सोनीले अदालती प्रकृया वहिस्कार गरिन

गत वर्ष १७ मार्चका दिन हङकङ प्रहरीव्दारा गोली हानी हत्या गरिएको दिलवहादुर लिम्वूको मृत्यु छानवीन जारी रहेको वेला स्व लिम्वूका पत्नी सोनी रार्इले अदालती कारवाहीमा चित नवुझेकोले अव आइन्दा अदालतमा उपस्थित नहुने भएकी छिन् । उक्त कुरा ११ मार्च विहान साइवान हो अदालत अगाडि युनिसन हङकङ र हङकङ नेपाली महासंघको सहयोगमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकीहुन् । सोनी रार्इको तर्फवाट नेपाली महासंघका अध्यक्ष हेम लिम्वू र युनिसन हङकङकी निर्देशक फर्मी वङले क्रमश अंग्रेजीमा र चीनीया भाषामा प्रेस वक्तव्य पढेर सुनाइएको थियो । कोरोनर अदालतले आफ्नो श्रीमान्को मृत्यु छानवीन सम्वन्धि सुनुवाई शुरुदेखि नै निष्पक्ष रुपमा नगरेकोले आफूलाई चित्त नवुझी आज सुनुवाईको ५८ औं दिनदेखि अदालतमा नआउने निर्णय गरेकी वताउँदै उपस्थित सवैलाई सहयोगको लागि धन्यवाट दिइन । स्थानीय पत्रकार र र्सवसाधारणवाट भविष्यमा पनि मानवताको नाताले सधैं साथ पाइरहने आशा व्यक्त गरेकी थिइन । सोनीले र्सार्वजनिक गरेको प्रेस वक्तव्यमा लेखिएको छ “प्रहरी अनुसन्धान र कोरोनरको अदालती प्रकृया पक्षपातपूर्ण र मेरो विरुद्ध छ । मेरो श्रीमान्लाई कसरी मारियो त्यो कुरा पूर्णरुपमा जान्न,न्याय माग्न र यो आदलती प्रकृयाले भविष्यमा यस्ता घटनाहरुहुन नदिन सहयोग गर्नेछ भन्ने आशा लिएर म हङकङ आएकी थिए तर ठीक विपरीत यहाँका अधिकारीहरुवाट वाधा, अवरोध,पक्षपाट तथा मेरो स्वर्गीय श्रीमान्को चालचलनमा धव्वा लगाउँदै उनको मृत्युको जिम्मेवार आफै नै हो भन्ने पुष्टि गर्ने हर प्रयत्न भइरहेको र अदालतमा समेत हामी तथा हाम्रा प्रक्षका अधिवक्ताहरुलाई शत्रुतापूर्ण व्यवहार वारम्वार हुँदै आएको पाएँ । छानवीनकोलागि आवश्यक कागजातहरु निवेदन गर्दापनि अदालतवाट वारम्वार अस्वीकृत हुने क्रममा अस्ति भर्खरै प्रहरी निर्देशिका(ट्याक्टिक्स मेनु) दिन अस्वीकार गरी हत्यामा संलग्न प्रहरी होइका केर्इलाई प्रशिक्षणको क्रममा रिभल्भर र खुर्सानीको झोल चलाउने सम्वन्धमा के सिकाईको थियो, उनलाई प्रशिक्षण सिकाएको कुरा सम्मत गएको छ कि छैन भन्ने विषयमा हामीलाई र जुरीहरुलाई अन्धकारमा राख्ने कोशिस गरिएको छ मलाई र मेरो स्वर्गीय श्रीमान नै कठाघरमा उभाइएको महसूस भएकोले यो अदालनमा आउनु कुनै अर्थ देखिन । Continue reading

Advertisements

मोफसलमै मालामाल

काठमाडौ, फाल्गुन २७ – विकासका भौतिक सुविधाबाट वञ्चित पाँचथरको भारपामा तीन दशकअघि जन्मेका मित्र लिङेनको नाम पूर्वमा तीन क्षेत्रमा परिचित छ, साहित्य, सिनेमा र राजनीति । तर उनी आफूलाई अचेल ‘सिनेकर्मी’ भन्न रुचाउँछन् । नेपाली फिल्मको स्तर उठोस् नउठोस्, राजधानीमा नयाँ कलाकार थपिइरहेका बेला लिङेन भने आफ्नै थातथलोमा घुम्दै कलिउडमा स्थापित हुने जमर्को गर्दै छन् । रङ्गमञ्चमा अभिनय गर्दा गर्दै अरूका फिल्ममा सानोतिनो अभिनय गरेर सिनेजगत छिरेका उनी अहिले आफैं फिल्म बनाउने हैसियतमा पुगेका छन् ।

‘यो सफलताका पछाडि गाउँलेको हात छ,’ फिल्मी दौरानमैं राजधानी आइपुगेका लिङेनले भने, ‘हाम्रो फिल्म उनीहरूले मन नपराइदिएको भए यो स्थानमा पुगिँदैनथ्यो ।’ लिङेनकै जस्तो औपचारिक ज्ञान नलिई अभिनयतिर ढल्किएका सुनसरी सिंगियाका जयनारायण चौधरी पनि अहिले ‘सिनेकर्मी’ का रूपमा परिचित छन् । सिनेक्षेत्रमा पाइला टेकेको तीन वर्षमैं चौधरीले पाँच फिल्ममा अभिनय मात्र होइन लगानीसमेत गरिसकेका छन् । ‘तराईका दर्शकले माया गरेपछि अरू जाँगर थपिएको छ,’ राजधानीमैं बुधबार भेटिएका उनले भने, ‘अब अर्को फिल्म थाल्दैछु ।’ Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।