राजधानीमा अर्को गोलीकाण्ड/भरतपुर मेडिकल कलेजका अध्यक्ष पाम्पाटीमाथी गोली प्रहार

काठमाडौ, फाल्गुन १८ –
भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सका अध्यक्ष नागेन्दर किशन पाम्पाटीलाई राजधानीको लाजिम्पाट, रानीवारी नजिकै मंगलबार सवा छ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ । गोली गाडीको शिशामा मात्रै लागेका कारण उनी सकुशल छन् ।

एक महिनाअघि संचार उद्यमी जमिम शाह र सोमवार जनकपुरमा अरुण सिंहानियाको गोली हानी हत्या भए लगत्तै चिकित्सा उद्यमी पाम्पाटीमाथि गोली प्रहार भएको छ ।

अज्ञात व्याक्तिले हानेको गोली उनी चढेको बा६च ९९९९ नम्बरको ‘रेन्ज रोभर’ गाडीको देब्रे ढोकाको शिशामा लागेको छ । दोस्रो गोली ताकेर हान्ने क्रममा चालकले गाडी तिव्र गतिमा घर भित्र छिराएकाले पाम्पाटी बचे । उनी गाडीको बीच सीटमा बसेका थिए ।

पाम्पाटी रानीबारीस्थित उक्त भाडाको घरमा विगत दश वर्षदेखि बस्दै आएका छन् । भारतीय नागरिक पाम्पाटी हैदरवादका स्थायी निवासी हुन ।

प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारी अनुसार गोली हान्नेहरु कालो रङ्गको पल्सर मोटरसाइकल चढेर आएका थिए । उनीहरुले चढेको मोटरसाइको नम्बर प्लेट कुच्चिएको र छोपेको जस्तो देखिन्थ्यो । मोटरसाइकलको पछिल्लो सीटमा बसेका व्यक्तिले गोली प्रहार गरेपछि उक्त मोटरसाइकल सामाखुशीतर्फ भागेको थियो । Continue reading

Advertisements

“जिन्दागी जय!,,,”part-4

जय! जिन्दगी भय जिन्दगी
अनेक रुप जिन्दगी जय जय जय !!!

अब मैले जिन्दगीलाई प्रथम पूजा गर्छु!
पहिलो मान्न थालेकी छु!!
किनकी जिन्दगी मैले अरु चिज भन्दा
प्रथम देखें !!
यसलाई जता खियायो
त्यतै चल्दो रहेछ!!
अब जिन्दगीको माझी म नै रहेछु, !
Continue reading

Samita Subba

Continue reading

Nisha Subba

Continue reading

Neelima Limbu

Continue reading

लिम्बू संस्कृति धाननाचः-

शम्भु प्रर्साई
विशेष गरेर मेला बजार चाडबाड र खुशीयालीमा लिम्बू समुदायका युवक युवती मिलेर एकले अर्काको हात समाई गोलाकार भएर “पालाम” -लिम्बू भाषाको गीत) गाउँदै नाचिने नाचलाई धाननाच भनिन्छ । यो नाच लिम्बू समुदायको लोकप्रिय संस्कृति हो । लिम्बू जाति बाहेक र्राई गुरुङले पनि बिस्तारै यो संस्कृति सिकेका थिए तर हिजोआज यो चलन हराउँदै गएको छ । मङ्सिरमा धान र्झार्न दाइँ गर्ने वा गोरु घुमाउने चलन उहिले थिएन । त्यसैले गाउँघरका युवकयुवती भेला भएर पराल माड्ने गर्दथे । त्यतिबेला अल्छी लाग्ने भएकाले गीत गाउँदै हात समाएर परालमाथि नाच्ने उपmने चलन थियो त्यही चलन पछि आएर धाननाचको नामले विकसित भएको हो भन्ने किंवदन्ती छ । यतिबेला दौरा सुरुवालमा सजिएर कम्मरमा खुकुरी भिरेका लोग्ने मानिस र चौबन्दी फरियामा शिरफूल र ढुङ्रीले सजिएका महिलाले पालाम गाउँदै नाचिने यो नाच निकै आकर्ष देखिन्छ । तरुनी तन्नेरीहरूले लय हाली पालाम गाएर धान नाचे पछि हार्ने पक्षले जित्ने पक्षले भनेको मान्नुपर्ने चलन भएकाले कतिपयको त धान नाचबाट नै विवाह हुने गर्दथ्यो तर हिजो आज यस्तो हुँदैन । लिम्बू समुदायमा धान नाचलाई माया पिरती गाँस्ने अवसरको रूपमा लिइन्छ । थुकिम्मा गाविस १ का ६५ वषर्ीय रनहाङ एभेङ -लिम्बू) भन्नुहुन्छ- मैले पनि धान नाचेर नै पुसे मेला -स्थानीय मेलाबजार) बाट श्रीमती ल्याएको हुँ । अझै रहर मेटिएको छैन तर के गर्नु अब त पाको पनि भइयो चलन पनि हरायो । लिम्बू समुयदायका मानिसलाई मात्र नभएर क्षेत्री बाहुनलाई पनि मनपर्ने यो संस्कृति हिजोआज हराउँदै गएकोमा स्थानीय बासी दुखित भएको आभास हुन्छ । Continue reading

Yakthung Chumlung 09 – Samjhana birsana

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • March 2010
    S M T W T F S
    « Feb   Apr »
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।