मनोरंजन

कस्तो हो यो केमिस्ट्री भन्ने चिज

लामो समय को पर्खाई पछि ऐश्वर्य राय बच्चनको दुई वटा फिल्म रिलिजको लागी तयार भएको छ। एक्सन रिप्ले र रावण। एक्सन रिप्ले मा ऐश्वर्य अक्षयकुमार संग देखिएको छ भने रावणमा आफ्नो श्रीमान अभिषेक बच्चन संग।मणि रत्न द्वारा निर्देशित रावणमा उस्को श्रीमान संग को केमिस्ट्री को चर्चा त्यति धेरै भएको छैन जति एक्सन रिप्ले मा अक्षयकुमार संग ।जति एक्सन् रिप्लेमा अक्षयकुमार संग ऐश्वर्य को जोडी लाई उचाई मा स्थान् मिल्दैछ । यस्को कारण यहि हो कि एक्सन रिप्लेमा अक्षय र ऐश्वर्य को जोडीलाई लिएर दर्शकलाई उत्सुक्ता बढाउन को जिम्मेवर संयम निर्देश बिपुल् शाह नै रहेको छ। Read more..

……………………………………………………………………………………………………………………………………………………….

सृजना गुरुङ बनिन् हङकङ नेपाली डान्स आइडल

फियोना हङकङले आयोजना गरेको हङकङ नेपाली डान्स आइडल प्रतियोगिताको दोश्रो संस्करणमा १५ वर्षीय सृजना गुरुङले विभिन्न चरणहरु पार गर्दै ट्यालेण्ट शो जितेकी छिन् । नृत्य विधाको यस प्रतियोगितामा सुनिता गुरुङ फस्ट रनरअप तथा सुकु लिम्बू सेकेण्ड रनरअप बनेकी छिन् ।

१८ अप्रेल २०१० याउ मा तेइ कम्युनिटी हलमा खचाखच दर्शकहरु तथा सहभागी कलाकारहरुका अभिभावक, परिवारहरुको उपस्थितिमा सम्पन्न भएको ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतियोगीहरु बीच प्रतिस्पर्धा भएको थियो । Read more….

…………………………………………………………………………………………………………………………….

वर्षारानीलाई मिस मंगोलको ताज

काठमाडौ, राजधानीको प्रज्ञा पतिष्ठान भवनमा चैत्र ६ गते शनिबार एक्सन इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा दोस्रो इन्सेन्टिभ मिस मंगोल २०१० सम्पन्न भयो । यस पटकको इन्सेन्टिभ मिस मंगोल २०१० को ताज लिलितपुर निवासी १९ वर्षीय वर्षारानी गुरुङ्गले पाउन सफल भइन । ३९ जना प्रतियोगीलाई उछिन्दै गुरुङ्गले शीर्ष उपाधिसहित ३० हजार रुपैया नगद सहित विभिन्न गिफट हृयाम्पर पनि हात पारेकी छिन् । त्यस्तै गरी १९ वर्षीय सुविन लिम्वु र १८ वर्षीय प्रनिशा शाक्य क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि चुम्न सफल भए । प्रतियोगितामा राजभाई सुवाल, राज कुमार राई, जेनिशा मोक्तान, कुन्ति मोक्तान, स्नेह राण, वुलु मुकारुङ, नीलडेभिड कटवाल, हरिशंकर झा, सुरेशमान निणर्ायक मण्डल तथा डि.वी. गुरुङ्ग प्रमुख निर्णायकका रुपमा रहेका थिए । Reade more…

————————————————————————————————————————————————-

सविना सुब्बा भइन मिस पुर्वाञ्चल

धरान । अन्ना लिफान मिस पूर्वाञ्चल 062 को ताज झापाकी 21 वष्रीय सविना सुब्बाले पहिरिएकी छन् । निर्णयकले सोधेको प्रश्नमा महिला, पुरुषभन्दा कम छैनन‍, महिलामा अवसरको खाँचो छ अवसर पाए जे पनि गर्न सक्छन्‍Õ भन्ने उत्तर दिएर सुब्बाले मिस पूर्वाञ्चलको ताज पहिरिन पाइन् । उनलाइ मिस नेपाल जेसिना मोक्तानले ताज पहिराएकी थिइन् ।

झापास्थित कञ्चनजंघा एफ.एम. की कार्यक्रम सञ्चालिका समेत रहेकी सुब्बाले उपाधि हात पारेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिकृया दिँदै भनिन् टप फाइभमा परेपछि मात्र विजेता हुन्छु भन्नेमा ढुक्क भएँ । उनले मिस पूर्वाञ्चलको ताज पहिरिन पाएको धेरै खुसी लागेको बताइन् । ताजसँगै सुब्बाले अन्ना लिफान स्कुटी र 1 वर्षको ब्राण्ड एम्बासडर तथा उपहारहरु पाएकी छन् । झापा चकचकी ७ की सुब्बा कनकाई कलेजमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छिन् । Read more….

————————————————————————————————————————————————-

माटो, इक्सा र खाम्बेक

बुढासुब्बा मन्दिर र त्यस आसपास रहेका टुप्पाविहीन बाँस झ्याङमा लुकामारी खेल्दै एक जोडी युवायुवती प्रेमालापमा व्यस्त देखिन्छन् । उनीहरू एकआपसको आँखामा हेराहेर गर्दै आलिंगनबद्ध हुन्छन् । तल सेउतीको बगर, पारि पानबारीको पत्रङ्बारी गाउँ अनि उनीहरूको सेरोफेरोमा धरानको विजयपुर डाँडा । छेउमा बुढासुब्बाको मन्दिर ।

चौबन्दी चोलो, कैंचीमार साडी, नाकमा ढुंग्री, शिरमा शिरबन्दी, हातमा चाँदीको कल्ली लगाएकी वैंशालु युवती इक्साको वरिपरि घुम्दै आधुनिक पहिरनमा सजिएको युवक खाम्बेकले पालाम ट्युनमा मनको विरह पोख्छ, ‘गैरीबारी विराई खेतै भयो, यसैर ठाउँमा भेटै भयो ।’

Read more…

————————————————————————————————————————————————-

‘भारतीय हुनुपरे फिल्म नै खेल्दिनँ’

बलिउडमा व्यस्तता कम हुँदै गएपछि मनीषा कोइरालाले ‘फेरि भेटौंला’ पछि दोस्रोचोटि नेपाली सिनेमामा देखा पर्दै छिन् । नेपाली दर्शकले नेपाली फिल्ममै उनलाई हेर्न २२ वर्ष कुर्नुपर्‍यो । ‘धर्मा’ को छायांकनका लागि उनी चार दिन पोखरामा रहिन् ।

सुटिङ सकेर पोखरा घुम्ने उनको चाहना भने पूरा भएन । ‘सुटिङले गर्दा यताउति कतै जान पाइएन,’ उनले कान्तिपुरसँग भनिन्, ‘सुटिङमै व्यस्त हुनुपर्‍यो, एक दिन मौसम खराबीले कामै भएन ।’ टेलिभिजन हेर्दै र आफन्तसँग फूलबारी रिसोर्टमा गफगाफ गर्दैमा बित्यो त्यो

दिन । उनका साथ बाबुआमा र भाइबुहारी पनि थिए ।

‘धर्मा’ शाहीकालीन मन्त्री डा. दुर्गा पोखरेलको लगानीमा बन्दै गरेको हो । २२ वर्षअघि ‘फेरि भेटौंला’ छायांकनमा पोखरा टेकेकी नायिकाले दोस्रो चलचित्र यहीँ गर्न पाएकामा खुसी लागेको बताइन् ।

खुलेको हिमाल देखेर दंगिएकी मनीषा बारम्बार हिमाललाई नै पृष्ठभूमि पारेर सुट गर्न छायांकार राजुविक्रम थापालाई भनिरहेकी हुन्थिन् । थापाले पनि उनका इच्छा पूरा गरिरहे ।
नेपाली राम्रोसँग बोल्न र बुझ्न नसक्ने मनीषालाई सुटिङ क्रममा गीत याद गरेर नाच्न निकै हम्मे पर्‍यो । सुटिङ युनिटका प्राविधिकदेखि अन्य सदस्यसम्मलाई अंग्रेजी लवजको उनको नेपाली बुझ्न कठिन भयो । ‘बलिउडतिर हेलमेल बढी हुँदा मेरो नेपालीमा समस्या आएको छ,’ नायिकाले भनिन, ‘परिवारका सदस्यसँग बढी नेपाली नै बोलेर सुधार्ने प्रयासमा लागेकी छु ।’
सराङकोट, फेवाताललगायतमा सुटिङ गर्ने भनिए पनि पूरा नहुने डरले ‘धर्मा’ युनिटले फूलबारी रिसोर्ट परिसरमै सकायो । Read more…

————————————————————————————————————————————————-

कटरिना को नंबर कहीले आउने ?

मुंबाई स्थित यश राज स्टुडिओ मा २७ फरवरी मा हुन लागेको ५५ औ फिल्मफेयर अवार्ड समरोह को तयारी जोड का साथ हुदैछ ।
यो वर्ष सर्वश्रेष्ठ नायिका को लागि कटरिना कैफ लाई ‘न्युयोर्क’ को लागि मनोनित गरेको छ । त्यसो त उनलाई मनोनित त धेरै पुरस्कार समरोह मा मीलेको छ तर सर्वश्रेष्ठ नायिका को अवार्ड भने मीलेको छैन ।

फिल्मफेयर अवार्ड को सिलसिला मा मुंबाई मा बुधवार का दिन भएको एक आयोजना मा अभिनेत्री कटरिना ली भनिन की जुन सुकै कलाकार लाई पनि अवार्ड जित्ने चाहाना हुन्छ तर मनोनित मात्रै हुनु पनि कुनै सानो कुरा होईन । उनले थपिन मलाई यति धेरै अवार्ड को लागि मनोनित गरिसकेको छ की अब त अवार्ड को लागि मनोनित हुनु मात्रै मा पनि गौरव महसुस हुन्छ ।

हल्का फुल्का पाराले कटरिना ले भनिन मेरो जीवन को यो मक्सद होईन की म कहीले पनि अवार्ड नजितउ । तर म यो पनि भन्न सक्दिन की प्लिस मलाई अवार्ड दिनुहोस । यदि अवार्ड मलाई प्राप्त हुनु छ भने अवस्य हुन्छ। Read more…

————————————————————————————————————————————————-

एकलई सिनेमा हेर्ने लाई पांच लाख

के तपाईं भुतप्रेत को फिल्म सिनेमा घर मा एकलई बसेर हेर्न सक्नुहुन्छ ? यदि सक्नु हुन्छ भने तपाईं ले भारतिय रुपैया ५ लाख जित्न सक्नु हुनेछ । फिल्म हो निर्माता राम गोपाल बर्मा को “फुंक २”बर्मा ले चुनौती नै दिएको छ की यदि कोही सक्छु भनेर आउछ भने उसलाई एकलई सिनेमा घर मा रखिन्छ र उसले पुरै फिल्म हेर्यो भने उ इनाम को हक्दार हुनेछ । तर यो त्यती सजिलो छैन जति सोचिन्छ । यो चुनौती लाई स्वीकर्ने दर्शक सिनेमा हेर्दाखेरी डराई रहेको छ वा छैन भनेर दर्शक माथि पूरा निगरानी राखिएको हुन्छ ।

राम गोपाल बर्मा भन्छ यो चुनौती लाई हामीले अलिकती बैज्ञनिकी करण गरेका छौ । हामी चुनौती स्वीकर गर्ने दर्शक को मुटु को ढुक ढुकी जांच्न ईसीजी द्वारा चेक गरिरहेको हुन्छौ यदि उ डरयो भने उसको बढेको ह्रदय गती ले थाहा लाग्ने छ । ईसीजी को मोनिटर लाई मिडिया वा जो कोही पनि हेर्न चाहे हेर्न सक्ने छ । यति मात्र होईन यो कुरा पत्ता लगाउन को लागि की त्यो व्यक्ती ले फिल्म हेर्दाखेरी आफ्नो आँखाँ बन्द गरेको छ वा छैन भनेर नाइट भिजन द्वारा निगरानी राखिनेछ । फुंक श्रिङ्खला को पहिलो फिल्म मा पनि यस्तै चुनौती राखिएको थियो । Read more…

————————————————————————————————————————————————-

करिना कपुर लेखन तिर

बलिवुडमा साईज जिरो को रुप मा प्रख्यात अभिनेत्री करिना कपुर अब लेखिका बन्ने । फिटनेस एक्स्पर्ट रुजुता दिवेकरको किताब “डोन्ट लुज योर माइन्ड लुज योर वेट” मा करिनाले केही भूमिका लेखेकी छिन र अब आउने रुजुताको अर्को किताबमा एउटा लेख नै लेख्ने भएकी छिन । करिना भन्छ उनी निकै खुशी छिन् की उनले रुजुता को किताबमा लेखेको कुरा दर्शक हरुले निकै रुचाएका छन ।

रुजुता अब अर्को किताब लेख्दैछिन र यो किताबमा नोकरी गर्ने र घर गृहस्तीमा ब्यस्त रहने महिला हरुलाई कसरी आफ्नो शरीर फिट राख्ने भन्ने बारेमा एक च्याप्टर लेख्दैछु । म धेरै खुशी छु की अब म एउटा एक्टर बाट लेखक हुदैछु । करिनाको अनुसार फिट रहन एक्दमै जरुरी छ खास गरेर एक्टर हरुलाई । उनी भन्छे म मेरो फिट्नेसको लागि अवस्य समय निकाल्छु खास गरि यदि तपाईं विजुयल मिडिया मा हुनुहुन्छ भने तपाईं राम्री देखिनु एक्दमै जरुरी हुन्छ ।

र उनी भन्छ अभिनेत्री भएको करण ले अलग अलग भूमिक मा निभाउनु पर्छ त्यसैले पर्दा मा केही न केही नयाँ कुरा वा फरक देखिनु पर्छ । मलाई त खास गरि नयाँ नयाँ लुक्स मा देखिनु मन पर्छ । फिट रहनुको लागि उचित खाना पिना को पनि जरुरत हुन्छ ।

करिना भन्छ प्राय मनिसमा यो भ्रम छ की जे सुकै खाएर जस्तो सुकै ब्याययम गर्‍यो भने वजन घट्छ भनेर । रुजुता दिवेकर को किताब को इसारा दिदै भन्छ की यो सोच गलत हो । करिना भन्छ की तपाईंले आफ्नो खाना पिना लाई एकदमै ध्यान दिनु पर्छ । दस वटा चकलेट खाएर ट्रेड्मिल मा वर्कआउट गरेर पनि वजन घटदैन । तर यसको मतलब यो होईन की संयम करिना कपुर आफ्नो खाना पिना मा कडा कन्ट्रोल गर्छ भन्ने । Read more…

————————————————————————————————————————————————-

अब फिल्म क्षेत्र छाडेर राजनीतिमा आउँछु भन्ने सोचेकी छैन

यता कामान्डूमा अभिनेत्री मनीषा कोइरालाले कलिउडलाई बलिउडको नक्कल नगर्न आग्रह गरिरहँदा, उता मुम्बईमा एक भारतीय टेलिभिजन च्यानलले भने ‘मनीषाको गुलाबी छवि समाप्त भएको’ ठोकुवा गर्दै थियो । सन् ९० को दशकारम्भवरिपरि उदाएका मनीषा र माधुरी दीक्षितलगायतका आधादर्जन अभिनेत्री ‘आउट डेटेड’ भइसकेको दाबी गर्दै सो विश्लेषणमा भनिएको थियो, ‘पछिल्ला केही वर्षका गतिविधि हेर्दा मनीषा अलमलमा परेजस्तो देखिन्छ । अब मनीषाले आफ्नो गुलाबी करिअरलाई कसरी सिफ्ट गर्लिन्, त्यसको जवाफका लागि भने अरू केही समय कुर्नुपर्ने हुन्छ ।’

एउटा तेजस्वी, संघर्षपूर्ण र लगनशील अभिनेत्रीका रूपमा बलिउडमा बितेको २० वर्षपछि अहिले कोइराला यस्तो चौबाटोमा उभिएकी छिन्, जहाँ उनले छिट्टै एउटा बाटो रोज्नु पर्नेछ । उमेर ओरालो लागेको छ । अबको ६ महिनामा उनी ठीक ४० वर्ष पुग्नेछिन् । मुहारमा चाउरीपन देखिन थालेको छ । घरजम छैन । विगतको ओजस्वी छवि त छ, तर सामाजिक, आर्थिक, पारिवारिक र धार्मिक सिन्डिकेटमा रुमलिएको बलिउडमा फिल्म व्यवसाय उनका लागि त्यति सहज छैन । अभिनेत्री कोइरालालाई यो कुरा राम्ररी थाहा छ । भारतीय बिजनेस टाइकुनको मात्र होइन भूमिगत माफियाको समेत लगानी रहने गरेको बलिउडमा प्रतिस्पर्धा गर्न गतिलै आर्थिक ‘ब्याकअप’ जरुरी हुन्छ । त्यसका लागि सोहीअनुरूपको रणनीति, चालबाजी र सम्बन्धको विस्तार चाहिन्छ । यी सबै कुरा समन्वय गर्न बलिउडमा ‘एक्ली नेपाली छोरी’ मनीषालाई पक्कै पनि सजिलो छैन । Read more

————————————————————————————————————————————————-

प्रियंकालाई फेशनको निम्तो

मुम्बई, फागुन १६ (एजेन्सी)- बलिउड अभिनेत्री प्रियंका चोपडाले अन्तर्राष्ट्रिय फेसन क्षेत्रमा पनि सफलता पाएकी छिन्। कोच विहारकी महारानी इन्दिरा देवीपछिकी दोस्रो भारतीय व्यक्ति भएकी छिन्, उनी साल्भाटोरी फिरागामोको निमन्त्रणा पाउने। अन्तर्राष्ट्रिय फेसनमा उत्कृष्ट मानिने इटाली फेसनको उद्‍घाटनको लागि प्रियंकालाई निम्त्याइएको हो।
‘यो सत्य हो कि मैले महारानीले पाउने सम्मान पाएकी छु। अवश्य पनि म जानेछु। ‘ प्रियंकाले भनिन्।
‘मेरो लागि मात्र आयोजना गरिएको कार्यक्रममा सायद म धेरै रमाइलो गर्छु होला’, उनले थपिन्। Read more

————————————————————————————————————————————————-

प्रेम दिवस, साहित्य र देश भक्ति भावना

फेब्रुअरी १४ तारिखका दिन प्रेमको प्रतिकको रुपमा मनाइने “भालेन्टाइन डे” अर्थात प्रेम दिवस विस्वभर नै आकर्षणको केन्द्रबिन्दुको रुपमा रहँदै आएको पाइन्छ बिशेषत: युवा बर्गको बीच । यो क्रिस्चियन समुदायमा इ. सं. ४९६ मा पोप गेलसिअसले शुरुवात गरेको देखिन्छ र परंपरागत रुपमा प्रेमी प्रेमिकाहरुले एकापसमा फूल प्रदान गरेर, चकलेट दिएर र कार्ड पठाएर प्रेम ब्यक्त गर्ने गरिन्थ्यो भने अहिलेको आधुनिक बिस्वमा बिशेषत: मुटुको आकारको चिन्ह, पखेटा सहितका बच्चाहरुलाई “भ्यालेनटाइन डे” को प्रतिकको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ । उन्नाइसौं शताब्दीदेखि अत्यधिक मात्रामा उत्पादन गरिएका पोस्ट कार्डहरुमा लेखेर प्रेमी प्रेमिकाहरुलाई दिने प्रचलन शुरु भएको देखिन्छ । प्रेम नै यो सुन्दर सृस्टिको आधार भएको कारण यो कुनै जाती, बर्ग, समुदाय, लिंग आदिमा मात्र सीमित नभएर सर्बब्यापी छ र सृस्टिको निरन्तरताको लागि यो अपरिहार्य छ पनि । यो सुन्दर सृस्टिलाई अरु बढी सुन्दर बनाउन भने सबैका बीच आडम्बरी प्रेम नभएर वास्तबिक प्रेमको आवश्यकता अझ टडकारो बन्दै गएको कुरामा सन्देह छैन । more

————————————————————————————————————————————————-

1.जधानीमा सोमबार एक समारोहबीच मुहूर्त गरिएको चलचित्र गर्ल्सको निर्माण शुरू नहुँदै विवाद भएको छ।

बलिउड नायिका तथा नेपाली चेली मनिषा कोइरालालाई दौडादौड गर्राई उनको प्रमुख आतिथ्यतामा निर्माण घोषणा गरिएको कार्यक्रमका लागि बाँडिएको निम्तोपत्रमा राखिएको नायिका जेनिसा केसीको अर्धनग्न तस्वीरका कारण यो चलचित्र शुरूमै विवादमा परेको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानमा चलचित्रको घोषणा हुँदानहुँदै त्यसकी नायिका जेनिसा केसीले निम्तोपत्रमा छापिएको नग्न ढाड भएको तस्वीरमा अनुहार आफ्नो भए पनि शरीर अरूकै भएको सञ्चारकर्मीलाई बताएपछि विवाद सिर्जना भएको हो।
‘त्यो फोटोमा अनुहार त मेरो हो’ जेनिसाले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन् ‘तर ब्याक साइड मेरो होइन। कुनै इन्डियन मोडलको हो या अरू कसैको हो, मलाई थाहा छैन।’

उनले सो चलचित्रका निर्माता निर्देशक तथा कलाकार प्रिन्स यादवले आफूसँग आफ्नो नग्न ढाड देखिने फोटो राखेर पोस्टर छाप्न प्रस्ताव राखेको तर आफूले नमानेको बताइन्। ‘मैले त्यस्तो फोटो खिच्न नमानेपछि प्रिन्सले अरू कसैको ढाड राखेर अनुहार जोड्ने कुरा गर्दाचाहिँ मैले हुन्छ भनेकी हुँ,’ जेनिसाले भनिन् ‘तर मेरो अनुहार जोडिएको त्यो फोटो हेरेर मलाई नै डर लाग्यो।’

त्यसो त चलचित्रको सो सनसनीपूर्ण पोस्टर हेरेरै बलिउड नायिका मनिषा कोइरालाले नेपाली चलचित्र नेपाली शैलीकै हुनुपर्ने र बलिउड चलचित्रको नक्कल गर्न नहुने बताइन्।

जेनिसालाई यो चलचित्रमा त्यस्तो ग्रामीण युवतीको भूमिकामा लिइएको थियो, जो शहरको देखासिकी र धन कमाउने लोभमा ब्रि्रन्छे। तर जेनिसाले पोस्टरमा छापिएको तस्वीरलाई लिएर बखेडा झिँकेपछि गर्ल्सको निर्माण पक्षले उनलाई आफ्नो चलचित्रबाट हटाउने योजना बनाएको छ। जेनिसा भने आफू अहिले तीन चलचित्रमा व्यस्त भएकाले त्यस चलचित्रबाट आफूलाई हटाए पनि फरक नपर्ने बताउँछिन्। ‘हुन त अघि भर्खर प्रिन्सले फोन गरेर १५ गतेदेखि सुटिङ गर्नुपर्छ भन्नुभएको छ’ जेनिसाले भनिन् ‘ मसँग समय पनि छैन। नो भने पनि फाइन, तर काम गर भने गरिदिन्छु।’

दिउँसो साँढे एक बजे गर्ने भनिएको कार्यक्रमलाई मनिषाको पोखरा जानका लागि सोमबार एक बजेकै फ्लाइट परेपछि हतार-हतार कार्यक्रम साँढे दस बजेका लागि सारिएको थियो। मनिषाका कारण कार्यक्रम निर्धारित समयबाट अगाडि सारिए पनि उनी नै ढिलो आइपुगेकी थिइन्। सो अवसरमा मनिषाले ट्रेन्ड नेपाल नामक गैरसरकारी संस्थाको उद्घाटनसमेत गरेकी थिइन्। उनले नेपाली चलचित्रले गरेका उन्नतीप्रति खुसी व्यक्त गर्दै गतिलो स्क्रिफ्ट भए नेपाली चलचित्रकै बजेटमा बसेर चलचित्र खेल्न तयार रहेको फेरि पनि दोहोर्याइन्।

2.नम्रता अवार्डकी सञ्चालिका !
नेपाल चलचित्र प्राविधिक संघले आगामी पुस १ गते राजधानीमा गर्न लागेको केटिभी फिल्म अवार्ड कुन रूपमा सम्पन्न होला भन्ने चर्चासँगसँगै सो कार्यक्रमका सञ्चालकलाई लिएर चलचित्र बजारमा चर्चा परिचर्चा शुरू भएको छ।

चर्चाअनुसार सो दिनको समारोह नेपाली चलचित्रका नायिकाहरूले सञ्चालन गर्नेछन्। जमानाकी नायिका गौरी मल्लदेखि अहिलेकी नीशा अधिकारीको नाम कार्यक्रम सञ्चालकका रूपमा आएको छ। त्यो बाहेक यसको अर्को सञ्चालिका को होला- अनुमान लगाउनुस् त, ढयान्-टड्यान्।

शीर्षक पढेर प्रस्ट भइसक्नु भयो हैन त ? हो सो फिल्म अवार्डको सञ्चालिकाका रूपमा आफ्नो सेक्स भिडियो सार्वजनिक भएका कारण विवादमा रहँदै आएकी नायिका नम्रता श्रेष्ठलाई पनि देखिने भएको छ।

कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रमुख भुषण दाहालले नम्रतालाई पनि सञ्चालिकाका रूपमा प्रस्तुत गर्न सिफारिस गरेपछि प्राविधिक संघ उनलाई कार्यक्रम सञ्चालन गर्न दिन राजी भएको छ। यो आधा महिनाको बीचमा केही परिवर्तन भएन भने विजयी कलाकार र प्राविधिकहरू नम्रताले माइकबाट बोलाएबमोजिम मञ्चमा उक्लँदै अतिथिहरूबाट अवार्ड लिइरहेका देखिनेछन्।

दुई चर्चित गायिकाले झन्डै सात वर्षअघि एउटा कन्सर्टका क्रममा गरेको चुम्बनलाई २१ औं शताब्दीकै सर्वोत्कृष्ट चुम्बन मानिएको छ । गायिकाद्वय म्याडोना तथा बि्रट्नी स्पेयर्सले सन् २००३ मा आयोजित एउटा कन्सर्टमा गरेको चुम्बनलाई एउटा सर्वेक्षणले सर्वोत्कृष्ट घोषित गरेको हो । पप क्विन तथा पप राजकुमारीको उपाधि पाएका यी दुई गायिकाले एमटिभी म्युजिक एवार्ड वितरण समारोहमा ओठ जोडेरै चुम्बन गरेका थिए । बेलायतमा गरिएको एउटा सर्वेक्षणमा उक्त चुम्बनले सर्वाधिक मत पाएको छ । यी दुई गायिका एउटा म्युजिक भिडियोमा पनि सँगै देखिएका छन् । सन् २००२ को चलचित्र स्पाइडर म्यानमा टोबी म्यागुरी तथा क्रिष्टन डन्स्टबीचको चुम्बन दोस्रो तथा सन् २००५ को चलचित्र ‘ब्रोकम्याक माउन्टेन’ मा हिथ लेजर तथा ज्याक ग्यालेहिलबीचको चुम्बन तेस्रो स्थानमा छ ।

Advertisements

Leave a comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

  • युएईमा साँस्कृती कार्यक्रम सम्पन्न

  • लिम्बु पहिरन

  • Click in Photo for more..

  • बाँकी तस्विर हेर्नको लागि माथि तस्विरमा क्लिक गर्नुहोस।

  • धेरै पुरानो लिम्बु तस्विरहरु, बाँकि तस्विर हेर्न माथि तस्विरमा क्लिक् गर्नुहोस।

  • बिभिन्न कालखण्डमा गरिएको लिम्बुवान मुक्तीका आन्दोलनहरु । तस्विर मा क्लिक गर्नुहोस

  • October 2017
    S M T W T F S
    « Oct    
    1234567
    891011121314
    15161718192021
    22232425262728
    293031  
  • नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।

  • LimbuMandala

  • तोङबा

    लिम्बु जाति हरु को चिया

  • याक्थुङ समाज

  • लिम्बुवान ब्लगस्पोट

  • याक्थुङ न्युज

  • चुम्लुङ नेपाल

  • चुम्लुङ युएसए

  • free counters

  • जनमत सङ्ग्रह ।