अरुण-सप्तकोशीपूर्वको साबिक लिम्बुवानलाई जस्ताकोतस्तै राख्न संयुक्त लिम्बुवान मोर्चा, हङकङ माग

संयुक्त लिम्बुवान मोर्चा, नेपालको विदेशस्थित् शाखा सङ्गठन संयुक्त लिम्बुवान मोर्चा, हङकङले अरुण-सप्तकोशी नदी पूर्वको साबिक नौ जिल्ला लिम्बुवानलाई जस्ताकोतस्तै राख्न जोडदार माग गरेको छ । मोर्चा हङकङले फेब्रुअरि २२ मा एक प्रेस-विज्ञप्ति प्रकाशित गरी सो माग राखेको हो ।

मोर्चाद्वारा प्रेसित विज्ञप्तिमा थप भनिएको छ- “लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सयवर्ष पहिले स्थापना भएको प्राचीन भूराज्य हो । हाल आधुनिक नेपालअन्तर्गत मेचीनदी पश्चिम, अरुण-सप्तकोशी नदीपूर्व, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्लाभित्रका सम्पूर्ण नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लिजोङ, पान्थर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो । लिम्बुवानलाई प्राचीन स्थापना कालदेखि वर्तमानकालसम्म प्रमाणित गर्ने प्रशस्त ऐतिहासिक प्रमाणहरु छन् । साथै, राज्य बन्नका लागि चाहिने सम्पूर्ण आधारभुत आवश्यकता तथा भौगोलिक पर्याप्तता र निरन्तरता पनि छ । संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले निर्धारण गरेको पहिचान र सामर्थ्य दुवै लिम्बुवानसँग छ । यी माथिका सबै कुराहरु लिम्बुवानसंग भएको थाहा हुँदाहुँदै पनि उपरोक्त समितिले मुलुकलाई १४ प्रदेशमा विभाजन गर्दा लिम्बुवानको उत्तर-पश्चिमको सङ्खुवासभा र धनकुटाको केही भाग तथा लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ, सुनसरीलाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोले संयुक्त लिम्बुवान मोर्चा, हङकङ घोर आपत्ति व्यक्त गर्दछ । हामी नेपालको राष्ट्रिय अखण्डता तथा नेपाल लिम्बुवानको क्षेत्रीय अखण्डता दुवैप्रति पूर्ण प्रतिवद्ध छौं । तसर्थ, संविधान सभाको राज्य पुनः संरचना तथा राज्यशक्तिको बाँडफुड समितिले तयार पारेको १४ प्रदेशको संघीय राज्यको खाकामा लिम्बुवान राज्यको नक्शा तत्काल सच्याई अरुण-सप्तकोशी नदीपूर्वको साबिक लिम्बुवानलाई जस्ताको तस्तै राख्न संयुक्त लिम्बुवान मोर्चा, हङकङ जोडदार माग गर्दछ ।”

मोर्चामा संम्वद्ध राजनीतिक दल, संगठनहरु र नेतृत्वहरु लिम्बुवान मुक्ति मोर्चा, हङकङ शाखा-अध्यक्ष प्रकाश यक्सो; लिम्बुवान राष्ट्रिय मोर्चा, हङकङ शाखा-अध्यक्ष दिल पालुङवा; लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङ, शाखा-सचिव एम. वी. थोप्रा; मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य यरिषद, हङकङ शाखा-अध्यक्ष नवराज काम्बाङ; नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ, हङकङ शाखा-अध्यक्ष ओमराज सम्बाहाम्फे र सहयोगी/समन्वयकर्ताः किरात याक्थुङ चुम्लुङ, हङकङ-अध्यक्ष निरप्रसाद लिम्बू रहेका छन् ।

-नवराज काम्बाङ हङकङ र डीबी आङ्बुङ लिम्बुवानबाट

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।