चल्ला पनि हराउनु र काग पनि कराउनु

पन्चायती ब्यबस्था फालेर बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापस्चात सत्तामा हुँदा होस या सत्ता वाहिर नेपाली राजनितिको केन्द्र बिन्दु नै बने गिरिजा प्रसाद कोइराला । पाँच पटकसम्म प्रधानमन्त्री (प्रतिनिधि सभा पुन:स्थापनापछि राष्टप्रमुखसमेत गरेर) वनेका गिरिजाबाबुले आफ्नै दलको वहुमतको सरकार आफू प्रतिनिधि सभामा अल्पमतमा परेपछि भंग गरेर २०५२ सालमा मध्यावधि चुनावमा गएको; आफ्ना राजनैतिक सहयात्रीहरु गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई पाखा लगाएको; लाउडा धमिजा जस्ता काण्ड गराई भ्रष्टाचारलाई प्रश्रय दिएको, पार्टीमा नातावाद, कृपावाद र परिवारवाद हुलेर पार्टीलाई कोइराला परिवारको पेवा बनाएको; कुर्सीको पर्यायबाची भएको जस्ता थुप्रै आरोपहरु लाग्दथे उनीमाथि र पनि छ दशकभन्दा बढि जीवन राजनीतिमा विताएका उनले देशको राजनैतिक परिवर्तनहरुमा भने उल्लेख्य योगदान गरे विषेशत: २०४६ साल र २०६२ सालको परिवर्तनमा । कुनै बेला कम्युनिस्ट भनेपछि टुप्पीबाट धुवाँ निकाल्ने गिरिजा प्रसाद २०६२ सालको परिवर्तनका लागि जुन माओबादीका बिरुद्ध सेना परिचालन गर्न र टाउकाको मूल्य तोक्न समेत लागि परे तिनै माओबादीसंग अत्यन्तै निकट हुन पुगे, तर रास्ट्रपति हुन नपाएपछि माओबादीसंग टाँढिएर बर्तमान सरकारका प्रमुख सूत्राधार बनेका उनी जीवनको पछिल्लो समयमा पुन: माओबादीका निकै नजिक हुन पुगेको अनुमान गरिन्छ । यी सबै आरोप तथा आरोह अबरोह पार गर्दै उमेरका कारण खासै चिन्ता लिन नपर्ने मृत्यु बरण गरे तापनि देशलाई ठूलो शोकमा डुबाएर गए । जीवनको अन्तिम समयमा सत्ता हस्तान्तरणमा ढिलाई नगरेका, सरकार प्रमुख परिवर्तनको लागि आबस्यक पर्ने अन्तरिम संबिधानमा ब्यबस्था भएको दुई तिहाइलाई बहुमतीय प्रणालीमा परिवर्तन गर्ने भूमिका निर्बाह नगरेका र छोरीका लागि त्यत्ति सार्है काखी नच्यापेका भए मात्र पनि बिगतका गल्तीहरुमा बिर्को लगाउँदै गिरिजाबाबु इतिहासमा निर्बिबाद ऐतिहासिक युगपुरुष बन्थे कसैले औंला ठड्याउन नसक्ने गरी । जे होस, गिरिजाको मृत्यु लग्गत्तै पूर्व राजा ज्ञानेन्द्रले तीन वर्षपछि नेपालकै एउटा निजी टिभीमा अन्तर्वार्ता दिँदै राजतन्त्र समाप्त भैनसकेको विचार राखेर गणतन्त्रको रट लगाउनेहरुलाई ठाडै चुनौति दिएका छन् । र यस्लाई चल्ला पनि हराउनु, काग पनि कराउनु भएको त होइन ? भन्ने रुपमा समेत हेरिन थालिएको छ अहिले । यस्को लागि मूलत: बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापस्चातको ईतिहासको संक्षेपमा बिस्लेषण गरिनु पर्ने हुन्छ ।

नेपालमा गणतन्त्र यत्ति छिट्टो आउने बातावरण तयार हुनुका पछाडि मूलत: तीनवटा आन्तरिक कारण देखिन्छन: पहिलो, बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापस्चातका मुख्य पार्टीहरु देशलाई निर्दिस्ट दिशातिर लैजान संबेदनशील नभएकाले पूर्णत: असफल जस्तो देखिनु; दोश्रो, शुभ चिन्तकहरुको समेत आफू र आफ्ना कार्यकर्ताहरु सकाउने हो कि भन्ने आशंकाको बाबजूद तात्कालिन तेश्रो ठूलो पार्टीको रुपमा रहेको पार्टीको एउटा सानो हिस्साले भूमिगत रुपमा शुरु गरेको आन्दोलन मार्फत दश बर्षको छोटो समयमा देशका यस्तै वास्तबिकताको मलजल पाएर कसैले नसोचेको किसिमले राष्ट्रिय स्तरमा आफ्नो संगठन र शक्ति निर्माण गर्न माओबादी सफल हुनु र तेश्रो, देशका मुख्य पार्टीहरुको असफलताबाट आबस्यक्ताभन्दा बढी हौसिएर राम्रोसंग बिस्लेषण नगरी सबै पार्टीहरुलाई पाखा लगाएर दरबारले आफ्नै किसिमले अगाडि बढन खोज्नु । दरबारबाट पाखा लगाइएका सबै पार्टीहरुको संयुक्त कार्यक्रममा समेत जन सहभागिता खासै नभएपछि दरबारसंग टक्कर लिनका लागि आफूहरुले राज्यका तर्फबाट सखाप पार्न सबै किसिमका संभाबित उपायहरु प्रयोग गरिएको त्यही माओबादीसंग हातेमालो गर्नुको बिकल्प रहेन पार्टीहरु सामू । पार्टीहरुलाई दरबारसंग बदला लिनु थियो भने आफूसंग सहकार्य गर्न तयार भएका तिनै पार्टीहरुलाई साथ लिएर गणतन्त्र प्राप्ती लक्ष हात पार्ने अबसरलाई गुमाउन नहुने माओबादीको लागि तात्कालिन अबसर । यही मिलनबिन्दुका कारण सिर्जित अवस्थाका सामू दरबार झुक्न वाध्य भयो । दरबारद्धारा र अझ कत्तिले त तत्कालिन राजा ज्ञानेन्द्रद्धारा नै सन्चालित भनिएको त्यही माओबादी त्यही दरबार र अझ उही ज्ञानेन्द्रलाई शक्तिहीन बनाउने निर्णायक शक्ति बन्न पुग्यो ।

यस्तै पृष्ठभूमिको आधारमा नेपाली जनताले आफ्नो अन्तर्बेदनालाई छताछुल्ल पारिदिए बिगत संबिधान सभाको चुनाब मार्फत कसैले नचिताएको परिणाम दिएर । प्राप्त अनपेक्षित चुनाव परिणामका कारण माओबादीसंग हातेमालो गर्ने प्रमुख पार्टीहरु पुन: असमन्जसमा परेको देखियो: अब आफूहरुलाई पाखा लगाउने दरबारको नजिक रहने कि आफूहरुलाई पाखा लगाउन सक्ने संभाबित नयाँ शक्तिको नजिक रहने त ? अनपेक्षित चुनाव परिणामका कारण आफूलाई सुरक्षित बनाउने क्रममा खेलहरु खेल्न शुरु भएकै कारण गणतन्त्र घोषणा हुन अत्यधिक ढिलाई भयो र वाध्यताबश गणतन्त्रवादी भए गणतन्त्रवादी हुन नचाहनेहरु समेत रास्ट्रपति पद माओबादीले छाडिदिने शर्तनामामा । उक्त चुनाब परिणामपछिको दोश्रो खेलको मन्चन मानिन्छ माओबादीले छाडेको रास्ट्रपतिलाई हटाउन आबस्यक दुई तिहाइलाई यथाबत राखी प्रधानमंत्रीलाई हटाउन भने दुई तिहाइको सट्टा सामान्य बहुमत भए पुग्ने भनी अन्तरिम संबिधानमा परिवर्तन गर्न खेलिएको भूमिकालाई । यसरी गरिएको यो निर्णय नै गणतन्त्र नेपालको राजनीतिलाई यसरी अस्थिर बनाउन सबैभन्दा जिम्मेवार देखिन्छ र यो निर्णय गर्ने बित्तिकै यस किसिमको राजनैतिक संभाबनाहरुको अडकलबाजी भैसकेको थियो नेपाली राजनीतिका हस्ती मानिदै आएकाहरुको सबै किसिमका चारित्रिक बिशेषताहरुका आधारमा जुन अडकलबाजी अस्वाभाबिक थिएन र भयो पनि त्यस्तै । बिगतमा भएका आफ्ना कमी कमजोरीको यथार्थ बिस्लेषण गरी त्यस्का आधारमा पस्चाताप गरेर देशको यस्तो जटील संक्रमण अवस्थामा होसियारी पूर्वक अगाडि बढ्नु पर्ने यथार्थतालाई मनन गर्दै गुमेका जन बिस्वास फर्काउन देश र जनताप्रति गरिएको जिम्मेवारी महसूस दिलाउन तदनुरुपका कृयाकलाप अगाडि बढाइनु आबस्यक थियो केही ठूला पार्टीहरुका सामू, तर दुर्भाग्य नयाँ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्याउनका खातिर भएको चुनाबपस्चात लक्षित उद्धेस्य प्राप्तिका खातिर नभै प्राप्त चुनाव परिणाम र सोही परिणामका कारण अन्तरिम संबिधानमा परिवर्तन गरेर सत्ता प्राप्तीका लागि खुलाइराखेको संभाबित ढोकाबाट प्रबेश गर्ने बातावरण बनाउनमा नै तल्लिन भएको र गणतन्त्र स्थापना अघि जस्तै सत्ता प्राप्तीका लागि गरिएका फोहोरी खेलको राम्रै पुनराब्रिति गराइएको देखिन्छ ।

माओबादीले सरकारको नेतृत्व गर्दा महत्वपूर्ण मन्त्रालयहरु नेतृत्व गर्ने पार्टीले लिन नहुने भनी गृह र रक्षाको लागि त्यत्रो रडाको मच्चाउने र रक्षा नपाएको कारण नै सरकारमा नजाने नेपाली कांग्रेस गृह, रक्षा र अर्थ सबै सरकारको नेत्रित्व गर्ने आफूभन्दा सानो पार्टी एमालेलाई बिना खासै बिबाद अच्चम्मैसंग दिन राजी हुनुले स्पस्ट गर्छ गणतन्त्रपस्चातको नेपाली कांग्रेसको रणनीति । रक्षा मन्त्रालयको निहुँ, माओबादी सर्ब सत्ताबादीको प्रसंग, दुई सेनाको प्रमुख एउटै ब्यक्ति हुन नहुने भन्ने प्रसंग – यी सबै देखाउने दाँत मात्रै त थिएनन भनी प्रश्न गर्ने ठाउँ प्रसस्त देखिन्छ चुनाव परिणाम र अन्तरिम संबिधानमा गरिएको परिबर्तनपछि मात्र उठाइएका यी प्रसंगहरु र बिभिन्न घटनाक्रमको बिस्लेषणले गर्दा । जे होस मूलत: अन्तरिम संबिधानमा गरिएको यही परिवर्तनका कारण देश अरु थप समस्याग्रस्त हुन पुगेको देखिन्छ । यो नेपाल र नेपालीको लागि ठूलो दुर्भाग्य र अबहेलना थियो भने नेपाल र नेपालीमाथिको ठूलो खेलबाड र बज्रपात । अन्तरिम संबिधानमा सो परिवर्तन नगरिएको भए रक्षा मन्त्रालयको निहुँमा नेपाली काग्रेस बाहिर बस्ने संभाबना रहन्नथ्यो र सहमतीय पद्धतिले निरन्तरता पाउँथ्यो र राजतन्त्रलाई नै जोगाउन केही गर्न नसक्ने अवस्थामा पुगेका कटुवाल कटुवाल प्रकरण सिर्जना गर्ने क्षमता राख्न सक्तैनथे । रास्ट्रपति ट्याक्सी चढेर भैंसी चराउन जाने प्रसंग निस्कदैनथ्यो । यसरी देश अहिले देखिएका सबै अस्वाभाबिक अवस्थाहरुबाट मुक्त भएर स्वाभाबिक तवरबाट अगाडि बढने संभाबना अत्यधिक रहन्थ्यो र गाइजात्रै गाइजात्रामा थप गाइजात्राहरुको मन्चन पनि हुन पाउदैन्थ्यो, बारंबारको नागरिक खबर्दारीको आबस्यक्ता पनि पर्दैनथ्यो । यस्को अर्थ यो होइन कि सबै समस्याहरुको हल हुन्थ्यो, तर अहिलेको जस्तो अनाबस्यक अत्यधिक तनाबबाट भने देश र जनता धेरै हदसम्म मुक्त हुन्थे । र संक्रमण कालमा नै पनि संबिधान लेख्ने लगायतका धेरै उपलब्धीहरु हासिल गरिसकेको हुन्थ्यो देशले ।

अहिले सरकारमा रहनेहरुले पञ्चायतकालमा आफूहरुले दमन र प्रतिरोधका अनि जनता नै अजश्र शक्तिका श्रोत हुन भनी गर्ने गरेका सैद्धान्तिक व्याख्यानहरु व्याबहारिक रुपमा बिर्सिसकेको आभास हुन्छ र सत्ता नै सबै थोक हो भन्ने सोंचमा भएको देखिन्छ । सत्तामा बसेर जे बोल्दा अथवा गर्दा पनि ठीक हुने भन्ने मानसिकताले ग्रस्त यत्ति सार्है पहिला कहिल्यै भएको देखिएको थिएन । सर्ब सत्ताबादको बिरोध गर्दै लोकतन्त्रको दुहाइ दिएर कहिल्यै नथाक्ने तर छलफल गर्ने ठाउँ संसदमा राष्ट्रपतिको बिषयमा छलफलको लागि प्रबेश नै गर्न नएर समस्यालाई अप्रजातान्त्रिक तबरले जटील बनाउँदै निरंकुशताको आभास हुने बातावरण सिर्जना गर्ने, जनताको विश्वाश जित्न नसकेकाहरुकै बाहुल्यता हुने गरी सरकारमा हास्यास्पद पाराले ब्यक्तिहरु चयन गर्ने, मन्त्रिपरिषदलाई बिभिन्न दृष्टिकोणले हास्यास्पद बनाइ यस्को गरिमालाई गिराउने, सरकारमा रहनेहरुले नै राज्यको ढिकुटी जथाभाबी खर्च र दुरुपयोग गर्ने काममा रेकर्ड नै कायम गर्ने, काम देखाउन उदघाटन र शिलान्यास दोहोर्याइ तेहेर्याइ गर्दै अनुत्पादक र अनाबस्यक खर्च बढाउने, मन्त्रीहरु नै अनेकन दादागिरी गर्ने, भ्रस्टाचार त समाचार नै होइन भन्ने बातावरण सिर्जना गर्ने जस्ता सबै काम भएको छ यो सरकारको पालामा । र सरकार औचित्यको हरेक कसीमा असफल भइसकेको छ । शान्तिसुरक्षा अहिलेसम्मकै सबैभन्दा कमजोर बिन्दुमा छ, राष्ट्रियतामाथि आँच आउने थुप्रै घटनामा सरकार चुक्क बोल्न सकेको छैन । यो सरकारले मुलुकलाई शान्ति र नयाँ संविधान त परको कुरा, न्यूनतम शासन र सुरक्षा पनि दिन सक्दैन भन्ने तथ्य पछिल्ला दस महिनामा हरेक कोणबाट प्रमाणित भइसकेको छ । यसरी परिपक्क ब्यक्तिको व्यबहारको आभास समेत पाउन दुर्लभ लाचारहरुको जमघट देखिने यो सरकार पछाडि पछाडि ज-जस्ले जे जत्ति शिकायत गरे पनि अगाडि भने त्वमेव शरणम भन्दै आशिर्बाद लिन पुग्नु पर्ने मियोको रुपमा रहेका गिरिजाको मृत्युले बर्तमान सरकार नाबालक जस्तै हुन पुगेको देखिन्छ । सरकारमा सहभागी दुई ठूला पार्टीका पार्टी नेतृत्वदायी ब्यक्तिहरु आ-आफ्नै अस्तित्व जोगाउन धौ धौ अबस्थामा छन । एउटाको कुरा अर्कोले आदरपूर्बक सुन्ने अवस्था सरकारमा सहभागी ठूला पार्टीहरुमा देखिन्न । अनि सरकारमा सहभागीहरुको हरेक कृयाकलापले गर्दा उनीहरु माओबादीसंगको दूरी बढाउनमा नै ब्यग्र जस्तो देखिन्छन । यस अवस्थामा पूर्व राजाको त्यस किसिमको भनाइ आउनु अस्वाभाबिक देखिन्न । सरकारमा संलग्न अधिकाँश ब्यक्तिहरुको ईतिहासका आधारमा सरकारको समग्र स्वरुप र परिणाम अनपेक्षित नभै स्वाभाबिक भएको कारण सरकारको अवस्थाका आधारमा मात्रै आएको हो भने त्यस किसिमको भनाइ भने अस्वाभाबिक देखिन्छ र तदनुरुप चालिने कार्यले देशलाई अरु संकटमा धकेल्ने देखिन्छ ।

रामकुमार श्रेष्ठ

Advertisements

2 Comments

  1. janata bhanda neta badhi bhayeko desh yestai hunchha.

  2. […] Merolimbuwan Possibly related posts: (automatically generated)माओवादीले हिंसाको परित्याग … 35.387579 -85.962483 […]


Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।