त्यो कालो रात हरेक किरातीले मात्र होइन, हरेक देशभक्त नागरिकले युगौंयुगसम्म याद गर्नेछन् । त्यसपछि किरात राज्यमा गोर्खालीहरुको बर्बर आक्रमण सुरु भयो, जसको जवाफ किरातीहरुले बहादुरीका साथ गरेको कुरा कसरी खुल्न आउँछ भने पृथ्वी नारायण शाहले पटक-पटक कैयौं हातहतियार गोली गठ्ठा, रासनपानी आदि युद्धक्षेत्रमा पठाउनु परेको थियो । धेरै ठाउँमा किरातीहरुले युद्ध हारे पनि स्वभिमानी किराती राजाहरुले हार स्वीकार गरेनन् । प्रतिरोध गरिरहे । चैनपुरमा लिम्वू सेनासँग घमासान युद्ध भयो । त्यहाँको युद्धमा गोर्खालीहरुले ठूलो धोका दिए । काङ्गसोरे किराती सेनाको लिम्वू सरदार र रघु राना गोर्खाली सेनाको सरदारबीच द्वन्द्व युद्ध हुने भयो, त्यो युद्धमा जसले जित्छ त्यो दिनको युद्धमा उसैको जित हुने र्सत थियो ।
र्सत बमोजिम युद्ध भयो । युद्धमा रघु राना मारियो । रघु राना मारिने बित्तिकै र्सत उल‹न गरेर गोर्खाली सेनाले लुकाइराखेको हात हतियार निकालेर तत्काल किरात सेना उपर आक्रमण गरे । काङ्गगसोरे तुरुन्त मारियो । बदलामा किरात सेनाले पनि प्रत्याक्रमण गरे । इमानसिंह चेमजोङले उतारेको एक लिम्वू पान्डुलिपिको टिपोटबमोजिम त्यो युद्धमा सबै गोर्खाली सेनाहरु मारिएका थिए । किरातीहरुले हार स्वीकार नगरेको देखेर पृथ्वी नारायण शाहले कुटनीतिको प्रयोग गरे, त्यस अनुरुप किरात क्षेत्रमा किपट भूमि व्यवस्थाको सुरुवात भयो । किरातीहरु पृथ्वी नारायणलाई राजा मान्न वाध्य भए । कालान्तरमा किपट भूमि व्यबस्था उन्मुलन भयो, किरातहरु भुमिहीन भए । यसरी पृथ्वी नारायण शाहको अदभुत महत्वकाँक्षा, किरातहरुको कमजोर सैनिक संगठन तथा आपसमा असहयोग एवं किरातबासी क्षेत्री बाहुनहरुको कालो कर्तूतहरुको एकमुष्ट कारणबाट स्वाधीन किरात राज्य विशाल गोर्खा राज्यमा लुप्त भयो ।
नोट- सर्न्दर्भ सामग्री, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास ( इमानसिंह चेमजोङ), किरात इतिहासका रुपरेखा (टंक बहादर राई), किरात हिजो र आज ( दुर्गाहाङ याख्खा राई)

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।