गाउन मात्रै जानेँ, धाउन जानिनँ

मायाले मूलबाटो भुलेछ, टाढा भए के भो मायालु, सागर रहेछ माया, बिरानो आकाशमा जस्ता चर्चित गीतका गायक कुवेर राईलाई एक समय दोस्रो पुस्ताका नारायणगोपाल भन्ने धेरै थिए । पाँच दर्जनभन्दा बढी गीत गाइसकेका राईलाई ‘स्वर कुवेर’ को उपाधि दिने पनि कम्ती थिएनन् । तर, उनलाई विभिन्न ‘उपाधि’ ले विभूषित गरिदिने उदारमना महानुभावलाई थाहा नहुन सक्छ- अहिले उनी इलामका बारी, खेत, भीरपाखामा गाइरहेका छन् । पूर्वमा सम्भवतः सबैभन्दा लोकपि्रय गायक हुन् उनी । गायक बन्न काठमाडौं आएका उनी काठमाडौंमा टिक्न सकेनन्, जन्मथलो श्रीअन्तुडाँडामै फर्किन बाध्य भए । अहिले उनी खेती-किसानी गरिरहेका छन् । उनै गायक-किसान (या किसान-गायक) का विगत/वर्तमान उनकै बोलीमाः
बाबित्नु भएपछि म जेठो छोरो भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी मेरो कलिलो काँधमा आयो । अल्लारे थिएँ म- दुनियाँका चालचलनबाट बेखबर । आफ्ना रहर र सपनालाई एउटा कुनामा थन्क्याएर घर चलाउनुपर्‍यो मैले । पढाइमा पूर्णविराम लाग्यो । दस कक्षासम्म पढेको छु ।
गाउन असाध्यै रहर लाग्थ्यो । मीठो गाउँछस् भन्थे साथीभाइ । मेरा लागि संगीतको गुरु भने पनि, पाठशाला भने पनि लाहुरेको काँधमा झुन्डिएर आउने रेडियो थियो । गाउँमा लाहुरे घर आउँदा बुट बजार्दै, रेडियो घन्काउँदै आउँथे । उनीहरूले ल्याएका रेडियोबाट घन्किने गीत एकसरो सुन्नासाथ मलाई कण्ठ हुन्थ्यो । गीत सुन्नेबित्तिकै म गाउन थालिहाल्थेँ । रेडियो सुनेकै भरमा म राम्रो गाउन सक्ने भएँ ।
एक दिन संगीतकार दाइ मानसिंह थुलुङले भन्नुभयो, ‘कुवेर, तिम्रो स्वर राम्रो छ । Continue reading

Advertisements

गज़ल-“यो जीवन तिम्रै हातमा”

यो जीवन तिम्रै हातमा, छोडें मैले आज||
तिम्रो निम्ति साराबन्धन, तोडें मैले आज||

तिमी संगै जिउने र मर्ने बाचा गरेर
जन्मौ-जन्मको नाता जोडें मैलें आज||

आँसुका तलाउहरु बनाएर गल्छेडी
ढप्किएका ओठहरु फोड़े मैले आज||

विना बर्षात ओइलिएका ऋतु फुलहरु
काँडासंगै मित लगाई गोडें मैले आज||

भूत काल बिर्सिएर बर्तमान अंगाली
तिमी तिरै पाइलाहरु मोडें मैले आज||

मिना बान्तवा “मृदु”

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।