‘हङकङ डलर त यसरी पो फल्दो रहेछ’

दिलेन्द कुमार तुम्बाहाङफे
गर्मीमा कति गर्मी अति नै गर्मी । हुप्ब, एउटा पात हलेको छैन । हावा नि कहाँ मरेको होला । पसिना तरर अनुहार कालो पार्दै एक अर्कामा हेराहेर गरेको याद कहिल्यै बिर्सन सकिन । हुन पनि गर्मीयामतिर हङकङमा ताइफन चलेको बाहेक हावा भेटाउनै गाह्रो जस्तो हुन्छ । जनसंख्याको चाप, उर्जा शक्तिको अधिकतम खपत, सवारी साधन तथा कलकारखानाको रसायानिक पदार्थहरुले हङकङ जस्तो सुन्दर शहरलाई प्रदुषणले वारी र पारी देख्नै नसकिने गरी कूरुपतिर चेप्टाउंदै लगिरहेको छ । एबर्डीन भन्ने ठाउँमा पल्लोपटि टोपी खस्ला झै भीर छ । पत्थरका चोइटाहरु उप्केर मोटरवेमा नजाओस भनेर रोकथामको लागी मर्मत गर्नु पर्ने रहेछ । त्यो भीरमा पनि सेफ्टी बेल्ट बांधेर कुभिन्डो फले झै तुलुङ्ग झुण्डिएर काम गरिरहेका छन् साथीहरु । वल्लोपटि गहिरो ठाउँमा ट्रकको ट्रक सिमेन्ट र बालुवाको सुख्खा मसला बनाएर बेल्चाले मेशिनमा लाउँदै घ्वार्र घ्वार्र भीर छयाप्नु पर्ने रहेछ । गहिरो ठाउँमा ब्वाङ ब्वाङ उडेको सिमेन्टको धूलोले कुहिरो भित्रको काग जस्तो देखिने उकुसमुकुस धूलो र पसिनाले आँखा पोलेर शेषै पारेको थियो । यसो हेरे कोही साथीहरु अनुहार राताम्मै माटो फाल्दैछन् । कति गह्रौं भारी लगाएको कुन्नि बि.ए एम.ए पढ्ने कोही साथीहरु तीन-तीनवटाको दरले सीमेन्ट खुट्टा बाङ्गीदै ठेला गाडीमा सकि नसकी धकेल्दैछन् । कोही भने काँधै पिल्सिने गरी ४० एम एमको फलाम ओसारेको ओसारेकै गर्दा रुन मात्र नसकेर ओठ झरी गाको छ । चीना-चाइनीज)ले एकछिन न बस भन्छ न पानी पिऊ भन्छ । Continue reading

Advertisements

अब टेलिफिल्म खेल्दिनँ – सौजन्य सुब्बा

अभिनेत्री सौजन्य सुब्बालाई अब टेलिफिल्ममा देख्न पाइन्न । उनले पछिल्लो समय अभिनय गरेको टेलिफिल्म ‘साइनो’ तर्राई टेलिभिजनबाट प्रसारण भइरहेको छ । यसपछि अब टेलिफिल्ममा अभिनय नगर्ने घोषणा यी अभिनेत्रीले गरिन् ।
सौजन्य सुब्बाको चाहना थियो, सिनेमामा नायिका बन्ने । तर, त्यतिबेलाका चर्चित निर्देशक शम्भु प्रधानले, उनले टेलिफिल्म ‘पुरुष’मा नायिकाको प्रस्ताव राखे । त्यतिबेला निर्देशक प्रधानले फिल्म पनि बनाइरहेका थिए । त्यसैले पुरुषसँगै प्रधानकै सिनेमामा पनि नायिका बन्ने लोभ यी अभिनेत्रीमा पलायो । त्यसैले टेलिफिल्म पुरुषमा काम गर्न उनी सहमत भइन् ।
यसरी आठ वर्षघि पुरुषबाट काँचको पर्दामा छिरेकी यी अभिनेत्रीलाई रजतपटमा आई पुग्न निकै हम्मे पर्‍यो । पाँच वर्षम्म त उनको दैनिकी नै टेलिफिल्मको छायांकनमा बित्यो । त्यतिबेला हप्तामा चारओटासम्म टेलिफिल्ममा उनले काम गरिन् ।
उनलाई त्यतिबेला आफन्तसँग कतै घुम्न जानसमेत फर्ुसद हुन्न थियो । जसका कारण उनी काँचको पर्दामै सीमित रहिन् । तर, पछिल्लो समयमा यी अभिनेत्री काँचको पर्दाबाट सेल्युलोइडमा उक्लिएकी छन् । यो बढुवासँगै काँचको पर्दामा नर्फकने अठोट उनको छ ।
टेलिफिल्म पुरुषको सफलतापछि उनलाई एकपछि अर्को गर्दै टेलिफिल्ममा प्रस्ताव आउँदै गयो । यो क्रममा नेपालका सबैभन्दा लामो १५ सय भागको एउटा टेलिफिल्ममा समेत काम गरिन् । हालसम्म २०ओटा टेलिफिल्ममा अभिनय गरिसकेकी छन्, सौजन्यले । यो अवधिमा यी विभिन्न टेलिफिल्मका दर्ुइ हजार भाग उनी काँचको पर्दामा छाइन् ।
पछिल्लो समय सौजन्यले ‘सोलो’ नायिकाका रूपमा फिल्म ‘टक्कर दर्ुइ मुटुको’मा अभिनय गरिन् । रोज राणा र सौजन्य अभिनित यो सिनेमाले मोफसलमा राम्रो व्यापार गरेको छ । निर्देशक ऋषि न्यौपानले यो सिनेमामा उनलाई एकल नायिकाका रूपमा ‘ब्रेक’ दिएका हुन् ।
आफूले सोचेको भन्दा कैयौं गुना चर्चा सो फिल्मबाट पाएकोमा उनी दंग छिन् । ‘फिल्मको क्रेज नै छुट्टै हुँदो रहेछ । यो फिल्मले सोलो नायिकाको रूपमा मलाई स्थापित गरेकोमा खुसी छु,’ सौजन्यले भनिन् ।
सौजन्यले अभिनय गरेको अर्को सिनेमा ‘कसलाई दिऊँ यो जोबन’ पनि यतिबेला मोफसलमा पर््रदर्शन भइरहेको छ । त्योभन्दा पनि उनी नयाँ चलचित्र ‘औजार’बाट बढी आशावादी छिन् । दिलकुमार प्यासी निर्मित एवं योगेश घिमिरे निर्देशित औजार नयाँ वर्षम्ममा रिलिज हुने पनि उनले जानकारी गराइन् । Continue reading

फेरि डाक्टरमाथि हातपात

धरान,
डाक्टरको बेवास्ताले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले शनिबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरमाथि हातपात गरेका छन्

उपचारका क्रममा डाक्टरको बेवास्ताका कारण बिरामीको मृत्यु भएको भन्दै सुनसरीको सोनापुर-२ का सुवास र्राईले प्रतिष्ठानका डाक्टर नारायण बेलबासेमाथि हातपात र कुटपिट गरेका हुन्

घरमा राखिएकेा पानी चलाउँदा पोखिएर बिरामी परेका दर्ुइ वर्षो छोरा सन्जुलाई उपचारका लागि सुवासले बिहीबार प्रतिष्ठान ल्याएका थिए

मृतकका बाबु सुवासले बेलुका बच्चाको अवस्था सामान्य रहेको, तर बिहान उठेर हर्ेदा बच्चा चिसो भएको जस्तो लागेर डाक्टर बोलाउँदा कोही नभएपछि आफूले डाक्टर नभएको खबर प्रहरीलाई गरेपछि मात्र डाक्टर आएको बताए

सुवासले बिहानको डिउटी इन्चार्ज रहेकी विष्णुमाया तामाङसमेत डिउटीमा अनुपस्थित रहेको बताए

प्रतिष्ठानमा बारम्बार बिरामीका आफन्त र डाक्टरको बीचमा विवाद र कुटपिट हुने गरेपछि केही समयअघि प्रतिष्ठानमा सीसीटिभी जडान गरिएको थियो Continue reading

छ दिनदेखि युवती बेपत्ता

धरान ।
सुनसरीको पाँचकन्या 8 देवीस्थानकी एक युवतीलाइ तीन युवाहरुले 6 दिन अघिदेखि बेपत्ता बनाएका छन् । स्थानीय 26 बष्रीय मिना सुब्बालाइ तीन युवाहरुले फागुन 15 गते शनिबार रातीदेखि बेपत्ता बनाएका हुन् ।

घटनामा संलग्न दुइ युवालाइ युवतीका परिवार एवं स्थानीयबासीले पत्रmाउ गरेर प्रहरीमा तीन दिन अघि नै बुभmाइसके पनि बेपत्ता मिनाको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । घटनाको मुख्य व्यत्ति भनिएका धरानकै सुजन श्रेष्ठलाइ पनि प्रहरीले पत्रmाउ गर्न सकेको छैन । आफन्त एवं स्थानीयबासीले भने तिन युवाहरुले मिनाको अपहरण गरेको दाबी गरेका छन् ।

‘शनिबार राती करिब ७ बजेतिर मिनालाइ घर पुर्žयाउन जादै थिए, पानी परेकोले बाटो चिप्लो थियो । अग्लो डिलबाट दुवै जना लड्žयौ ‘(घटनाकी प्रत्यक्षदर्शी एवं मिनाकी फुपु खड्žग कुमारी आलेमगरले भनिन्ž(‘ठुलो शरिर भएकी भदैनीलाइ उठाउन सकिन र मान्छे बोलाएर आउदै गर्दा मिनालाइ गाडीमा हालेर कुदाइहाले ।’ मिनाकी भाइ अमर लिम्बुका अनुसार घटनाको भोली पल्टदेखि परिवार र स्थानीयले खोजी तीब्र बनाएका छन् भने धनकुटाको भेडेटार र इलाका प्रहरी कार्यालय धरानमा पनि अपहरणमा परेको जाहेरी दिइसकेका छन् । Continue reading

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञप्ती

Continue reading

लिम्बुवानको विस्तारित बैठक सम्पन्नः मिसन ‘जे.एम्.एस्.’ र ‘डी.एस्.’ देखि सरकारसम्मको तयारी

धरान, लिम्बुवान,
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक विस्तारित बैठक २०६६ फागुन १६, १७ र १८ गते सुनसरीको धरान, लिम्बुवानमा सङ्गठनका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ को अध्यक्षतामा सम्पन्न भयो । तीन दिनसम्म चलेको उक्त बैठकमा लिम्बुवानका ९ वटै जिल्ला, उपत्यका र सबै भातृसंगठनहरुको समेत प्रतिनिधित्व र सहभागिता रहेको थियो । सो विस्तारित बैठकले हालसम्मको लिम्बुवान आन्दोलनको समीक्षा गर्दै विभिन्न सुझाव र आगामी कार्यक्रमसहितको प्रतिवेदनहरु प्रस्तुत गरेर सोउपर गम्भीर छलफल र बहस गरी तपशीलका निर्णयहरु गरेको कुरा धरानमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

१. विस्तारित बैठकमा केन्द्रीयराज्य समितिको तर्फबाट अध्यक्ष कुमार लिङदेन ‘मिराक’बाट प्रस्तुत राजनीतिक प्रतिवेदन, जिल्ला समिति र सबै जनसङ्गठनबाट प्रस्तुत प्रतिवेदनहरु विस्तारित बैठकले थप सुझावसहित पारित गरेको छ ।
२. लिम्बुवानको ऐतिहासिक भूमि नौ जिल्लासहितको सिमाङ्कन सबैभन्दा टड्कारो विषय बनेर हाम्रोसामु उभिएको छ । मोरङ, झापा, सुनसरी, धनकुटा र सङ्खुवासभाका जनताहरुको घर-घर, टोल-टोल, स्कूल/कलेजहरुमा विभिन्न गन्यमान्य बुद्धिजिवीहरुमा विभिन्न राजनीतिक पार्टी एवम् सामाजिक-सांस्कृतिक-खेलकुद संगठनहरुमा गएर अरुणपूर्व नौ जिल्ला लिम्बुवानको पक्षमा बहस/छलफल चलाउने र लिम्बुवानको पक्षमा जनमत सृजना गर्न झापा, मोरङ, सुनसरीलाई ‘मिशन जे.एम.एस.’ र धनकुटा सङ्खुवासभालाई ‘मिशन डी. एस.’ नामकरण गरी आन्दोलनको अभियान सञ्चालन गर्ने। सो अभियान सञ्चालन गर्न ‘मिशन जे. एम. एस.’ का लागि ९ वटा टोली र ‘मिशन डी. एस्.’ का लागि ४ वटा टोलीहरु निर्माण गरी यो मिशनमा पठाउने निर्णय गरियो । यो अभियानहरु लिम्बुवान प्राप्तिको निर्णायक आन्दोलनको तयारीहरु हुनेछन् । Continue reading

गज़ल-“आफ्नो आँसु आफैं”

आफ्नो आँसु आफैं-आफै, माँझी बनि तरें आज!
तिमी खुसी हुनु भनि, अलिक पर सरें आज!

बिहानीको घाम संग, कसम खाँदै-खाँदै अनि
पोखिएको अश्रु धारा अंजुलिमा भरें आज!!

तिम्रो घर्को गल्लि पनि , हिड्न छोडी सकेँ मैले
टाढै बाट हिडौ भनि, तल्लो बाटो झरें आज!!

साच्चैं बैगुन रेछौ तिमी, दिल दुःखाई राख्नु अझैं Continue reading

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।